Saturday, May 9, 2015

जुटौ नेपाली ! उठौ नेपाली! (Song)

जुटौ नेपाली ! उठौ नेपाली! 
जुटौ नेपाली ! उठौ नेपाली!
देश बनाउने आफ्नो जिम्मेवारी उठाऊ नेपाली ।
तराईमा बाढीले बस्ती डुब्ंदा, हिमाल पहाड रोएको छ ।
हिमाल, पहाड भूकम्प र पहिरोले बिधोंश गर्दा तराईले, आँशुले मुहार धोएको छ।
दैब लाग्यो, हेर आज ! हजारौ नेपाली एकैछिनमा मार्ने गरी । 
हामी नेपाली आज जुटेनौ भने, नेपाल रहन्न, नेपाली हूँ भनी गर्व गर्न फेरी ।
जुटौ नेपाली ! उठौ नेपाली! 
जुटौ नेपाली ! उठौ नेपाली! 
देश बनाउने आफ्नो जिम्मेवारी उठाऊ नेपाली ।
के तराई, के पहाड, के हिमाली, कुन जाती, कुन धर्म र बस्छौ हामी कुन सहर? 
आज हामी मिलर अघि बढे बन्नेछ ' ' नमूना नेपाल ', फैलिनेछ नेपाली एकता बिश्वभर ,
नेपाल चिनाउने, दरबार स्कवायेर, मन्दिर लडे, मस्जिद भत्के, नासियो प्राथना घर, धरहरा ढल्यो, जानकीको शोभा गयो, भयो इतिहास पाल्पाको रानीमल,
एक बनौ नेपाली, हिमाली, पहाडी तराईले हातमा हात मीलाउ, सबैले गरौ देश निर्माणमा आफ्नो ठामबाट सकेजति पहल ।
जुटौ नेपाली । उठौ नेपाली!
जुटौ नेपाली ! उठौ नेपाली! 
देश बनाउने आफ्नो जिम्मेवारी उठाऊ नेपाली । ...
यो पीडाको घाउ, छिट्टै हामीले भर्नुछ, देशलाई सूद्रिड पार्न, सकेको योगदान गर्नुछ।
एउटाले माटो खने, अर्कोले ढुंगा फोर्ने, केहि जनाले जड्ने, अरूले सीमेन्ट घोल्नुछ ।
बैरभाब त्यागी दिउं, नगरौ धर्मको युध्द, यो जातको, ऊ जातको भन्न छोडौ, गरौ सम्ममान सबलाई, हामी नेपाली।
बिश्वमाझ नझुकेको थ्यो, नझुकेको छ र नझुक्नेछ हाम्रो ' नेपाल ' प्रण ' गरौ, आजै हामी नेपाली ।
जुटौ नेपाली ! उठौ नेपाली! 
जुटौ नेपाली ! उठौ नेपाली! 
देश बनाउने आफ्नो जिम्मेवारी उठाऊ नेपाली । ...
:- प्रल्हाद दाहाल ।
धन्यबाद । बैशाख -24(10:00pm)

No comments:

Post a Comment

"Thank you" For your time.