Monday, June 29, 2015

गजल 30 juN

मायाको धुन प्रेमगित बजेर तिम्रो याद गराउने भयो
नसोचेको बिछोड भो, अनायासै यी आँसुको भेल भयो |

चोखो मायाप्रेम गाँसी, साथै घुमियो पार्क अनि मन्दिर
उनी नभयेसी साथ, फगत जिन्दगी यादका खात भयो |


संगै डुल्दा रनबन, गोठालो गाईबस्तु, दुईको मायालु बात
सम्झंना गर्दै दिन काटे, कल्पनामा नै फेरी रात भयो |

कुरा खुलस्त थियो, फर्केर आई म सिन्दुर हाल्छु भनेथे
मुना पलाएको कोमल प्रेममा, कोबाट तुषारो पात भयो |

रहनु खुशी तिमी जँहा छौ, संगाल्नु नयाँ प्रेमको माला
म पागलप्रेमी भए, तिम्रो साथमा हुने लक्की प्रेमी भयो |

भुल्नेछौ कि छैनौ, तिम्रो ओठमा मैले पहिलो किस खाको
मेरो निम्ति मायाको चिनो, तिम्ले बुन्देको गलबन्दी भयो |


लक्की = Lucky धेरैले बोल्ने र बुझ्ने अंग्रेजी शब्द |

किस = चुम्बन


@प्रेममोती 30 juN

No comments:

Post a Comment

"Thank you" For your time.