Wednesday, May 6, 2015

काठमाडौँको शंखरापूर (साँखु पालुवारी ) नै तपाइले देखेको " रुकुम रोल्पा र हुम्ला जुम्ला " हो |

पुर्व प्र.म. माधबकूमार नेपाललाई खुल्ला पत्र !!




आदरणीय माधब जी |


                               म यो पत्र कसैको बहकाउमा लागि, होहल्लामा लाग्दै, आक्रोशमा आएर लेखेको होइन | म जे पनि लेख्दैछु, आफ्नो मनबाट स्व-स्फुर्त रुपमा यो पत्र लेख्दैछु | यसलाई क्षणिक आक्रोश नसम्झनुहोला | म यो पत्र लेख्दै गर्दा कुनै नशामा भुलेको छैन, अबगत गराउन चाहन्छु | मैले लागुपदार्थ नशा प्रयोग गर्ने गरेको छैन, यो पत्र लेख्दै गर्दा टेबलमा एक गिलास पिउनेपानी राखेको छु र   मैले यो पत्र एकाबिहान कोरेको हुँ | मेरो स्व-बिबेकले भ्याएसम्म यो सम्झाउने हेतुले पत्र कोर्दैछु |

            म प्रल्हाद दाहाल (प्रेममोती) एक आम नेपाली नागरिक हुँ |  म बिगत (nov 10, 2010 to present ) चार बर्ष ५ महिना २६ दिनदेखि UAE को एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत छु  | म तपाईले सम्बिधान सभाको चुनाब जितेर सभाषद हुनुभएको ठाम, शंखरापूर नगरपालिका वडा-७ को एक मतदाता पनि हुँ | म माता सानी दाहाल र स्व- बाबु  भोजप्रसादको माहिलो छोरा हुँ | मेरो परिचय येतिमै सिमित गर्दछु |

     म यो पत्र  म र मजस्ता लाखौ नेपाली युवाको नेतृत्व गर्दै लेख्ने आँट र साहस गरेको  छु | मैले आजसम्म कुनै पार्टीको छाता ओढेको छैन, र भोलिका दिनमा कसैगरि कुनै पार्टीको छाता वा झन्डा ओढ्न नपरोस भन्दै मेहनत गर्दैछु } मलाई आफ्नै बाहुबल, आफ्नो skills अनि दिमाखले काम गर्ने र आफ्नै पौरखमा बाँच्ने बानी परेको छ |  ' Hit the target, first ' भन्ने भनाईमा आधार  रहँदै ,म पुर्व प्र.म. माधब जी ! लाई निम्न प्रश्न गर्दछु |

२०७२ बैशाख १२ गते ११:५० मा गएको विनाशकारी ७.८ M. को ' भूकम्पले गर्दा भएको बिनासले तपाई को मन रुयेन? 

के तपाइको मन हामीजस्तै होइन कि यो ढुंगाबाट बनेको छ ?

म शब्यदृश्य र video हेरेर, कहिले त्यंहा पुगौ भयो, तर तपाई ति १७ किमी पुग्न ९ दिन लाग्यो | के शंखरापूर (साँखु, पालुवारी ) काठमान्डौ को रुकुम रोल्पा, हुम्ला जुम्ला हुन् ?


तपाई आफ्ना मर्दा रुनु हुन्न ? के तपाइलाई भोट दिएर सभाषद बनाउने ति  जनता तपाइको आफ्नै सन्तान बराबर होइनन ?

के एक अभिभाबक, आफ्ना छोराछोरी आफ्नै अघि चिच्याएर मर्दै गरेको हेरिरहन सक्छ ?

आमा ! भन्दै दुध पिउने बालक, धुलोपिठो र भूकम्पले भत्केको घरको भग्नाबशेष मा रुँदै गर्दा, मन दुखेन ?

'छोरा' को वियोगले आमा मर्महात भएर रोएको दृश्य हेर्दा तपाईमा एकरति मन रोएन,  मानवता पलाएन ? 

कि तपाई जस्ता नेताले ति आमा, वियोगान्त सन्तान, बिधवा, टुहुरा बच्चाबच्ची अनि छोराको बचाऊका लागि, बाबुको पुकार सुन्नु भएन ? सुन्ने कान नै बहिरा भएका हुन् र ?

