Saturday, August 23, 2014

कटवाल र बिजय कुमारको आत्मकथा दाँज्दा नेपाली फिल्म इन्डस्ट्रीले सिक्नुपर्ने मुख्य कुरा |



कटवालको आत्मकथा निक्लेको येत्रा दिनमा ५ हजार प्रति बिक्न पनि नसकेको बेला, बिजय कुमारको आत्मकथा दुई दिनमै १० हजार भन्दा बढी प्रति बिक्रि भएको अस्पष्ट समाचार छ |


हुन त जनता राजनीतिबाट वाक्कदिक्क छन र कसैलाई नी राजनीति सम्बन्धि समाचार वा बिषय खासै टेस पर्दैन, त्यो कुरा राम्ररी बुझेका बिजय कुमारले बिषयलाई मोड्दै निकै चर्चा बटुलेका छन | सिधा अर्थमा भन्नुपर्दा बिजय कुमारले मौकामा हिरा फोरेका छन |



 रुकमांकत कटवालको आत्मकथा, बिरेन्द्र राजाको हत्याकाण्ड, जनयुध्द र शान्ति स्थापना गर्दाका प्रमुख घटना जस्ता खुराक राखेर लेख्दा नी, कटवालको आत्मकथा ५ हजार पिस बिक्रि नभएको कुरा छ |  अर्कोतर्फ बिजय कुमारले अस्ति मात्र बजारमा ल्याएका उनको आत्मकथामा सानोमा आफु लुकेर हलमा गई, ऊ जमनामा पनि १० रूप्पे तिरेर ब्लु-फिल्म हेरेको, अनि वचपनमा नांगै नदीमा पौडिने जस्ता सेक्सअल कुरालाई खुराक वा मसला बनाएर लेखेको आत्मकथा 'खुशी' हिजो मात्र नी निकै हजारप्रति बिकेको समाचार आयो | 


 तेस्तै कटवालले आफ्नो आत्मकथा बिकाउन भनेर निकै ठुलो सम्मेलन जस्तै गरेर पुस्तक बिमोचन गरेका थिए तर बिजय कुमार ले झट्ट पट्ट आत्मकथा बजारमा ल्य, त्यो कति पत्र-पत्रिका र पत्रकारलाई थाहा पनि भएन | जब बिजय कुमारको आत्मकथाको राज खुल्यो, त्यो राज थियो  'ब्लु-फिल्म' | 


यिनै कुराले हाम्रो कलियुड नेपाली चलचित्र छेत्रले नी निकै कुरा सिक्न सक्छन भन्ने सोचले नै आज म कलम चलाउँदै छु | हामी सबैलाई राम्रो थाहा छ, हलियुड, बलियुड र कलियुड | यी तिन नेपाली पाठक र नेपालमा रहेका हरेक चलचित्र प्रेमीलाई राम्रो थाहा भएको फिल्म इनडस्ट्री हुन |  नेपाली फिल्मी मार्केट ठुलो छैन र हामी हलियुड सँग न दाँज्न सक्छौ न त यो पाश्चात्य मुलुकबाट केहि नयाँ तरिका सिकेर फिल्ममा प्रयोग गर्न नै | नेपाली समाज र पश्चिमी मुलुकको रितिरिवाज र चाल-चलन लगभग उल्टो छ | तत्काल हलियुड बाट नेपाली सिनेमा तिर implement गर्न सक्ने कुरा कम मात्र छन, ति बारे पछी  चर्चा गर्दा फरक पर्दैन | 


