मेरो के जोर चल्थ्यो? मायामारी तिम्ले दिल तोडेसी
पिउन्न भन्थे कहिले, पिउँदैछु म तिम्ले दिल तोडेसी |
भेट्न तिमी नआउनु मलाई हरसाँझ म मात्दै हिडेसी
प्रेमपूंज नबर्साउनु बेहोसीमा जे नी हुन्छ मात्दै गरेसी |
सुन किन्न बरु सजिलो भो,आज घरखेत बन्दकी गरेसी
तर माया चिन्न गार्हो भो, पिरतीमा तिम्ले रंग फेरेसी |
तिमी त अर्कैकि सम्पति भाछौ, लुकिछुपी नखेल यादमा
मलाई जेल होला अदालतमा तिमी मेरो साथमा देखेसी |
चाहेर नी दुइले अब हुन्न केहि, मायाको खेल यस्तै रैछ
आफ्नै कलेजोको टुक्रा अर्कैले आफ्नो नामसारी पारेसी |
तिमीलाई म पाउन सक्दिन अब कसोगरि बुझाऊ मन
कलकलाउँदो बैश तिम्रो हातागरी, अर्कैले सिउँदो भरेसी |
@प्रेममोती |

No comments:
Post a Comment
"Thank you" For your time.