Wednesday, July 23, 2014

आफ्नै कथा



                                                        


साउनको महिना सम्पूर्ण नारीहरुले हातमा मेहन्दी लगाउने र हरिया चुरापोतो संगै, हरिया साडी, गुन्यु, चोली अनि कुर्था सरवाल लगाएर सोमबारे शिबको ब्रत गर्ने चलन छ | यो चलन, यदाकदा कुनै जाती सम्प्रदायमा नगरिएला वा त्यंहाको समाजिक नियम अलग पनि हुन सक्छन | मैले जानेसम्म नेपालका सबै भू-भागमा बस्ने, नेपाल बाहिर भएका नेपाली महिलाहरु, यी धेरैले साउनलाई हरियाली भरेको महिनाको संज्ञा संगै, हरियो बस्त्र र चुरापोतो संगै हातमा मेहन्दी लगाउने गर्नुहुन्छ |  




           प्रसंग  यिनै भएपनि यो कथाको सुरुवात भने म बाट हुन्छ | म साउन लाग्यो, अब देशमा बस्नुहुने आमा र घरपरिवारको के खबर रहेछ बुझ्नुपर्यो भनेर फोन उठाए र घरको नम्बर +977 - ९८४१ ४४४ ६६६ डायल गरें | पानी परेर, चिप्लो र हिलोमय बर्खाको गामको बाटो, तेस्माथी मेरी निर्मली, घाँसको भारी बोकेर भर्खरै घरमा पाइला टेकेकी रैछिन | मेरा फोनले उनको मोबाइलमा "घरसम्झी आऊ है पियारा" दोहोरि गितको रिन्गटोन बजाउन भ्यायो र उनले फोनमा बोलिन | एकछिन घरको सन्चो बिसन्चो र खेतीपातीका कुरा गरियो |


"मेरो यादमा कतिको डुब्ने गर्छौ पियारी?' भनि उनलाई सुटुक्क सोधें |

"हजुर पो निष्ठुरी होईसिन्छ, हाम्लाई एकफेर नी सम्झिनु हुन्न होला | मेरा त हररात हजुरको यादमा सिरानी निथ्रुकक हुन्छ " भनिन |

"धैत ! लाटी | तिमी सबैको लागि त म सात समुन्द्र पारी, केहि जोहो गरूँ भनेर आको छु | तिमीहरुलाई नसम्झी म के खुशी हुन सक्छु र ?" भने |

"थाहा छ | हजुरले हाम्रै लागि दुख गरिसेको छ | येतिकै नरिसाउनु नी मेरो बाबा |" भनिन |

"तिमीले जे भने नी रिसाउन्न, मेरो त ज्यान भनेकै तिमी हौ | पिर नगर्नु, आफ्नो ख्याल गरे निर्मली | "

                         
                 येती मायाप्रिती र गुनासाको पोको खोलेर, उनीसँगको कुरालाई बिट मारें | आमा ! कता हुनुहुन्छ ? खै आमालाई देऊ त भने र म आमासँग बोल्न हौसिए |

"एकछिन, पख्नुस है ! आमा भान्सातिर हुनुहुन्छ , म लगेर दिन्छु |"पियारीले फोन आमाको हातमा थमाईन |


"आमा ! ढोग गरें |'

'चिरन्जिबी भएस बाबु ! मेरा आशिर्बाद संधै तेरो शिरमा छ |" भन्नु भो |

मन आमाको ति आशिर्बाद थाप्दामा निकै खुशी भयो र आँखामा टिलपिल हर्षका आँसु आउन थाले |
छेउको टेबलमा हात पुछ्ने रुमाल देखे र आमालाई थाहा नहोस भनि सुटुक्क ति मोतीदाना हर्षका आँसु पुछीभ्याए |

"खै त ! केहि बोल्दैनस बाबु | ठिक त छस ?"