नेता जी ! बिना टेन्ट(त्रिपाल) खुल्ला चौरमा सुत्दा कस्तो हुन्छ, त्यो महसुस कहिले गर्नुहुन्छ ? मैले त खुद, खुल्ला चौरमा रात काटेको छु |

नेता जी ! सडकमा सुत्नेलाई ' खाते ' भन्नुहुन्छ भने आज हामी लाखौलाख जनता भूकम्पले गर्दा  ' खाते ' भएका छौ | सडकमा बस्छौ, राहतमा दिएका चाउचाऊ, चिउरा अनि मागेर पानी पिउंदै छौ | के खातेलाई आत्मसम्मान दिनुहुन्छ ?

हामीलाई सडकमा ल्याउने वा " खाते " बनाउने तपाई नेता हो, भन्नुस यो सबको जिम्मेवार तपाई नेता होकी होइन ??

यदी तपाईहरुले बेलैमा भूकम्पीय सुरक्षाबारे बहस नगरी काम गरेर भूकम्परहित घर मात्र नपा तथा वडा.मा नक्सा पास गर्नुभएको भए, आज यो दिन आम्थ्यो त ? अबश्य आउनेथिएन |

हामी नेपाली जनताकै पसिनाको कमाई, राजस्व, कर बाट तलब खाने तपाईहरुले जनताको दुखमा जाबो एक महिना तलब नी राहत दिनुसक्नु हुन्न भने, तपाई हाम्रो नेता कसरी ?

चुनाबमा करोडौ, र अरबौ खर्चिनेले राहतमा १००० बोरा चामल बोकेर ति जनता- माझ जाँदा  लाज लागेन ? कि नेतामा सरम भन्ने नै हुँदैन हो ?

यो प्रश्न केवल मेरो मात्र होइन, यी म र युवायुवती जो विनासकारी भूकम्पबाट पिडित, आफन्तको वियोगबाट मर्माहत र घर ढलेर, टेन्ट वा त्रिपालमा बसेर, एकछाक चाउचाऊ, चिउरा खाँदै गरेका हरेक, मानसिक र भौतिक रुपमा पिडितहरुको हो ?


 तपाईले चुनाब जितेको काठमंडू कै क्षेत्र न. मा सबैभन्दा बढी क्षति भएको एक ठाम संखरापुर नपा. मल्लकालीन सहर साँखु हो | साँखु सहर नेवारको बस्ति हुनाले अत्यधिक नेवारी समाज र बाहिरी बाटोमा केहि अन्य जातजातिको बसोबास रहँदै आएको ठाम हो |

   मैले १२ गतेको घटना सुन्ने बितिक्कै बिदेशी भूमिबाट फोन लगाउन सुरु गरें | २०,२२ चोटी फोन गरें तर सम्पर्क हुन् नसकेपछि मनमा तनाब भयो | फेरी इन्टरनेट खोले र सुरुमै news देखें ' नेपालमा ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प, धरहरा पूर्ण रुपमा ध्वस्त , धरहरा अब स्मृतिमै सिमित भयो |',तब झन धेरै तनाब बढ्यो, अनि कोहि नेपाल वा भनौ, छरछिमेकी साथी ओनलाइन छन कि भनेर हेरें, सबै जना ३० मिनेट पहिले फेसबुक छोडेको देखा परे | मलाई धेरै, धेरै तनाब भो |

            बल्लबल्ल एकजना साथीको घरमा फोन लाग्यो | उसले बुवालाई सोध्यो, बुवा के भैराको छ ? 'यँहा हस्पिटलमा १०० भन्दा बढी जनाको उपचारका लागि ल्याएका छन, अनि अरु धेरै मरिसके रे .' यो कुरा साथीका बुवा नेपाल मेडिकल कलेज आत्तरखेल जोरपाटी (गोकर्ण) मा कार्यरतले बताउनु भयो | मलाई झन धेरै तनाब भयो, त्यो साँखु पुरानो मल्लकालीन सहर अनि यो विनाशकारी ७.८ M. को भूकम्प | मैले दुरदर्शी मनबाट नै साँखुमा रहेको  धेरैको घर ध्वस्त भएको अनुमान भनौ वा आंकलन गरिसकेको थिए | अब मलाई घर भत्केको वा मन्दिर ढलेको बारे भन्दा नी, को को भूकम्पबाट बच्न सफल भए, कस-कसलाई कति चोट लाग्यो, घाइते भएका छन होला भन्दै मनमा आंधीहुरी र ज्वारभाटा चल्न थाल्यो |

