किस मुलुक पुग्न्याहुन्, खै दाम छाप्न्या हुन् कि नाइँ
ऋण काटी आयाहुन् कमाई सावाँब्याज तिर्न्या हुन् कि नाइँ
जहान छोराछोरी सबै छोड्या, कठै मन तिनको रोया हुलान
बाचा खायाहुन्, छिट्टै धन कमाई आउन्या, फर्किने हुन् कि नाइँ
जसोतसो काम मिल्याहुन्, छाक खाएर २ दश हात्ती आउन्या
मेसिनमा काम पर्याहुन् गरम अति भया, बाँच्न सकुँला कि नाइँ
निकै कष्ट सहीकन, घरको र परिवारको ख्यालले जस्तै काम गर्या
निकै थकाई लाग्याले कोठामा पुग्याहुन्, सुते निदाउने हुन् कि नाइँ
फोनमा बोल्न लाग्दामा साना छोराले खेलौना, छोरीले गुडिया
जहानले सुनका बाला लाउन भन्या, पुराउन सक्ने हुन् कि नाइँ
घरमा छोराछोरी बढ्दै जहान दियोमा तेलहाली बत्ती कुर्दै हुन्
हात मेसिनले खायाहुन् साहुले अर्का काम दिन्याहुन् कि नाइँ
घरखेत बैंक लिलामी गर्नीवाला हुन्, ऋण नतिर्या उनले भनिकन
श्रीमती उनकी रोयाहुन गरिबका गुहार भगवान सुन्या हुन् कि नाइँ
चारसाल बाद घर फर्क्याहुन् न हात न खुट्टो नै चल्ने उनको
यो सब देखिकन, जवानकि जहान ढल्याहुन्, उठ्ने हुन् कि नाइँ
:- @प्रेममोती
आदीकवि भानुभक्त आचार्यको सुखद जनम जयन्तिको उपलक्ष्यमा उन्हाकै लयमा एक ' परदेशी ' कबिता लेख्ने प्रयास गरे | भानु जयन्तीको उपलक्षमा सबैलाई भानुभक्त जिको जस्तै ग्यान मिलोस, सबैले सबैलाई सहयोग गर्ने वातावारण बनोस शुभकामना |

No comments:
Post a Comment
"Thank you" For your time.