Friday, September 19, 2014

गित (song) 19/9


माया तिमि बुझ |




सा~रे~ग~म~प~ध~नि~सा ...

सा~नि~ध~प~म~ग~रे~सा ...


माया तिमि बुझ
मा~आ~आ~आ~या  ति~इ~इ~इ~मी  बु~उ~उ~उ~झ |


(केटा ) - परदेशिय निम्ति तिम्रै खुशी खोज्न
हाम्रो सन्तानको भविष्य उज्जल पार्न |
मनमा पिडा तिम्रो जस्तै छ, मलाई पनि
खाउखाउं, लाउलाउं उमेरैमा छुटिनुपर्दा सानी |




(केटी ) - परदेशी भयौ, मलाई एक्लैछोडी गयौ
टाढा भयौ ज्यान, सम्झनामा रुँदै काट्छु दीन |
बुझाउन खोज्छौ के बाध्यता थ्यो, ज्यान तिम्ले
छुटिएर बाँच्न नसक्ने भएँ, मन रुन्छ जैलेतैले |



(केटा) - सानो व्यापार, खेतीपाती गर्दै थिए, देशमा अशान्ति छायो
व्यापार घट्यो, ऋणले ढाकीहाल्यो, घरखेत नै लिलामी गरायो |
सानी ! मन सम्हाल्न सिक, टाढाहुँदा छुट्ने छैन प्रित
पिडा बल्झेर मुटू दुख्दैछ, कसलाई सुनाउ, यो मनको गित |




(केटी ) - देशको हालचाल फेरिइसक्यो नबस परदेश
दुईजना मिलौंला, ट्याक्टर जोतौंला, गरौंला आधुकिक खेति |
नेपालमा आउ डलरभन्दा ढिंडो साग सिस्नु खा बेस
बनिसकेको छ, स्वदेशमै केहि गर्ने नौलो परिबेस |



(केटा ) -

प्यारी ! धिकार्दैछु, लाचार भइ, हिंडे मुख लुकाई परदेश
बितेका चारपाँच बर्षमा, उँधोगति भो, विकास भएन देश |
हातमा सिप लिएर फर्कन्छु, भिरपाखा खन्छु
पाखुराको बलमा सिंगार्छु देश, छिट्टै फर्कन्छु स्वदेश |



(केटी) - प्यारा ! बुझ्यो मेरो मन, बुझ्यो मेरो मन

चांडो फर्की आउनु, भेट्ने आसमा ढुकढुकी सास बाँचीराछु ज्यान |

(केटा ) - (माया तिमि बुझ, भेटिनु छुटिनु संसारको रित )^2

(केटी ) - चांडो फर्की आउनु, ~~~ चांडो फर्की आउनु

(केटा ) - (ज्यान टाढा भएपनि छुट्ने छैन, हामी दुइको प्रित )^2


ला ला ला ~~~ ला ला ला ~~~
हो हो हो  ~~~~~ हा हा हा   +~~


धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

हाल :- Dubai, UAE 

 Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.