बल्ल एकचोटी आफ्नै दाजुलाई फोन लाग्यो | घर त रहेन, तैपनि हामि परिवार सबै सकुशल छौ, साँखु पूर्ण रुपमा ध्वस्त छ | अर्कोकुरा, मेरो साथी 'सन्तोष दंगाल' भूकम्पले भत्केको घरबाट पुरिएर मात्र टाउको देखिएको अबस्थामा भेटियो,  भूकम्पमा परि टाउको फुटेको, खुट्टा भाँचिएको र बेहोसमा शुष्मा कोइराला हस्पिटलमा भर्ना गरेको छ भन्नु भो | यति कुरा नहुँदै फोन काटियो | 

    फेरी फोन लगाउन धेरै चोटी प्रयास गरें | सम्पर्कमा आउन नसकेपछी निरास र हतास मुद्रामा इन्टरनेट खोले, धरहराको भग्ना बशेष फोटो देखे, केहि तल स्क्रोल गरेको त ! बसन्तपुरको अस्तव्यस्त र बिनास भिडियो नै पो फेसबुक भरिसकेको रैछ, यस्ता भिडियोले सन्त्रास फैलाएपछी, नेपाल हुने त भूकम्पले पिडित भए नै हामी नेपाल बाहिर रहनेको नी मनमा सन्त्रास फैलायो, अझ भनौ, यो दर्दनाक तस्विर र भिडियो देखेर म खुद आँशुका ढिक्का खसालेर रुन थाले | म मात्र नभएर, प्रत्येक नेपाली यो जसले इन्टरनेटमा पहिलो चोटी बिनासको video हेर्नु भो, सबैजना को गहमा आँशु भरियो र रुनु भएको थ्यो, र पक्कै नी रुवाबासी चल्यो |

      साँखुमा लगभग प्रत्येक पटक कल गर्दा, १५ दिन के नाघेको थ्यो, यस्तो ठूलो विनासकारी भूकम्प आएको सुन्न पर्यो, मैले सुने भन्दा नी म स्वयम ले यो भोगे बराबर मलाई मानसिक तनाब मिल्यो  किनकी मसँग नेपालको स्थिती, आफुले घुमेको, डुलेको, भोगेको र खेलेको ठामका वा भनौ सिङ्गो नेपालका तस्विर मनमा आला थिए| म काठमाण्डौ को मान्छे चैतसम्म त पुर्व नेपाल, इलाम, झापा मोरंग घुमेर फर्केको थिए |
मेरो अझ धेरै मन दुख्यो किनकी, भर्खर नेपाल भुमि छोडेको थिए |

       के गर्ने, के नगर्ने, अनि कंहा कसरी खबर पत्ता लाउने भन्दै मनमा अनगिन्ती प्रश्न खडा भए, | अर्को दिन फोन गरें | साथी! हाम्रो तिरको स्थिती बुझ्न कोहि आएका छन ? उताबाट ;- छैन |' भन्ने जवाफ आयो | १४ गते फोन गरें ! आज कसैले बस्तुस्थिती बुझ्न आयो त भने , उताबाट  'छैन' जवाफ आयो |  अनि मैले १४ गते राती एउटा ट्वीट गरें ! "मिडियाकर्मी साथी, मल्लकालीन सभ्यता बोकेको साँखु बजारको समाचार केहि देख्दिन| कृपया तेताको रिपोर्टिंग गरिदिनुहोला | हजारौ हताहत भएको खबर छ " लेखें |


      १५ गते नेपाली online पत्रिकाले साँखुको तस्विर सहित समाचार छापे भने, BBC का लागि एक इन्डियन रिपोर्टर महिलाले video रिपोर्टिंगमा बोलिन, " ए राजधानी से १७ km पुर्व के साँखु सहर हे | इस इलाका मे तिन दिनके बाद भी, कोहि rescue टिम नहीं पहुचे हे | और ! सिपाही इस घरमे चार जन हे करके धुंड  और बाहर लानेकी कोसिस कर रहा हे ' | मैले सोचे भन्दा पनि बढी ध्वस्त रहेको साँखु मेरा सामु पेस भयो | म धुरुधुरु रुन बाहेक केहि गर्न असमर्थ रहेर news हेरें |

  
 १६ गते उस्तै फोन गरें, सोधे "माधब नेपाल ! आउनु भयो त ? स्थिती बुझ्न, अन्य नेता त उनका निर्वाचन क्षेत्रमा पुगिसके त ?| मेरो प्रश्न नसक्दै साथी ! ' कोहि आको छैन, ३ दिनपछि टुर्किश rescue टिम आएर, कोहि जीवित छन कि भनेर खोज्ने कार्य र उद्दारमा सरिक भाको छ | ' भन्न थाल्यो |


