Wednesday, January 21, 2015

गीत song

कति अपूरो, कति अधुरो छ बीदेशी जिबन,
कति IELTS गर्दै, कति डिभी भर्दै ,
खुशीको बाहार खोज्दै,
अनि रोज्दै सुखी जिबन!

सपना देख्दै नयाँ संसार सजाउने,
फर्केर आई सिउंदो तिम्रो भर्छु भनी बाचा प्रियतमा सँग गर्दै !
लाखौ सपनाले डुबाए,
भिसा दिन्छु भनेर नै बिदेशी कम्पनीले छ महिना बर्ष दिन कुरायो!

आमा अनि परिवारलाई धन कमाएर सुखमा रख्छु भन्दै,
अरबका गर्मीमा पत्थरमा हिरा खोज्दै,
प्रिय र परिवारको माया मनमा बोकी,
लाहुरे जिबन  बिताउँदै !

 रंगीन सपना, रंगीन जीबन ,
ख़ुसीको बाहार खोज्दै, रोज्दै सुखी जीबन,
परदेशी जीबन कति सकस र पीडा संहदै ,
कति दिन भोको रहँदै,
सपना पूरा गर्न खोज्दैछन!
मानिस बिबशताले नै त यो नर्क ठामलाई स्वर्ग भनी रोज्दै छन !

बिताउँदै ! रंगीन सपना, रंगीन जीबन ,
ख़ुसीको बाहार खोज्दै, रोज्दै सुखी जीबन,
परदेशी जीबन कति सकस र पीडा संहदै ,
कति दिन भोको रहँदै, स
पना पूरा गर्न खोज्दैछन!
मानिस बिबशताले नै त यो नर्क ठामलाई स्वर्ग भनी रोज्दै छन

No comments:

Post a Comment

"Thank you" For your time.