Thursday, April 23, 2015

गजल :- 'जिन्दगी तरवारको धारमा छ | '

यो मेरो जिन्दगि तरवारको धारमा छ |
घायल कयौ चोट पीडाको प्रहारमा छ |

दुख पिडा अन्धकार मानिसको यो जिबन
खुशी त्रिण, यो त अँधेरो ओढारमा छ |
 
सुर्य अस्ताएर, फेरी झुल्किन्छ एका बिहान
किनकी, सुर्य नी मझैँ उनको प्यारमा छ |

गोधुलीमा कोइली संधै कुहु कुहु गाम्छ
थाहाछ, ऊ संधै प्रेमी भेट्ने आधारमा छ |

हिलोमा कमल मुस्काए झैँ उनी खुल्छिन
हाम्रो मिलनको चिनो, उन्को पाठेघरमा छ |

सिंह झैँ गर्जन, मेरो अघि मृत्यु आए
प्रियसीको काँख, म सुत्ने तयारमा छ |

यो मेरो जिन्दगि तरवारको धारमा छ |
'प्रल्हाद'! कयौ चोट पीडाको प्रहारमा छ |


धन्यबाद !

लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL


       हाल :- Dubai, UAE



No comments:

Post a Comment

"Thank you" For your time.