म कुरा गर्न चाहन्छु | हाम्रो छिमेकी मुलुक र नेपलमा झैँ धर्म-संस्कृति सबै मिलने  यी भारती फिल्म इन्डस्ट्री  बाट नेपली सिने कर्मी र सिंगो फिल्म इन्डस्ट्री ले धेरै सिक्नु र implement गर्नुपर्ने अत्याबश्यक छ | 
म कुरा गर्दै छु , तिनै कुरा जो बलियुड सुस्त हुँदै गएको बेला अचानक सन्नी लियोनि को आगमन बाट भयो | सन्नी लियोनि को हुन भनेर हामी सबैलाई थाहा छ र प्राय नेपाली मुभी हेर्ने र १८ बर्ष माथिका मानिसले उनलाई हेर्ने नजर छुट्टै छ | हलियुड भनौ या अमेरिका मा रहेर कामुक चलचित्र (Blue-movie) खेल्ने गरेकी र  संसार भर उनलाई जान्नेले  कामुक नायिका  (Porn Star ) चिन्नेछन  | उनी अचानक बलियुडमा देखापर्ने भन्नासाथ दक्षिण यसीयाली मुलुक, अरब देश र थोरै हिन्दि जान्ने हरुले भारतीय चलचित्र बारे निकै चासो राख्न थाले | भारतीय, नेपाली तथा विश्वका अन्य थुप्रै रेडियो, टिभी च्यानल र news paper ले उनको एक न एक, एक न एक मिडिया मार्फत समाचार बनाउन  थाल्यो र सन्नी लियोनि पत्रिकामा छ्पीइन र संगसंगै खस्किंदो बलियुड मुभी बिस्तारै बामे सर्न थाल्यो | भनौ यो  बामे चल्ने बालक झैँ अगाडी बढ्न थाल्यो | सन्नि कै कारण भारतीय फिल्मी खबरका धेरै article नेपाली, अंग्रेजी पत्रपत्रिका र news channel र fm station दिनै चर्चाको बिषय बन्यो |

सन्नि लियोनिको चर्चा संगै बलियुड ले तब निकै छिटो कुद्न सक्यो वा अगाडी बढ्यो | संधै अनेक jackpot देखाएर, मोबिलका वालपेपर, बन्द कोठामा प्रतिभा देखाउने र कतिका कम्प्युटरको hard-disk का झन्डै २०० जीबी समेत भर्न सफल उनी, जब लियोनि  jackpot मार्फत सारुख र उनको टिममा मुख्य भूमिकामा देखिने भईन | बन्द कोठा बाट एकै चोटी जम्प गरेर खुल्ला बजारमा वा हल-हलमा छाउने भनेपछि, सबै उनको पछी लाग्ने नै भए | आखिर यो समाज  बैंस भएकालाई न हेर्छ, बुढाबुढी भएपछी कि त बृदाश्रम र  कि त हरिद्वार, गंगासागर, पशुपति जस्ता  धर्मशालामा लगेर राख्छ वा कति छोरा-छोरी आफन्तले इच्छा नभए पनि जबर्जस्ति लगेर  ति  बृदाश्रम  र  धर्मशाला  मै राख्दिने गर्छन |


उसै त  porn-star  झन अब un-censored  मुभीबाट अब  censored फिलिममा देखिने भए नी यिनको हर्कत के- कसो होला? यिनलाई बिना कपडा सुन्दर देख्नेका आँखामा अब राम्रा कपडामा सजिएर के के हर्कत देखाऊलिन भन्दै निकै उत्शुकता अनि कौतुहल बन्दै सबैले उनको बारे पत्रिकामा र news paper मा लगातर पढ्न र जानकरी राख्न थाले | अझ यो हुँदाहुँदै नी, अचानक यी सन्नि लियोनि आफ्नो  नयाँ फिल्म को प्रचार का लागि नेपाल आएपछी त नेपालमा पुरै यिनले धमाका नै मचाउन सफल भइन | लाखौले उनीलाई भेट्न भनेर त्रिभुवन  अन्तरार्ष्ट्रिय बिमान स्थल पुग्दै  फोटो खिच्न नी भ्याए | तेस्मध्ये  एक फोटो मैले  माथि समावेश गरेको छु | हुन त तेसअघि नी सन्नि लियोनि ले जिस्म-2 मा नी रोल  पाएकी थिइन र त्यो बेला नी निकै चर्चा कमाएकी थिइन |


