Saturday, June 13, 2015

'वो वण्डरफुल समर ' भानी :- गजल

अर्धनग्न शरीर देखाउंदै लाज नमानी कस्ती सानी
'गर्मी भो' देखाउंछे सर्वांग नै बेइमानी कस्ती सानी |


भन्छौ कसरी लाउनु? लामो गुन्युचोली झन्झट लाग्छ
छोटा कट्टुमै सवार हुन्छौ, 'वो वन्डरफुल ' समर भानी |

तिम्रा टू-पिस लवाईले जाऊ खेल पौडीबाजी बगरमा
बाटोमा हिंड्दा पुराबाउलो लुगा लगाऊ, सुधार बानी |

फेशन होस-कि मुखमा बेशन लिमिटमा लाउनेगरौ
आफु राम्री बन्ने शोखमा नबन  सन्निलियों-यानी |

ताप सहन गार्हो हुन्छ, पुरुषलाई गर्मीले पिरोल्छ
खैर ! नारीपुरुषले नगरौं काम सभ्यताको अप-मानी |

सबैको एकैहुन्न सोच, गलत नजर परायको लाग्लाहै
बैशलाई सम्हाल, इज्जतमा लाको  दाग जान्न नानी |
 

 

 धन्यबाद ! 

लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL



       हाल :- Dubai, UAE










 

 

No comments:

Post a Comment

"Thank you" For your time.