आमाका तिनै प्रश्न सुन्नासाथ म झसंग भए |

"ठिक छु आमा | हजुरको आशिर्बाद र मायाको कारण मलाई केहि भएको छैन |"

"के पो गर्दैछस ? हाम्लाई के थाहा र बाबु | त्यो नौ डाँडापारी न तेरा हजुरबा पुगेका थे, नत तेरा बाबु नै कुनै बेला परदेश गए | बिरानो ठाम, सुने भन्दा, भोगाइ नै सत्य भन्छन |"

"तपाईले कुनै पिर लिनु पर्दैन आमा | येंहा लाखौ नेपाली छन | कसैको घर पुर्व त कसैको पश्चिम |धेरैको कार्यथलो बनिसक्यो यी परदेश |"

" हेर बाबु ! अर्काको नोकरी गरेर, दुई पैसा कमाउने आशमा विदेश पसेपछी, घरपरिवार र देशको भलो हुने नै काम गर्नु | कहिले नी सत्रुको अघि सिर नझुकाउनु , मैले भन्ने येती न हो |"

मैले कुराको सिलसिलामा सोधीहाँले |

"आमा ! साउनको महिना छ, तेस्माथी आज सोमबार पनि परेकोछ | निर्मली ब्रत बसेकी छिन क्या हो ? अनि हरिया चुरापोतो र हातमा मेहन्दी भर्ने गर्छन क्यार |  "


मेरा प्रश्न भुइँमा खस्न नपाउँदै  आमाले भन्नु भो |

"ऊ मात्रै हैन, म पनि बसेकी छु, भगवानको नाम जप्दै, निराहार शिवजीको ब्रत | तिमीहरुको नै भविष्य उज्वल होस र जिबनमा सुखशान्ति मिलोस भन्ने कामना गरेर|"

"हजुरले त नबसे पनि हुन्थ्यो नी | उसै त हजुर दमको बिमारी हुनुहुन्छ ? पछी केहि भयो भने |"

"म बुढीलाई केहि हुन्न | तिमीहरुको छोराछोरी, मेरा नातीनातीना यी काँखमा नखेलाई त कंहा म मरौली र ?
बरु ! छिटो पैसा कमाएर आएस, घरको छानो चुइने भाछ | हिजो त हामी दुइटी घरमै त्रिपाल ओढेर बस्यौ"

आमाले फेरी थप्नु भो |

"हेर ! गाउँलेका बुहारीले हातमा सुनका बाला, हरिया चुरापोतो अनि हरिया साडी संगै हातमा मेहन्दी लगाएर हिंडेका छन | तेरी भने, भएको चुरापोते नी फुट्छ रे भनेर, नलगाई घाँसदाउरा गर्न जान्छे | यो झैँ असल श्रीमती तैंले अरु सात जुनी नी पाउँदैनस |"


       आमाका बच्चन बाण मेरा मुटूमा छेड्न थाले | निर्मलीको त्यो हालत मेरै कमजोरी हो | उनलाई एकसरो राम्रो लुगा र हातमा छनछन  बज्ने दुई डेढ दर्जन चुरा नी किन्न सकेको छैन | तेसमाथि हाम्रो बिहे भएको ५,६ बर्ष संगै बस्दापनि बच्चा नभएकोले मेरी निर्मलीलाई गाउँका अन्यले हेर्ने दृष्टिकोण नै फरक छ | बच्चा जन्माउनको लागि, के गर्नुपर्छ भन्दै, कति धामीझाँक्रीको मा गयौ, अनि धेरै डाक्टरलाई नी भेट गरौ| कसैले नी येही समस्याले तपाइको बच्चा भएन भन्न नसकेकाले हामी अन्यौलमा अझै नी छौ |

अन्तमा कोरियन हस्पिटल तिनकुनेमा गएर डा. बबी शर्मा लाई भेटेसी भने मनमा आस पलायो | उँहाले राम्ररी सम्झाउँदै भन्नु भएको छ, "तपाईले पहिले धेरै अल्कोहल पिउने गर्नुहुँदो रहेछ, जसको कारण तपाइको शुक्रकिटमा भ्रूण बाच्न नसक्ने अबस्था भइसकेछ | अब तपाइले अल्कोहल छोड्नुस, र दिनरात हल्का सरिरिक बयाम गर्नुस | एकदुई सालमा तपाइको विर्यमा शुक्रकिट जीवित नै हुनेछन र तपाई दुवै बच्चाको आमाबाबु बन्न सक्नुहुनेछ |"


