Thursday, July 2, 2015

गजल ;- 1 july (2)

 
सूर्यको अघि दियालो, उज्यालो भर्न के चाहिन्छ र ?
बुझ्ने कोशिस गर, म जस्तो प्रेमी खोजी कंहा पाइन्छ र ?

तिम्रै निम्ति दिनरात घर छोडी प्रदेशमा दुख झेल्ने
आधापेट खानुपर्छ कैले, संधै बिदेशमा दालभात पकाइन्छ र?

तिम्रा केशराशी केलाउँदै मायाका मिठा बातमा भुल्न मन
साथै हुन नचाहेको हैन, मायाले भोकोपेट कंहा भरिन्छ र ?

तिमी त भन्छौ फर्क देश परदेशी, मलाई सुनचाँदी चाहिन्न
तिम्रो साथ मलाई पनि प्यारो छ, परदेशमा सुखी को भेटिन्छ र ?

तपाइको प्यार भएपुग्छ, मलाई जुनीभरी जिउन भन्छौ नी तिमी
फुस्रो प्रेमको कुराले घर चलाउने सोच्छौ, हत्केलाले सुर्य छेकिन्छ र ?
 
 

( दियालो = गाऊंमा अधेंरीमा हिड्न परेमा उज्यालो पार्न बोकीने बलेको राँको ।)

No comments:

Post a Comment

"Thank you" For your time.