सरसर्ती यी घटना याद गर्दा र यी घटनाको विचार-बिष्लेषण  गर्दा, कुनै पनि कुरा राम्रो चला उन राम्रो र नराम्रो दुवै कुराको उत्तिकै भूमिका हुन्छ | कथा पटकथा राम्रो हुँदैमा  फिलिम चल्छ भन्ने हुँदैन, समस्त दर्शकलाई समेट्ने हिसाबले  खुराक पनि राखिनुपर्छ | तर मेरो भन्नु  अमेरिकामा  बस्ने भनिएकी निलो चलचित्र खेल्ने  नेपाली (porn -star) बिन्दु परियार लाई ल्याएर सिधै नेपाली फिलिम खेलाउनुस भन्न खोजेको हैन तर समयसापेक्ष सेक्शुअल मार-मसला हालेर पनि  यो खस्किंदो गरेको नेपाली फिलिम इन्डस्ट्री कलियुड लाई मथि उठाऊन  पहल गरौँ भन्न चाहन्छु | संधै 90 का दशक का हिन्दि मुभी हेरेर, तेस्कै कपि का रुपमा आएका नेपाली मुभी हैन कि केहि फरक बिषयबस्तु र हल्का आधुनिकता भित्राएर फिलिम बनाउन सके, निर्माता निर्देशक, कलाकार र हामी नेपाली फिलिम प्रेमी दर्शकलाई नेपाली  सबैलाई फाईदा पुग्छ |


पछिलो समयमा स्व-श्रीकृष्ण  श्रेष्ठद्वारा बनाईएको तथा उनी र नायिका स्वेता खड्काले अभिनय गरेको चलचित्र  'कोहिनूर'  ले धेरै राम्रो व्यापार गर्यो |  गत साउन २३ गते बाट हलमा   रिलिज गरिएको सो 'कोहिनूर' चलचित्रले गत कृष्णअष्टमी मा देश भरि नै हाउस फूल गर्दै  एकैदिनमा झन्डै ८० लाख वा so भन्दा बढी लगभग १ करोड हाराहारीमा व्यापार गरेको थ्यो | यो संगै गएको साउन ३१ गते शनिबार पनि धेरै दर्शकले यो फिलिम हेरेका थिए |  यो माया साँचीकै फिलिम राम्रो भएर दर्शकले रुचाएर हेरिदिएका हुन वा अभिनेता स्व-श्रीकृष्ण श्रेष्ठलाई  श्रदासुमन  व्यक्त गर्दै, उनको अन्तिम  अभिनय हेरेका हुन  भन्ने एक अन्यौलको बिषय बनेको छ | तैपनि हालसम्मको नेपाली फिल्म हरु मध्येको  "कोहिनूर" सबैभन्दा  धेरै  मतलव १० करोड वा  सो भन्दा भन्दा धेरै  रकम उठाएर झन्डै मृत्युको मुखमा पुगेको नेपाली फिलिम  इन्डस्ट्रीलाई  फेरी  नी  ब्युताएर पाइला चली अघि बढ्न प्रेरित गरेको छ |  म चाहन्छु, अब आउने नेपाली फिलिमले  १०करोड हैन, मिनिमम १५ करोडको व्यापार गरोस र नेपाली फिलिम इन्डस्ट्री   बलीयुडको कम्प्यारिजनमा आउन सकोस | तेस्को लगभग १० बर्षमा हामी  अहिलेको हलियुडलाई पनि नेपाली फिलिमसँग दाँज्न सक्ने हुनेछौ| खाँचो छ त राम्रो गृहकार्य र  सबैलाई समेटेर अघि बढ्न सक्ने कथा, पटकथा , पात्र  र तेसलाई सहि निर्देशन दिने निर्देशक हरुको |


म नेपाली फिलिमको पारखी भएको कारण

                                        "नेपाली फिलिम हेरौं, नेपाली फिलिम इन्डस्ट्री लाई माथि उठाऊ"

                                                                                                                                        भन्ने नाराका साथ, सम्पूर्ण दर्शकलाई हलमा गएर फिलिम हेरिदिनु हुन र पाइरेसी गर्नेलाई सबै मिलेर कारबाही गरौँ | तेस्ता घृणित कार्य गर्नेलाई निरुत्साहित गर्दै कारबाहिको फन्दामा ल्याउन सहयोग गरौ भन्न चाहन्छु |



धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

 

सर-सल्लाह तथा सुझाबका लागि Email :- pearl_nepal@yahoo.com 

No comments:

Post a Comment

"Thank you" For your time.