     म उँहाको कुरामा निकै आशाबादी छु | मध्यमबर्गीय परिवार अनि  खेतीपाती छन तर जे रोप्यो रोपेको जति नी फल्दैनन | भएका जमिन सबै भिरालो छन, बर्खामा पानी परेन भने धान रोपाईं हुँदैन र नयी खानु चामल पनि नहुने समस्या हुन्छ |


"छोरा ! विदेश बसेर, दिनरात मेहनत गर्नु | भर्खर बिहे भएको पांच, सात बर्ष नहुँदै विदेश हिंडेको तिमीहरुलाई मन सम्हाल्न गार्हो होला  र पनि यी आमाको बचन याद राखेर, दाँयाबाँया नगरी दिनको १२, १४ घण्टा काम गरेर छिटै मुलुक आए | अरुको देशमा दास भएर बस्नु ठिक छैन है | हर्के | "


     मनमा चेत आयो | म फेरी ठुलो सपना बाट ब्युझिएं झैँ भए | जब आमाका एक एक शब्द मेरा कानको जाली छेड्दै मनसम्म पुगे |


   

  कुरा के भन्देखुन | म येसअघि नी दुई साल विदेश बसेको थिए | जब म म्याट्रीक (SLC) पास गरेर, गाउँ छोडी काठमाण्डौ आए | साथीहरु सबैले UK, USA, Australia, स्यईप्रस, जर्मन, नेदरल्याण्ड, पोल्याण्ड, जापान जाने भनेर भटाभट apply गर्नको लागि कन्सलटेंसी धाउन थाले| म पनि उनीहरुकै लहैलहैमा म नी अब, UK तिर नै जानुपर्यो भन्ने सोचले grandma consultancy बागबजारबाट apply गरें | विदेशमा जाने भएपछी, अंग्रेजी तेती न-आउने तेस्माथी, IELTS, GRE, GMAT मा 6 भन्दा माथि अंक ल्याएर पास नगरी, त्यो देश जानु त परै छोड्दिनु | उक्त देशका कुनै दुई पैसे कलेजले नी अफर लेटर नदिने कुरा थाहा भयो |


         दिनरात मेहनत, गरेर, अंग्रेजीको छुट्टै language tuition र यतातिर IELTS गर्न भनेर, बडो मेहनत साथ हामी  लगिपरयों | अनि काठमांडू बाट नै गाउँका तार फोनमा कुरा गरेर, घरमा बा-आमालाई पनि खबर गरें|


"बिदेशमा पढ्नुको साथै काम गर्नु नी पाइन्छ रे ! कमाई पनि राम्रो हुन्छ भनेका छन | हाम्रो देशको हालत येस्तै हो, संबिधान बन्छ भन्दाभन्दै ५, बर्ष बित्यो फेरी अर्को चुनाब सकेर नी केहि गर्न सक्या छैनन | महंगी उसतै छ, काठमाण्डौमा पनि काम पाउन कठिन रहेछ |"

              \



             येस्तै कुराहरु बताए| तेस्को एक महिनामा 6.5 लायेर IELTS उतिर्ण भए र लगत्तै LONDON college of Health & science बाट, बिद्यार्थी भिषाको अफर लेटर पाएँ | गामको घरजग्गा सबै बन्दकी राखेर, नगद १० लाख निकाली, कन्सल्टेन्सीमा ८ लाख बुझाए, बाँकि ५०, ६० हजार सपिंग गर्दै साथमा तेही १ लाख १५,२० हजार नेपाली पैसा बोकेर, म UK उडे ||

                आएको एक, दुई महिना काम खोज्दै र कलेजको भाषा कक्षा लिंदै बित्यो | नेपालबाट कलेजमा जति शुल्क तिर्नुपर्छ भनेका थिए| त्यो दुई महिनापछी बिभिन्न शुल्क भन्दै झन्डै दोब्बर, मतलब बर्षको १० हजार UK पाउण्ड बुझाउनु पर्ने भन्यो | जबकी यी दुई महिनामा, मैले नेपालबाट ल्याएको सबै पैसा फुर्मासी र बस्ने कोठाको सामान र खानेमा खर्च गरिसकेको थिए| घरबाट मगाउ भने सबै बन्दकी राखेर आको, न बा-आमाको अरु कुनै आम्दानीको बाटो नै थियो | मन हरेस खाएर के गर्ने भनेर सोच्दै थिए |

      
           "हर्के ! ए हर्के | किन टोलाएर बसेको छस| रबिले मलाई तेसरी हकार्दा झसंग भए र भने कलेजकै कुराको टेन्शन नी यार | अब के गर्ने होला ?

