Wednesday, July 1, 2015

गजल :-1 july


उनि हाँस्दा मिलेका दन्त लहर टल्कन्छन हिमाल झैँ
भेट नहुँदा मन अतालिन्छ, छटपटी बगरको माछा झैँ |

एकैनास कर्के नजर लगाउंदै हेरीराथिन उनि मलाई
नहेरेर उनि तिर, सुनिरन्थे बोली उनको कोइली झैँ |

हरदिन भेट्न थाले, उनको पाठशालाको गेट छेउमै
उनि अघिप्रेमपत्र फ्याँके, लुक थे पर्खालमा मुसो झैँ |

केहि दिनमा भेटन आइन उनी हातमा डायरी लिई
पल्टाएर हेरे मेरै नाम रैछ, प्रेम गर्ने रैछिन मैले झैँ |

हात समाई हिंड्दा म उनीसंगै हेर्ने धेरै हुन्थे गाउँले
कानेखुशीमा भन्थे क्या मिलेका प्रेमी ''जोडी ढुकुर' झैँ |

काँखमा उन्कै स्वर्ग देख्ने गर्थे, उनीसंगको सेकेन्ड प्यारो
उनी साथमा हुँदा सोच्थे 'कोहिछैन मजस्तो भाग्यमानी झैँ |

बिनाकारण बिछोड भइगयो, प्रेमीप्रेमिका रहेनौ हामी त
सिसाझैँ प्रेम टुट्यो, उनिबिना बाँचीरहेछु म पागल झैँ |

बिनाकारण बिछोड भइगयो, प्रेमीप्रेमिका रहेनौ हामी त
सिसाझैँ प्रेम टुट्यो उनिबिनाको प्रल्हाद, म पागल झैँ |



~~~~~~~~@प्रेममोती 

No comments:

Post a Comment

"Thank you" For your time.