मैले प्रत्येक चोटी फोनमा सोध्ने गर्थे , ' के हाम्रा  निर्वाचित नेता स्थिती बुझ्न आउनु भो ? ' तर जहिले छैन सुनेर मलाई तपाईलाई नेता वा सभाषद भन्न पनि मन लागेको छैन |

 तर बिडम्बना राजधानीको १७ किमी पुर्ब शंखरापूर पुग्न तपाइलाई ९ दिन लाग्यो | बिचरा ! तपाई  तेत्रो हिंड्दा खुट्टा दुख्यो कि नेता जी ?

भर्खरै सगरमाथा टेलिभिजनले तपाइले १००० बोरा चामल राहत बोकेर साँखु गएको समाचार तथा भिडियो प्रकशित गर्यो | त्यसमा स्थानीय साँखु-दाहालटोल सडक खण्डका सुन्चाबेली र खोरिया(तामांग बस्ति) बिच राहतको लागि भएको झडप बनि देखे |

" भूकम्पको धक्काले क्षतविक्षत नेपाल ! अनि तेस घाउमा नुन-खुर्सानी छर्कने, नेपाली तथा इन्डियन मिडिया ले गर्दा, स्वदेश र बिदेश दुबै त्रसित छौ | " यो मैले नै ट्वीट गरेको एक अंश |

नेता जी ! सगरमाथा को news हाइलाइटले मलाई केहि बोल्न पर्छ है भन्ने भित्रबाट मन भयो  |  म अब नी केहि बोलिन भने, मलाई नेपाल आमाले कहिले बोल्न नसक्ने लाटो बनाउने छिन |

म प्रल्हाद, र म जस्तै हजारौ, हजार वा भनौ लाखौ प्रल्हाद को लागि मैले आज बोल्नुपर्छ |

माधब जी! आज म बोलिन भने, भोलिका हजारौ, बालबालिका र तिनको अन्धकार भविष्यको  दोषी म हुनेछु | आजका विनाशकारी भूकम्पले टुहुरा बनाएका आत्माले मलाई पिरोल्नेछन र म कहिले हांसीखुशी र परिवार सँग रमझममा रम्न सक्नेछैन |

 आज म नबोलेमा, आजको मेरा बुवा-आमा, दाजुभाई, दिदीबहिनी तथा  सथिभाइको जस्तै भोलि मेरो पनि विनासकारी, भूकम्प, बाढीपहिरो, भू-क्षय र अन्य दैबी प्रकोप आउँदा, बासको लागि त्रिपाल र खानको लागि बिस्कुट र चाउचाऊ को लागि हात पसार्नु पर्नेछ |   मेरी आमाले नौमहिना प्रसव पिडा सहेर, दशधारा दुध पिलाएर हुर्काएर बढाएको म, आज आफ्नै आमाको सिर(छानो) ढाक्न त्रिपाल खोज्दैछु | मलाई चिसोमा जोगाउन, छातीमा टाँसेर न्यानो बनाउने उँहालाई, आज पालको बासमा राख्न परेको छ |


तपाइलाई यो अवगत गराऊ, जम्मा १००० हाराहारीमा रहेको साँखु बजार को घरधुरीमा ८० % घरहरु भूकम्पले भत्केका र बस्न अयोग्य छन | त्यसमा लगभग प्रत्येक 2.5 मिटर स्क्वायेरमा एकजनाको मृत्यु भएको छ | tयस बाहेक साँखु बाहिर र वरपरका गाउँ अनि नगरकोटको फेदीसम्म फैलिएर रहेका घरको त तपाइलाई आंकलन थाहा छैन पनि होला | के तपाइलाई थाहा छ, तपाइको निर्वाचन क्षेत्रको जम्मा घरधूरी संख्या ?