   
   उसले भन्यो :- अब हामी इलेगल भएर बस्ने, कलेजबाट भाग्ने बुझिस | मेरो नी तेत्रो पैसा तिर्न सक्ने केहि छैन | मैले चिनेको छिमेकी दाई पाँच बर्षहुन लाग्यो | अझै यता लुकेर नै काम गर्दै मनग्य पैसा कमाएका छन |  हामी नी तेसै गर्नुपर्छ | हामी पढ्ने भनेकै पैसा, इज्जत र नाम कमाउन त हो नी | हातमा पैसा भएसी,यो कलियुगमा  सबै मिल्छ साथी | 

   उसका कुरामा असहमत भए पनि मलाई पैसा चाहिएको र घरमा त्यो ऋण तिर्नुपर्ने सम्झेर यो नै मेरो अन्तिम उपाय भनेर, उसैको लहैलहैमा इलेगल बसेर काम गर्न थाले | एस्तो काममा धेरै राम्रो कमाई हुने रहेछ | मैले घरको दश लाख ऋण, चार महिनाभित्र ब्याजसहित चुक्ता गरें |


        मैले यो कुरा रबीलाई सुनाएँ र उसले भन्यो | एस्तो खुशीको दिन, घर बसेर हुन्छ| हिंड आज बार गएर रक्सि पिउनुपर्छ | जिन्दगीमा सिरियस भएर मात्र केहि हुन्न | रमाउनु पनि सिक्नुपर्छ साथी | I mean relax. उसैको संगतमा गएर रक्सि पिएँ र केहि दिनमै मलाई आदत बन्यो | त्यो बार धाउँदा, तेही काम गर्ने एक डान्स गर्ल मन पर्यो | उनी INDIAN रहिछन, दिनकै उसँग घुम्ने, रेष्टुरा गएर खाने र कहिले दिनभर चार्ल्टन पार्क मै मस्ती गरेर बितायो | कहिले London bridge गयो,  तेता नै आधा रात भएसी फर्कने गर्न थाले |

           येसरी म दिनहुँ | सराप र रण्डीमा लिप्त हुनथाले | मलाई लागेको थियो, त्यो उसले देखाएकी साँचो माया हो | कुरो तेस्तो रहेन, उसले मलाई लगभग १ बर्ष आठ महिना चुस्नुसम्म चुसेर केहि दिनमै इन्डियन केटासँग बिहे गरि | मलाई यो पिडा असह्य भयो, दिनमा काम गर्न नी जान छोडे र संधै रक्सीका बोतलमा नै डुबेर बस्न थाले | येसरी, दुई महिना जति बसेपछि, एकदिन रबि मेरो घरमा आएर मेरो दुर्दशा देख्ने बितिक्कै घरमा बा-आमालाई फोन गरिदिएछ | त्यो कुरा, उसले मलाई भन्यो र मलाई नेपालबाट दिनरात फोन गरेर घर आइजो भन्न थाल्नु भयो | तेसैले म त्यंहाबाट ठिक दुई सालमा नेपाल फिर्ता भए|






    
      म नेपाल आएको केहि महिना मै बा-आमाले मेरो मागी बिबाह सम्पन्न गरिदिनु भयो |


  
   
         समय सापेक्ष म अर्को प्रसंग जोड्न चाहन्छु | ध्रुबे दाइ उर्फ @iDhurba त्यसबेलाका एक नाम चलेका ट्वीटे हुनुहुन्थ्यो | उँहा मेरो ममीको फुपूको, जेठानीको भाईको छोरा पर्नुहुन्छ | मेरो आफ्नै नाता पर्ने र बेलामा डिभी भर्नाले, डिभी परि दुई छोराछोरी र श्रीमती छोडी ति दाइ ४५ कटेको अधबैंशे उमेरमा अम्रिका पुग्नुभयो |


