Tuesday, June 16, 2015

नेपाल फर्केर कम्तिमा (Minimum) १० रोजगारी उत्पादन गरौ|





                     धेरै दिनदेखि मलाई यस बिषयमा केहि लेखौ झैँ लाको थियो| समय अभाब र व्यस्तता बाधक बनिरहेका थिए | मिडियामा धेरै नाम चलेका व्यक्ति नेपाल फर्किए, आज फलानो स्टार २० बर्षपछि सदाको लागि नेपाल फर्कंदै भनेर हेडलाइन news बनेको देख्छु तर केहि हप्ता, महिना अनि बर्षमा ति स्टार, कलाकार, महान व्यक्तित्व, वा जानकार व्यक्तिको केहि खबर आम्दैन | र अन्तमा एउटा खबर एकदिन हाइलाइट बन्छ , Breaking news बन्छ ' फलानो व्यक्ति स्वर्गीय हुनुभयो | ' हामी मरेको बेला एक शब्द 'समबेदना ' मात्र छाप्न पत्रिका चलाउने गर्दैछौ कि झैँ लाग्छ मलाई जब म यी news पत्रिकाको फ्रन्ट पेजमा देख्छु |


           चर्चित रंगकर्मी, कुशल कलाकार, अनि नेपाली चर्चित नायक ' सरोज खनाल ' जी नेपाल फर्कने news ले सबै पत्रपत्रिकामा स्थान पाएसंगै , उँहाको बिदाई गर्दा भर्जिनियामा USA रहेका केहि दिग्गज कलाकारले उंहाका निम्ति रचेका कबिता, कोरिएका पत्र बाचन संगै बरिष्ठ गायक ' कर्णदास ' जीले "ईश्वर तैंले रचेर फेरी कसरि .." गित गाउँदाको बिरह भाकाले मन शिथिल नै पार्यो |






 

म कलम लिएर लेख्न बसें, अब सही समय छ, लेख्ने र बोल्ने अनि 'सरोज खनाल ' जीले नेपाल आएर के गर्ने, सोच्नुभएको छ | त्यो कुरा उँहाको नितान्त व्यक्तिगत छन, र पनि म आशा गर्छु, उँहाको प्रयासबाट नेपालमा केहि व्यक्ति रोजगारी पाउन | यो नै मेरो लेखबाट उंहा प्रतिको आशा अपेक्षा र एक बिश्वास छ |


       धेरै अनलाइन news देखियो र पढियो सुनियो | नेपाल फर्कन चाहने, USA का NRNहरुको कुरा अनि केहि यस्ता news नी आए ‘ यसकारण म नेपाल फर्कन चाहन्न ‘ भन्ने एकथरी | ‘ नेपाल लास घर होइन जँहा मान्छे मर्नको लागि मात्र फर्कने सोच्छन | ‘ मातृभूमिलाई केहि योगदान दिन नसक्ने र जवानीका बर्षहरु सबै बिदेशमा श्रम बेचेर, ५० कटेसी अझ भनौ, लगभग ६० बर्ष भएसी, नेपाल फर्कने गैर-आवासीय नेपाली कसैको मन छ भने सुन्नुस “ तपाईले नेपाललाई लास घर सम्झनुहुन्छ भने गलत हुनुहुन्छ, तपाईका लागि पोल्न कुनै रुख काटिने छैन, किनकी हाम्रो देशको जंगल मासेर हामी कुनै कंकाल मेटाउन चांहदैनौ | शब्द ‘ रुखो ‘ लाग्ला नै तर सोच्नुस ! देशको लागि केहि गर्न नसक्नेले, देशमा मरे भने वा मर्न म देश आम्छु, मलाई काठले जलाउ भन्ने अधिकार पाउनुहुन्न | त्यसैले ‘ ढिला हुनु अघि, शरीरले साथ छोड्नु अघि एकफेर सोच्नुस, देशका लागि के गरें, अब म देशको निम्ति केहि गर्छु ‘ भन्ने एक विचार लिनुस | ‘नेपाल तपाई हामिकै बाहुबलले बन्ने हो, यँहा कुनै बिदेशी प्रभुले miracle गरि नयाँ नेपाल बनाईदिनेछैनन | ‘ आउनुस!  देश निर्माणमा हामी युवासंग तपाई सबैले हात मिलाएर, देश उठाउन लागिपर्नुस | ‘