      माधब जी ! तपाई भूकम्प गएको पहिलो हप्ता वा भनौ, दुई तिन दिनमै शंखरापुर नपा गएर मात्र बस्तु स्थिती जान्ने र घाइते तथा बालबच्चा, बिधवा, टुहुरा सन्तान, अनि सहारा गुमाएका बुवा-आमालाई भेटेर सान्त्वना स्वर द्खायेर, सहयोग नगर्नुस वा राहत नबांड्नुस तर समयमा त्यो ठाममा पुग्नुपर्थ्यो | माधब जी तपाईबाट त्यो हुन सकेन |  मेरो भन्नु यो हो कि? तपाई ९ दिनसम्म राजधानीबाट नजिक १७ km शंखरापूर किन पुग्न असमर्थ हुनु भो? के तपाइले सोचेको जस्तो, टि जनतालाई मुखमा चामल लग्देर फाल्दैमा समस्या त्यो पिडा रोकिने हो ?


नेता जी ! तपाई गलत हुनुहुन्छ र त सुन्नमा आयो, राहत बाड्न जानुभएको तपाई माथि कुटपिट हुन खोज्यो | यदी तपाई विनासकारी महाभूकम्प गएको दुई वा तिन दिनसम्म तपाइको निर्वाचन क्षेत्रको अवलोकनमा गएर, मात्र घाइते, सहारा गुमाएका आमा-बुवा, बिधवा, टुहुरा बालबालिका लाई सान्त्वनाको दुई शब्द बोलिदिनुभाएको भए नी हामी सबै नेपाली आभारी हुन्थ्यौ | ' सुख बाँडे बढ्छ, दुख बाँडे घट्छ ' भन्ने त तपाइलाई थाहा नै रहेनछ |


माधब जी ! सबै तपाईका भोटरहरुले हाम्रो निर्वाचित सदस्य आओस र हाम्रा गुनासो, दुख बाड्न पाइयोस भनेर हप्ता कुरे, ८ दिन कुरे.. तब तपाई जस्ता नेता नआएपछी.. उनीहरुमा नेता प्रति घृणा भाब पैदा भएको छ, त्यसै कारणले तपाई माथि हातपात हुन खोज्यो, सरकार प्रति मुर्दाबाद का नारा लगाईए | तपाइको सोच गलत रहेर, ९ दिनसम्म त्यंहा नपुगी, नौ दिनमा राहत बोकेर ठूलो गाडी अनि नेता जी ! त्यंहा पुग्दा, फूलगुच्छा ले स्वागत र तपाइको वाह वाह ! मा तालि बज्छ, जुन सोच्नुभएको थ्यो, त्यो एक सपना, सपना नै रह्यो, अझ भनौ त्यो टुट्यो | दुखको कुरा ! तपाई साँखु त बल्लबल्ल पुग्नु भो तर साँखु पुगेर नी, शुष्मा कोइराला हस्पिटलमा उपचार गराइरहेका घाइतेलाई एकफेर हेर्नु पनि पुग्नु भएन | साएद ! घाइतेलाई मलम लगाउने तपाई को कुनै मनशाय नै छैन |

 माधब जी ! यसबाट हामी जनता के बुझ्छौ भने, हाम्रो भोटबाट गलत मानिस बिजयी भएका छन | तसर्थ यी खालका गल्ति र जनतामा पैदा भएको घृणाभाब हटाउन, तपाईले छिट्टै अतिप्रभावित क्षेत्रमा के कति घर पुनर्स्थापना र पुन-निर्माण गर्न सकिन्छ अनि बस्न अयोग्य भई जग नै भत्केका घर परिवारलाई कसरि, सानो घर तयार गरि व्यवस्था गर्ने योजना अनुसार अघि बढ्न जरुरत छ | माधब जी ! तपाइले अब जनतामा गएर बोल्न जरुरत छैन, जानुस टि निमुखा र असक्षम जनताको लागि, बासको र गाँसको व्यवस्था गर्नुस | आज जुन ठाममा तपाई लाई हातपात हुन् खोज्यो त्यो ठाउँमा तपाईलाई फूलमाला र लावालस्कर जनताको भिडले स्वागत गर्नेछन, निकटतम भविष्यमा |

