मलाई आफु नेपाली भन्न सरम लाग्दैछ
अहिले बिष पिएर, संसार छोडु लाग्दैछ |
जाजरकोट ' म ' हुनु , मेरो पाप भयो कि?
सरकार बिरामी म देखि, धेरै टाढा भाग्दैछ |
मर्नु एकदिन पर्थ्यो सबैले थाहा छ मलाई
स्वाइनफ्लू अकालमा मेरा छोराछोरी लग्दैछ |
हिजो दुई दर्जन निमिट्यान्न पार्यो कालले
बिचरा ! बालबच्चा भर्खर संसार के देख्दैछ |
दशा मलाई मात्र लाग्छ किन यो बारम्बार
७१मा बस पल्टेर मरे,अहिले स्वाइनफ्लू मार्दैछ |
उपचार जटिल पनि त छैन, फ्लूको औषधि देऊ,
भर्खर दुध पिउने बच्चा "आमा" आमा भाक्दैछ |
संकट टारीदेऊ, ज्ञानी महामानव जनतामिलि
दिनेछु, प्राकृतिक सौन्दर्य खलंगा उचो बोल्दैछ |
जाजरकोट ' म ' हुनु , मेरो पाप भयो कि?
सरकार बिरामी म देखि, धेरै टाढा भाग्दैछ |
विभेद किन छ? दुर्गम भनी हेला किन हो?
सरकार ! मलाई हेला नगर, जाजरकोट रुंदैछ |
#सन्दर्भ जाजरकोट महामारी | सबै जनता र बिरामी शकुशल रहुन | डा. केसी झैँ सरकारको नी ध्यान मन जाजरकोट पुगोस, फ्लूको सफल उपचार भएर, जाजरकोट बासी हाँसीखुशी भएको र सरकार अनि डा. केसी को जयजय कार गरेको सुन्न पाइयोस | कामना |
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
No comments:
Post a Comment
"Thank you" For your time.