Thursday, January 22, 2015

गीत 22 Jan


आ. आ. आ.~~~~~~~ आ. आ. आ.

आँखाले खोजिरहन्छ, यो मनमा गुन्जिरहन्छ ।
           ( प्रिय तिम्रै नाम ) ^२


झझल्कोले सताइरहने, धड्कन तेज चल्ने
याद आउँदामा हामी संगै डुलेको रनभन
            प्रिय तिम्रै नाम

पिडाहरु भुलिदिन्छु, एक्लै तिम्रो नाम गुन्गुनाउंछु
साथीहरु सोधिरहन्छन, को हुन? उनी भन ।
            प्रिय तिम्रै नाम

आँखाले खोजिरहन्छ, यो मनमा गुन्जिरहन्छ ।
            ( प्रिय तिम्रै नाम ) ^२



मुस्कान तिम्रै राम्रो, बोलीचाली झनै राम्रो
नशालु हेराई तिम्रो, लठ्ठपर्छन सबैजना
            प्रिय तिम्रै नाम

तिमीसंग प्रित गाँसी, घरबार जोड्न पाऊं
भगवान, ईश्वर, अल्लाह संधै जप्छु, डुल्छु चारधाम
            प्रिय तिम्रै नाम

आँखाले खोजिरहन्छ, यो मनमा गुन्जिरहन्छ ।
              ( प्रिय तिम्रै नाम ) ^२


सपनामा देखिरहन्छु, टोलाउन्दै सोचिरहन्छु, खोपिसकें हातमा तिम्रो नाम
किनिसकें सिन्दुर धागो चुरापोते, चिना हेराए जोतिषिलाई, मिल्छ हाम्रो नाम ।
          ( प्रिय तिम्रै नाम )

म बाँच्न सक्दिन अब तिमीबिना,न एकपल, न एकदिन, न साँझ
निकै गार्हो रैछ माया गर्छु भन्न हेर, मुख फोरेर 'I Love U 'भन्छु आज ।
          ( प्रिय तिम्रै नाम )

आँखाले खोजिरहन्छ, यो मनमा गुन्जिरहन्छ ।
             ( प्रिय तिम्रै नाम ) ^२

आँसुको मूल होकी? मिलनको मदहोस खुशी प्रेम ?
न हो छुटिएर बाँच्नु पर्ने, शिशिरको पतझड याम
           ( प्रिय तिम्रै नाम )

प्रेम गर्नु भूल होकी?प्रेममा तड्पेर बाँच्नुपर्ने रुल होकी?
मायाप्रेम एक खेल होकी? बताऊ  मेरी प्राण ।


      
          ( प्रिय तिम्रै नाम ) ^२

            प्रिय तिम्रै नाम । ….

            प्रिय तिम्रै नाम । ….


धन्यबाद ।

:- प्रेममोति 

No comments:

Post a Comment

"Thank you" For your time.