 माधब जी ! म तपाई मार्फत सबै नेताज्यू हरुलाई यो भन्न चाहन्छु | तपाइहरुको vision के हो ? यस्तो बिपत्ति र असाधारण अबस्थामा के कसरि, जनतालाई पुन, घरमै बस्ने वातावरण बनाउने भन्ने सोच्नु पर्दैन ? छिटो गर्नुस ! स्पस्ट म्यान्डेड तयार गर्नुस र तपाईका टि कार्यकर्ता जो तपाइलाई भाषणमा तालि दिएर उर्जा दिन्थे, तिनलाई संगै साथमा लिएर, नयाँ बसोबास क्षेत्र बनाउन, सबैको हातमा औजार थमाउनुस र लागि पर्नुस ! गाउँ सहर पुनर्निर्माणमा, गाउँ, सहर बनेसी, क्षेत्र अनि पुरै देश पुनर्निमाण हुन्छ र राज्यले फेरी अर्को नयाँ रुप पाउने छ | यसमा बिलम्ब गरेमा  बर्खा लाग्नेछ, अनि बर्षात संगै लाखौ, झाडापखाला आउँ का बिरामी बन्नेछन र तिनले फेरी मृत्यु-वरण गर्नुपरेमा, देशमा कुनै पार्टीको नी म भविष्य देख्दिन | नेता जी ! छिटो गर्नुस , हातमा औजार बोक्नुस, कार्यकर्ता अघि सार्नुस अनि जनतामा गएर जनतालाई नै बस्ने बसोबास बनाउन लाग्नुस्| खानेपानीको ब्यबस्था तिर लाग्नुस्, तपाइले सुरु मात्र गरेपुग्छ| जनता आफैंले तयार गर्नेछन, आफ्नो बसोबास, गाउँ र सहर फेरी जीवित हुनेछ | फेरी नयाँ जोसका साथ नेपाल अघि बढ्नेछ | ढिला किन??

          मलाई लाग्छ कि ! ६२/६३ को आन्दोलनपछी तपाइलाई काठमान्डौ क्षेत्र नं. 2 बाट बिजयी हुन् नदिई, म र म जस्ता लाखौ जनताले माओबादीको नाम पनि नसुनेको नेता ' झक्कुप्रसाद सुबेदी 'लाई बिजयी गराई | एमालेको पकड क्षेत्र भनिएको ठाम बाट एमाले बहिष्कार गरेका थियौ त्यो सही नै थियो | किनकी त्यस-अघि नी एमाले ले दुई पटक त्यस निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दै, काठमान्डौ क्षेत्र नं 2, एमालेको पकड क्षेत्र भनेर चिन्दै आएको थियो | ६२/६३ सम्बिधान सभा चुनाब अघि प्रतक्ष चुनाबमा हालका गृहमन्त्री नेता 'बामदेब गौतम' जी बिजयी हुनुभएको थियो |

    नेता भोट माग्न घर-घरमा पुगेका थिए, जब प्रत्यक्ष चुनाब जितेर केन्द्रमा पुगेसी, एक चोटी मुहार नी देखाएनन, भनौ, त्यो कार्यकालमा बामदेब जीले,  आजको शंखरापूर नगरपालिका र त्यसको वरिपरी, उनको चुनाब क्षेत्रमा कुनै भौतिक विकास वा बाटोघाटो, कल-कारखाना पुल निर्माण केहि गरेनन र हामी जनता मिलेर, पहिलो संबिधान सभा चुनाबमा देशको दोश्रो ठूलो पार्टीमा गनिएको नेकपा एमालेको महासचिब जस्तो मान्छे " माधबजी ' तपाइलाई हाम्ले चुनाब हराएर, जुन इज्जत तपाइको पार्टीले र तपाइले पाउनु भएको थियो, त्यो लायक छैन भन्ने प्रमाणित गरिदिएका थियौ  |

तर हामी जनताको मत बिपरित नेपालका केहि ठुला पार्टी अनि भर्खरै जनबर्गिय, जातीय मुद्दा र मुक्तिको नारा बोक्दै जनताको १४ हजार लासको सिंढी चढेर देशको नीति निर्माण र सरकारमा पहुँच पुगेको पार्टीले समेत तपाइलाई प्रधान मन्त्रि बनाउन सहमति गर्यो | हामी जनताको नजरमा माओबादी प्रतिपक्षमा देखिए पनि, भागबण्डाको राजनिती गरेर, दुई ठाम बाट जनताले अयोग्य बनाइएको एमाले महासचिब "माधब जी " तपाई र तपाइको पार्टीलाई फेरी टुप्पोमा चढाउने कार्य भयो | फलस्वरूप २०६६ साल जेष्ठ ११(may 25,2009) गते तपाई, देशको प्रधानमन्त्री हुनुभयो |

