Wednesday, July 15, 2015

गजल :- 15 july

बोल्दै थिए पिरतीका मिठा शब्दहरु बारम्बार प्रियसीको ओठहरु
खोल्दै थिए बिस्तारै मनका भाब, मायाप्रेम प्रियसीको ओठहरु

लजाउँदै, सर्माउँदै,मैतिर फर्की फर्की उनीले कर्के नजर लगाएर
छाती दुख्ने बनाएकी थिन, रोपेर पिरतीको मुना फुलको बोटहरु

हेरीरहु परीझैँ मुहार उनको, गाजल टिका, शिरबन्दी,बुटे चोली
रातो सारीमा धपक्क बलेकी उस्तै थिन जस्तो छैन जुनको खोटहरु

हराए जंगलमा कतै देखेर उनको केशराशी, फसेछु त्यो शब्दजालमा
बिस्तारै होस् खुल्यो, बर्षिएसंगै हृदयमा नचाहेको बिछोडको चोटहरु

कुर्दै म दिनरात ताराहरु हेरेर, उनको तस्विर अंगाल्दै दिन गन्दैछु
फेरी आउँछिन उनी, बोकेर थाती प्रेम, कुर्दैछु मिलन घुम्ती मोडहरु



@प्रेममोती  ! 15 July 
 

No comments:

Post a Comment

"Thank you" For your time.