             ' कोहि नेपाल फर्कन्छ भने उसले आफुसंग भएको सिप र जोडेको केहि धनले मिनिमम १०जना युवायुवतीलाई काम दिन सकोस, विदेशिने संख्या कमी हुनेछ, देश बन्नेछ | " मैले जानकारी गराउन खोजेको यही होकी ! विदेशबाट धेरथोर पैसा साथ लिएर सबै आम्छन तर त्यो भन्दा बढी मुल्यवान कुरा, हरेक परदेशबाट फर्कने मानिसले ' सिप ' बोकेर आएको हुन्छ | त्यो सिप सही ठाममा उपयोग गर्न सके देशमा
 धेरै परिवर्तन गर्न सकिन्छ
| यँहा एकजना बिदेशमा काम गर्ने कामदार ले ३बर्ष ,५ बर्ष , वा दश बर्ष विदेश गएर सिकेको सिप, यतिकै भित्रभित्रै सडेको गलेको र केहि बर्षमा उक्त सिप हुने मानिस नै बिचलित र बिरक्तिएको धेरै उदाहरण देखेको छु |



              त्यस्तैमा , बिशेष गरि अरब देश, मलेसिया, इजरायल लगायत यसियन र middle east का देशमा दुई बर्ष काम गर्ने, अनि अन्तमा नेपाल फर्कने र साथमा ल्याएको निश्चित सानो रकम छ्न्जेल, गाउँ वा सहरमा नियमित काम नगरी यतिकै दिन काट्ने प्रवृति छ | जसले गर्दा उसले दुई वा तिन बर्ष विदेश बसेर कमाएको money बिस्तारै सकिन्दै जान्छ र अन्तमा छ महिना पुग-नपुगमा ऊ फेरी अर्को एक देखि २,३ लाख ऋण गरि पुन : अरब देश, मलेसिया, इजरायल र अन्य middle east का देशमा ऊ जान्छ | यी कुराले, के जनाउँछ
भने एक युवा ऋण बोकेर विदेश जान्छ अनि बिदेशमा पैसा कमाएर त्यो ऋण र ब्याज चुक्ता गर्छ
, यति गरुन्जेल सम्म उसले १ देखि दुई बर्ष समय बिताएको हुन्छ |



            म के सन्देश दिन चाहन्छु भने यँहा एउटा आमूल परिवर्तनको आबस्यकता छ | विदेश जान २,३ लाख ऋणको भारी बोक्न सक्ने युवालाई, ति पैसा नेपालमै केहि ब्यबसाय, व्यापार, आधुनिक खेति-किसानी  गर्नमा लगानी गर्नको निम्ति जागरुक गर्न जरुरत छ | भएको एक सत्य घटना उदाहरण दिउँ ' भिम खर्के दाई ! तिनबर्ष मलेसिया बसे, उनले १ बर्ष छ महिनामा गएको ऋण चुक्ता गरे, अनि बचेको समयमा लगभग ३ लाख रुपिंया लिएर नेपाल फर्किए | नेपाल फर्कंदा उनि मात्र ३३ बर्षका थिए | यो उमेरलाई हामी युवा जनशक्ति मै गन्न सक्छौ | उनले साथमा ल्याएका पैसा घरखर्च र यताउता गरेर छ महिना मै सकियो | र फेरी अर्को साल उनी घरखेत धितो राखेर दुई लाख खर्च गरि कतार हानिए | उनि पांच बर्ष कतार बसे, केहि पैसा बचत गरे, फर्केर घरखेत फिर्ता गरे, केहि केतियोग्य जमिन जोडे, उनले आफँले जानेको खेतीपाती सुरु गरे, चारजना परिवार दुखसुख गरि बाँचिरहेका छन |

 बिशेषगरि हालको नेपालको शिक्षा नीतिमा १६ बर्ष माथिकालाई युवा जनशक्ति भनिन्छ, त्यो गलत हो | नेपाल को युवायुवती भनेको २० वा सोभन्दा माथि मात्र एक जनशक्तिमा गनिन्छ |

 

            सोच्नुहोला ! यो गलत भन्ने कि सही | म स्पष्ट गरूँ, हालको नेपाली शिक्षा पद्दतिमा १ कक्षा पुग्न नै चार बर्ष लाग्छ, नर्सरी, एल केजी, यु केजी , वान र सरकारी बिद्यालयमा नी शिशु कक्षा भनेर संचालन भइरहेको छ, अनि SLC सम्म अर्को दश बर्ष , SLC रिजल्ट कुर्दा र +2 सक्दा तअर्को तिन बर्ष | मतलब एक बिद्यार्थी  +2 डिग्री हँसिल गर्न १६, १७ बर्ष पढ्नु पर्छ | कम्तिमा ३ बर्षमा बिद्यालय जान थाले नी उसलाई १२ कक्षा सक्न Average मा २० बर्ष उमेर भएको हुन्छ | र मात्र एक विद्यार्थी लाई युवा जनशक्ति वा एक सक्षम युवती मान्न सकिन्छ |