तपाई प्रधानमन्त्रि हुनुभो, ९ महिनामा तपाइले के गर्नु भयो, के उपलब्धि भो | भन्दा नी  यो तपाइको ' गुड लक ' थ्यो वा हामी जनताको 'ब्याड लक ' | यो छुटाउने जिम्मा सम्पूर्ण नेपाली जनता र अन्य मिडिया कर्मीले औलौने छन र औलायेका पनि छन | प्रधानमन्त्री भएसी, देशले के पायो र के गुमायो तिर समय खेर नफालौं| यो त नेपालको इतिहास पढेमा स्पष्ट हुन्छ |

तपाइलाई लाग्न सक्छ मैले यो सबै बिगतलाई यसमा जोड्नुको कारण के हो ? म तपाइको समय बर्बाद गरिरहेको छु | यस्तो लाग्नु अनाबश्यक पनि होइन तर यो कुरा मैले जोड्नु नै पर्छ, तपाइलाई बिगतमा लगेर, म फेरी बिगतको गल्ति फेरी नदोहोर्याउन सम्झाउने वा भनौ, ठूला, बडालाई हामी नेपालीको चलन अनुसार आग्रह गर्नुपर्छ र म तपाई माझ यो आग्रह गर्दछु | मलाई सम्बिधान सभा दोश्रो चुनाबमा धेरै साथीले भोट हाल्ने सन्दर्भमा परामर्श गर्नुबह्येको थियो | मैले सबैलाई एकचोटी गल्ती गर्नेलाई माफी दिनुपर्छ र उसले त्यो गल्ति सच्याएर राम्रो कार्य गर्न सक्छ| " लेट'स भोट श्री माधब कूमार नेपाल |" भनेर धेरैलाई तपाई एक आशाको दियो हो भनेको थिए| त्यसैले तपाइले यो पालि काठमाण्डौ क्षेत्र नं १ बाट स्पष्ट बहुमत लिएर बिजयी हुनुभयो | तापाई बिजयी भएको खबरले, म निकै खुशी भएको थिए, ठुला पार्टीका महा-सचिब भइसकेर, त्यो पद त्याग गरि, पार्टीको सार्वश्रेष्ट पदले होइन, बिचारले देशलाई ' लिड ' गर्नुपर्छ भनेर लागिपरेको तपाइले .. आज जनता माझ नेता हुनुपर्नेमा.. यस्तो बिलम्ब गरेर हामी थिचिएका, मारिएका र घाइते जनतामाझ आउनु भो | त्यसैले हामीले क्षणिक कुण्ठा पोखेका हौ | हामीलाई फेरी पुन:निर्माण र बस्तीलाई पुनरस्त्घपित गर्न तपाइको भरपुर सहयोग चाहिन्छ |  माधब जी आशा छ ! तपाई र तपाइको पार्टीले हाम्रो ठाम, सहर अनि देशको लागि असल मार्गदर्शक को भूमिका निर्वाह गर्नुहुनेछ |

    अझ एउटा कुरा जोड्नु मन लाग्यो | देश बनाउन भनेजस्तो सजिलो छैन, पहिले घर बन्नुपर्छ, घर बनेसी समुदाय बन्छ, समुदाय बनेसी सहर बन्नेछ र सहर र गाम बनेसी मात्र देश बन्नेछ | त्यसैले सानो कुराको थालनी गरेर नै देश बनाउन सकिन्छ | तपाईलाई काठमाडौँ नजिक शंखरापूर पुग्न नै ९ दिन लाग्यो भनेसी, यदी हुम्ला जुम्ला र रुकुमरोल्पा कहिले पुग्न सक्नुहुन्न |

डा. बाबुराम भट्टराई जी महाभूकम्प को भोलिपल्ट नै गोर्खाका क्षेत्रमा पुग्नु भयो र हालसम्म recsue र पुनर्स्थापना कार्यमा सरिक नै देख्छु | तर तपाई भने राजधानीको नगरपालिका पुग्न नै ९ दिन लाग्यो | ओहो ! माधब जी, यो तपाइको  कस्तो लाचारीपन ?

