हँसाउन सक्दैनौ भने रुवाउने अधिकार छैन
म आफैं गलित नैछु, थकाउने अधिकार छैन
एक्लै हाँसीखुसि बाँचेको मलाई माया-जालमा
फसाउने तिमी, आँसुर असन्तोष स्विकार छैन |
साथमा बाँच्ने मर्ने बाचा, नौटंकी नगरहै
बिचलित म छोडी भाग्ने तिम्रो सहर छैन |
काँखमा छोराछोरी, सुखी जिवन कल्पना किन?
रमाउन चाहूँ भने आत्मा नरोएको प्रहर छैन |
परपर क्षितिजमा जुनतारा चम्कीरहे पुरै रात
म ओढारमै मर्ने भएँ, उज्यालो संसार छैन |
सहाराका हात, प्रेमिल स्पर्श, हाँसो मुहारमा
तिम्रो साथबिना म बाँच्ने केहि आधार छैन |
तिम्रै मायाले बाँच्न हौसला थपिराछ अझै
संसार प्यारो भाछ, देह छोड्ने रहर छैन |
धन्यबाद ! 17-06-2015
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL
हाल :- Dubai, UAE
No comments:
Post a Comment
"Thank you" For your time.