      हामी भोलिका दिनमा एक बर्षमा तयार हुने मिनिमम एकदुई  लाख जनशक्तिलाई कसरी रोजगारी दिन सक्छौ त ? यो बारे सरकार ! र सरोकारवालाले ध्यान दिनु जरुरि छ | +2 सकेका धेरै student अब कुनै बिकसित देशमा पढ्न जानुपर्छ भन्दै IELTS , GRE, GMAT र बैदेशिक language class मा दौडिरहेको देखिन्छ र तिनको दिमाखमा आजकाल यस्तो ' भूत ' डेरा जमाईसकेको छ सक्नेले भाषा परिक्षा पास गर्छन र लाख, दश लाख खर्च, ऋण काटेर, जग्गा बेचेर, पुर्खाको सम्पति बेचेर Australia, USA, Japan, UK, Canada, Germany, Finland, France जस्ता मुलुक र यसियाका केहि बिकसित देश पुग्छन | त्यसमा नी, आधाजस्तोले राम्रो काम पाउँदैनन, खर्च जोहो गर्न मुस्किल हुन्छ , त्यस्ता बिदेशी देशमा 5 हजार डलर, १० हजार डलर र so भन्दा बढी पैसा जम्मा गर्नुपर्ने हुन्छ एक बिद्यार्थीले | सबै बिद्यार्थीलाई नेपालबाट पैसा पठाऊन नसक्ने परिवार धेरै छन र अन्तमा ति student ले college फि तिर्नकै खातिर इलेगल रुपमा कलेजले दिने दैनिक मिनिमम २१ घण्टा काम बाहेक नी राति र बिहान फुर्सदमा अन्य होटल, दोकान र सुपरमार्केट, रेष्टुरेन्टमा कार्य गर्छन |


         एक बिध्यार्थिलाई पठनपाठन गर्न जुन वातावरण चाहिन्छ | बिदेशमा त्यो वातावरण हुँदैन | कतिले बिदेशमा पढ्दाको पिडा सामाजिक संजालमा लेखेका छन भने धेरैले ति पिडा व्यक्तिगत ' डायरी 'मा लेखे होलान तर अरुलाई सुनाउन चाहेनन | किनकी ! उनीहरु आफ्नो पिडाले अरुको मुहार आँशुले धोएको हेर्न चांहदैनन | तर लेखकले चाहेर वा नचाहेर नी लेख्नुपर्छ, अनि पत्रपत्रिकाले नी कतिपय समयमा, केहि बिषय ' गौण' बनाईदिन्छन, जसलाई हामीले सबैसामु पुराउन सके , धेरै मानिस ति बिषयमा जानकार हुन्थे | मान्छे नजानेर नै गल्ति गर्छ, जानेर गल्ति गर्ने त मुर्ख हुन्छ |

           सरकार ! युवालाई विदेश पठाऊन मात्र किन पहल भैरहेको छ | हाल छाल नै सरकारद्वारा युवायुवती, खाडी मुलुक र मलेसिया, इजरायल, बहराइन जाँदा फ्री भिसा, फ्री टिकेट ' को नियम आयो | हाम्ले ठेलेर
य वालाई विदेश पठाएर के रेमिट्यान्स कै भरमा बुढा काँधबाट नयाँ नेपालको निर्माण सफल हुन्छ त
? अहं !! गलत युवा सहभगिता बिना, देश कहिले बन्न सक्दैन, ' बोका जोतेर दाइँ हुन्न सरकार, दाइँ गर्न गोरु नै चाहिन्छ ' त्यसैले युवाबिना, यी ४० नाघेका नेता कार्यकर्ता अनि गामका आमाबुवा र साना भाईबहिनाले महा भूकम्प ले सखाप पारेको, बाढीले डुबाएको तराई बस्ति कहिले बन्न सफल हुँदैन |