नेपाल सरकार ! तत्काल शंखरापूर नपा लाई खारेज गरियोस | साएद अब साँखु, शंखारापूर नगरपालिका नेपालको सबैभन्दा गरिब नगरपालिका भनेर चिनिने छ | संखारापुर नपा मा धेरै पुराना घर, संरचना छन, अब ति निर्माण गर्न नै पांच बर्ष लाग्छ, त्यसबेला सम्म के शंखरापूरले नपा मा हुने सर-सुबिधा
मिलाउन र income सोर्स बाट नगरपालिकाले गर्नुपर्ने न्यून आय-व्यय र लगानी अनि आम्दानी गर्ला र ? अंह गर्न सक्दैन |

माधब जी, काठमाडौँको शंखरापूर (साँखु पालुवारी ) नै तपाइले देखेको " रुकुम रोल्पा र हुम्ला जुम्ला " हो | यथार्थको ' रुकुम रोल्पा, हुम्ला जुम्ला अनि जाजरकोट र त्यंहा एकमहिना पुर्ब फैलिएको स्वाइन फ्लू र झाडापखाला ' एक दन्ते कथा होलान | कहिले काँही "बिजुली " बन्द भएर रातदिन बिताउनु पर्दा " काठमाडौँ को ' रुकुम रोल्पा ' बसेको छौ, अनि भुत्रो आम्थ्यो त बत्ति भन्दै यो कुरा मैले पहिले नेपाल बसाईं हुँदा कहिलेकाँही मजाक भन्थे |

त्यस्तै २०७१ साल फागुन १८ बाट पानी लगातार पर्न थालेसी, बिजोग भयो किनकी, राम्रो मोटरबाटो छैन, ग्राबेल बाटो, अनि ठाम ठाममा पिंच, पानी परेसी, आधा बाटो त पानीले बगाएर लाने | साएद ! राम्रो ढल निकास भएको भए, बर्षाको पानी ढलबाट नै निकासा हुन्थ्यो }  केहिदिनमा म मोटरबाइक हातले ठेल्दै उकालो लागेको थिए | किनभने म भर्खरै सुबिधा सम्पन्न UAE को धेरै तिब्र गतिमा बिकास भैरहेको Dubai को deira सहरबाट  नेपाल आएको थिए, अरु बर्षमा, फागुन चैतमा पानी नपरी खडेरी लाग्ने गर्थ्यो तर यो पालि समयले उल्टो दिशा पकड्यो | र फागुन भर अनि चैत बीच सम्म नी असारमा झैँ झरी नै परिरह्यो | यी ठामलाई म काठमाण्डौ हुम्ला जुम्ला, रुकुम रोल्पा नै ठान्दैथे | बडो कष्टसंग बिताए मैले यो दुई महिना काठमाण्डौबाट मात्र १७ किमी पूर्वीय भेगमा | साँखु, साँखु-पालुवारी 'यो त एउटा सानो उदाहरण हो | यस्ता काठमाण्डौको हजारौ ठाम छन, जर्सिंग पौवा, भोटेचौर, लप्सेफेदी, गागलफेदी, गोकर्ण सुन्दरीजल, नयाँपाटि, थली, मुलपानी, गोठाटार, संगलेखोला झोर, तिनपिप्ले, स्युचाटार पुरानो नैकाप, अनि थानकोट वरपरका ठाम , यिनै ठाम मा त अत्याबश्यक आबश्यक सुबिधा बाटो, खानेपानी र सुरक्षा अनि स्वास्थसेवा पुरा गर्न सकेको छैन भने, तपाई नेता हरुले कसरि सिङ्गो नेपाल बनाउने कार्य गर्नुहुन्छ ?

            माधब जी ! तपाइले आफुले कहिलेबाट घर, समाज र शहर बनाउन कदम चल्नुहुन्छ ?  तपाइ पार्टीको बरिष्ठ नेता भएकोले अब छिट्टै पाइला अघि नबढाए, तपाइको नेकपा एमाले पार्टी इतिहासमा  समेटिने छ | म तपाइलाई पक्का गर्दछु कि ! अब नी दुईठाम बाट चुनाब हारेर देशको गरिमामय पदमा जाने सपना देख्नुहुन्छ | भने तपाई दिवास्वप्नमा हुनुहुन्छ | म, हामी युवा अब हरुवा नेतालाई देशमा साशन गर्न कदापि दिने छैनौ| यो मेरो प्रतिबध्दता भयो, चाहे मेरो अठोट पुरा गर्न म आफ्नो जिबन पनि देशका खातिर त्याग्न तयार छु |

माधब जी ! कहिले बाट घर अनि समाज पुनर्स्थापना र पुन-निर्माणमा लाग्नुहुन्छ ? १० दिनमा, १ महिनामा, १० महिनामा ?? कहिले ??????????..........


                                                              तपाई जस्तै म एक आम नेपाली !
                                                              प्रल्हाद दाहाल (प्रेम-मोती )
                                                            Dubai -Deira , बैशाख २३, ८:५० बिहान

No comments:

Post a Comment

"Thank you" For your time.