Friday, April 10, 2015

नेपाल घुम्न लायक छ तर बस्न लायक बनिसकेको छैन।

बिर्तामोड - चैत ७


-यात्रा संस्मरण । २०७१



दिनको ठिक 12 : 30 बजे बिर्तामोड बसपार्क झरियो । बसपार्क एकदम सुनशान थियो भने छेउमा अग्लो बिल्डींग थियो सप्तकोशी म्यानपावर लेखेको ठूलो होडिंङ्ग बोर्डवाला ।
हामी एकाबिहान, धरानबाट इलाम जान भन्दै बस चढेका थियौ, हामी इटहरी पुगेर BiratNagar TO kakadBhitta बसमा पाइला टेक्यौ । ननस्टप, एक्सप्रेस लेखेको भानी लोकल गाडी जस्तो १0 पंध्र मिनेट चोकमा रोकिंदों रैछ । बल्लबल्ल 3, सांढ़े घंटामा बिर्तामोड पुराएर, गाडी हामीलाई ओरालेर आफ्नो बाटो लाग्यो।
अब खाना खाने समय पनि भैसकेको थियो। भोकले पेटमा लात हानेको पत्तो भयो र हामी तिनजना साथी तेताको सानो होटलमा खाना छ, सोध्न थाल्यौ । कसैले त्यो तलको होटलमा होला, हाम्रो त अडर आयेसी मात्र बन्नौने चलन छ भने । हामी होटल गएर खाना बुझ्यौ, पाइन्छ, प्लेटको 200 भन्ने साहुनीबाट सुनौ ।
खाना खायौ र पैसा तिर्न लाग्दा, पैसाको छुट्टा नभएकाले एकछिन कुर्न पर्यो, कुर्दै गर्दा हामी भन्दा अर्को टेबल बस्नेले प्लेटको 180 मा भातको पैसा आफ्नै अघि तिरेर हिंडे । बल्ल थाहा भो, यंहा पर्यटक र अरुलाई फरक पैसा लिइने रैछ । किन यस्तो? भनेर सोध्न मन लागेन कारण फरक मात्र 20 को थियो अर्थात, 60 मात्र । त्यो सठ्ठी काठमंडु को अलि नाम च्लेको रेश्टुराँ एक कप कफी पीउन पनि पुग्दैनथ्यो ।
आन्तरिक पर्यटकलाई नै यसरी ठगी हुन्छ भने बिचरा ती बाह्य पर्यटक Tourist लाई यसरी ठगी भयो र उसले त्यो थाहा पाए कस्तो नराम्रो महसूस गर्ला ??? एकफेर सबै होटलवाला ले सोच्नुस ।
नेपाल घुम्न लायक छ तर बस्न लायक बनिसकेको छैन।
:
-यात्रा संस्मरण । २०७१



लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

No comments:

Post a Comment

"Thank you" For your time.