              नेपाल सरकार ! नयाँ नियम र युवालाई प्रोत्साहन गर्ने निती ल्याउनुस | विदेश जान, लाखौ ऋण गर्ने ति परिश्रमी हातलाई सहुलियत  ब्याजदरमा दुई, चार लाख रकम उध्होगधन्दा, कलकारखाना, होटल ब्यबसाय, खेति-किसानी मा लगानी गर्न प्रोत्साहन गरियोस | सहरमा रहेका युवा शक्तिलाई गाउँको पाखामा नगदे तरकारी वाली फलाउने वातावरण बनाईयोस, घर-घरमा मोटरबाटो बनाउन जोड दिईयोस | उत्पादित बस्तुको राम्रो बजार ब्यबस्थापन गरियोस, सरकारी निकायबाट नै किसानको नगदे वाली, खरिद बिक्रि गर्ने व्यवस्था गरियोस |

                  यँहा हजारौ युवा/युवती विदेशबाट नेपाल फर्कन चाहन्छन, र म पनि तेही युवायुवतीमा एक हुँ | तसर्थ म कलम बाट यी कुराहरु पोख्न गैरहेको छु | हामी युवायुवती सरकारको मार्गदर्शन खोजिरहेका छौ, धेरथोर लगानी गर्ने पैसा र हामी सबैले 'सिप ' लिएर नेपाल फर्किनेछौ | हामीले नेपाल पुगेसी, कुन sector मा लगानी गर्ने, कसरि र कंहा गर्ने, हाम्रो लगानीले सफलता पाउने र मुनाफा कमाउने कति प्रतिशत सम्भवना हुन्छ | यस्ता जानकरी मुलक, वृतचित्र (Documentary) हाल विदेशबाट नेपाल फर्की कुन कुन व्यक्तिले के काममा हात हालेर कसरि सफल भए भन्ने खालको  video र कुराकानी देखाउने एक टेलिभिजन कार्यक्रम पनि छिट्टै ल्याउन नेपाल सरकारलाई आग्रह गर्दछु |
          
                मुख्य कुरा, नेपाल सरकारले कोहि परदेशबाट नेपाल फर्केर केहि कार्य गर्न चाहन्छ भने सहुलियत ब्याजदरमा कतिसम्म ऋण उपलब्ध गराउने सक्ने त्यो किटानी गरियोस | बिशेष गरि पांचलाख भन्दा साना- पुँजीमा संचालन हुने  कार्य तथा लगानी सेक्टरलाई सकभर बिना धितो ऋण दिने व्यस्था गरियोस | खासगरी, नेपालका गाउँमा रहेका जनता पैसा अभाबमा, खेति किसानी बाट गर्न सक्ने आम्दानी बाट बन्चित छन | सरकारले किसान हरुलाई आधुनिक खेति बारे जानकारी दिलाउन, हालको जेटीय संख्यालाई आधा बढाएर १,  गर्न अत्यन्त जरुरत छ, यो बिषयमा सरोकारवाला र नेपाल सरकार दुबैको ध्यान जाओस |

 

                अन्तमा ! नेपाल सरकारले हालको विषम परिश्थितिमा नेपालमा बैदेशिक राष्ट्रमा रहेका कामदारलाई नेपाल फर्कन आगह्र मात्र गरेर होइन कि ! तपाईहरु नेपाल फर्कनुस तपाई युवायुवतीलाई हामी यी सहयोग गर्छौ | तपाई युवायुवतीले बिदेशमा सिकेका 'सिप ' देशमै आएर खर्च गर्नुस | युवायुवती को काँधबाट नै देश विकास हुन्छ, किनकी, युवायुवती भनेको देशको मेरुदण्ड हुन् यो स्पष्ट कुरा  उल्लेख गरि सरकारले एक बक्तब्य निकालोस, साथै हालको स्थितीमा सरकारले, बिदेशी निकायलाई आफ्नो उधोग कलकारखाना नेपालमा बिस्तारित गर्न र नेपालमा नयाँ क्षेत्रमा लगानी गर्न आव्हान गरोस | ति बिदेशी इच्छुक उधमीलाई करार मा उनीहरुले व्यापार गर्न, कलकारखाना खोल्न, सेवा विस्तार र प्रवर्तन अनि सेवा प्रदान र Income गर्न दायरा बनाएर स्थान दिनुपर्छ |

 

         र म भन्छु ! जो नेपाली बिदेशमा minimum 5 बर्ष बसेर नेपाल फर्केका छन तिनले, नेपालमा रहेका दश युवालाई रोजगारी प्रदान गर्नुपर्छ, गर्नसक्छन, र गर्ने क्षमता राख्छन, ति हातहरुलाई सरकारले सकेको सहयोग, र उत्साह, उमग थपिदिने कार्य गर्नुपर्दछ |

 


धन्यबाद ! 17-06-2015 

लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)



ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL


 हाल :- Dubai, UAE




 

No comments:

Post a Comment

"Thank you" For your time.