Wednesday, August 20, 2014

मलाई जागिर् दिई जानुस |

कोहि छ?आउनुस सपना किनेर जानुस,
भोलि भाउ बढ्छ, आजै कुरो छिनी जानुस |
टुल्टुलु हेर्ने हैन,मेरो स्वप्ना ओईली झर्या,
हातको साहाराले,थोरै धेरै टिपी जानुस |


दोभाना डुबी पौडिदै, खोज्दै सहायता हात,
भेल औनुअघि, पारी मलाई तारी जानुस |
१८,१९ बर्ष पढ्या सर्टिफिकेट, साथमा नै छ,
काम दिनुस् , नसके त्यो च्यातेर थुकी जानुस |


३५ लाख खर्च, तराइको जग्गा मासेर पढें,
डाक्टर् उपाधि मात्र हैन काम दीई जानुस |
भाईको स्कुल फिं तिर्नैछ मैले, एस् एल् सी आयो,
प्राइभेटमै भए नी बहाली, दिई जानुस |


घर्खेत धितो राखें, पढ्न कुनै कसर् राखिन,
बेरोज्गारी मार, थोरै रुमाल् मा खिपी जानुस |
CA गरें, देशमा राम्रो काम मिल्छ आशाले,
लेखापाल् राख्नु, नभा हाकिम नाम् फ्याँकी जानुस| 


मेरो हाल कस्तो छ? आमा बिमारी अस्पताल्मा,
चिरेको यो मनको घाउ, थोरै सिई जानुस |
धेरै थाकीसकें, कार्यालय हाकिम भन्दैमा,
सानो पद नै सहि एक काम दिई जानुस |


कति मेहनत् गरें, आजको इन्जिनियर् बन्न,
त्यो पिडा  बुझी, दुई आँखा धोई जानुस,
बा ! प्यारालाइसीस् भा, औषधि किन्न नी धौ धौ छ,
जसरि हुन्छ, सर् मलाई जागिर् दिई जानुस | 


 
धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

 

सर-सल्लाह तथा सुझाबका लागि Email :- pearl_nepal@yahoo.com 

No comments:

Post a Comment

"Thank you" For your time.