Wednesday, September 3, 2014

गजल जस्तै 3rd Sept.



मोहनी रुप, जालमा फसाउने गरी
कुन स्वर्गबाट बसाईंसरी, आयौ परी |

पागल बनै मायाजालमा मलाई बेरी,
तिम्रो आँखा डुबी हराउँछु, म घरिघरी |

जानेर गर्नेछैन तिम्रो मुटू दुख्ने काम
अन्जान मै गल्ति भए'आई आम सरी' |

नदेख्दा तिमी कुनैदिन, क्षण म आतिन्छु
फनन् रिंगटा छुट्छ, भूकम्पले  हल्लेसरी |


केहिपल टाढा हुँदा,सम्झना गाढा हुँदा
तस्विर बोलाउँछ, तिम्रै ओठ चुम्बनगरी |

चाह भई नहुन्या, जिबनरेखा सिधा छैन
उतारचढाब् जिन्दगी  फिर्नुपर्ने संसारभरी |


भेटी छुट्नुपर्ने, आँखाबाट मोतीदाना झर्नुपर्ने
अनायास तोडिने धेरै नाताहरु, बाध्यता परी |

थोरै खुशी मिल्ने, पाको क्षणभर् मै गुमाउनुपर्ने
नचाहेको सम्बन्ध अंगाल्दै, बाँच्नुपर्ने जिबनभरी  |


धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

 

सर-सल्लाह तथा सुझाबका लागि Email :- pearl_nepal@yahoo.com 

No comments:

Post a Comment

"Thank you" For your time.