हिजोसम्म काँखमा राख्थेऊ, आज नदेखे झैँ गर्छौ
के भूल गरे भन प्रिय ! किन पर भागी हिंड्ने गर्छौ ?
पानी पिउन धरी, साथ मेरो खोज्दै बाटो हेरिरहने
तिम्रो बानी फेरियो, भेट्दा परैबाट किन आँखा तर्छौ |
म गरिब घरको हुनु गल्ति होकी? गल्ति मेरो मायाको
किन मनको कुरा नखोलेर मलाई जिउन गाह्रो पार्छौ?
साथमा प्रितका गित गाउँदै गाउँसहर घन्काउने गर्थ्यौ
मलाई अब भुल्नु भन्यौ, बोलीले नै मुटू फोर्ने भाछौ |
गाजल टिकी लाऊ भनी किनिदेको मैले, तेही शृंगार
रातो साडीमा धपक्क बलेर अर्कैको डोली चढी राछौ |
प्रेममा पाउनु मात्र जित होइन, हारले प्रेम अमर गर्छ
मित्र नै ठाने हुन्थ्यो, भेट्दा किन नबोल्न पछी सर्छौ ?
@प्रेममोती
No comments:
Post a Comment
"Thank you" For your time.