       ट्वीट गर्दागर्दै उँहाको एक ट्वीटे मित्र सँग धेरै कसिलो सम्बन्ध गाँसिन पुगेछ | ति ट्वीटे नानी, २२, २३ कि र ktm तिर नै बस्ने फुलमाया भन्ने रहिछन | ध्रुबेदाइ ले निकै मन पराएकाले ति नानीले मलाई नी अम्रिका बोलाउनु भन्दा नकार्न नसकेर, अनेकौ जुक्ति लगाई, आफ्ना कमाईका उसका निम्ति US आउने जमर्को गरिदिनु भएछ | उंहाले येसअघी नै फुलमायालाई नेपालमै आईफोन र म्याक बुक पनि पार्सल गरिदिनु भएको रहेछ | कुरो बुझ्दा दुइजनाको नै निकै गाढा प्रेम बसे झैँ भाको रहेछ |


                  US पुगेको केहि दिनमै फुलमायालाई उनले काम नी फेला परिदियेछन | बस्न त ति दाइका आफ्नै फ्ल्याट उपलब्ध गराएकै थिए | फुलमाया एक ब्यांकमा डकुमेन्टिंग गर्ने काम गर्न थालेको अढाई महिनामै ति ध्रुबेदाइको मा आउन छोडिन र कुरो सुन्नमा आयो | फुलमाया त तेताकै सिटिजन भएको अर्कै केटासँग पो बिहे गरेर गईन रे | यी कुरा त भए, बिहे भएका अधैबैसे उमेरको |


              अर्को प्रसंग एस्तो छ | नरेन्द्र राउले अष्ट्रेलियामा बसेर पढ्दै गरेका student हुन | उनी सामाजिक संजाल फेसबुक र ट्विटर चलाउन एकदम सिपालू छन | उनी आफुलाई सामाजिक संजाल चलाउन अभ्यस्त ठान्छन र पढाईमा भन्दा बढी यता नै ध्यान दिने गरेका थिए | उनी हेर्दामा खाईलाग्दा र मिठा मिठा गफ गर्न सिपालु थिए | उनले मिनेट मिनेटमा फेसबुक र ट्वीटरमा के भैरहेको छ भन्ने जानकारी राख्दथे | तेसैले उनका फेसबुकमा status हरुको लाइन हुन्थ्यो, जब उनले दिनको समाचार तथा गन्थनमा निक्लेका बिषयलाई उजागर गर्दै status update गर्थे |

      
     उनीले फेसबुकबाट साथी बनेर नै कहिले कमेन्ट, कहिले like र मेसेज inbox गरेर नै एकजना रमिता नाम किशोरीलाई मायाजालमा फसाएका थिए | उनले लगातार दुई महिनाको रमितासंगको इन्टरनेट भेटघाट र फेसबुक, viber, what'sapp कल मार्फत उनलाई निकै माया गर्छु भन्दै यो जालमा पारेका हुन | रमिता घरपरिवार बाट टाढा  बिराटनगरमा होस्टेल बसेर पढ्दै थिइन र उनलाई मायाको खाँचो थियो |  



                       तपाईलाई लाग्ला कि यो वाक्यमा प्रयोग भएको शब्द अलिक अ-सुहाउँदो र माया गर्नेका लागि, नकारात्मक असर पर्ने खालको छ | के एक किशोर र किशोरीको इन्टरनेट बाट माया बस्न सक्दैन ? के मायाप्रेम बस्नको लागि भेटघाट हुनै पर्छ, चिनेको मान्छे हुनुपर्छ भन्ने छ र ? तपाइले सोचेको गलत होइन, त्यो अबश्य नी सहि सोच्नु भयो म सहमत छु | तर मेरो भनाइको तात्पर्य यो हो कि ! नरेन्द्र तिन छोरीको बाबु र श्रीमती भएका एक लोग्नेमानिस हुन | उनको बिहे सानोमा नै भयो, उनले आफ्नी श्रीमतीबाट छोराको जन्म होस भन्ने चाहना राख्दा पनि, लगातार तिन छोरी जन्मिएकाले अलिक मन खिन्न बनाएर विदेश पढ्ने र आयआर्जन नी गर्ने धेय ले अष्ट्रेलिया पलायन  भएका थिए | यँहा यिनले रमितालाई निकै ठुलो भ्रममा पारेर माछीजालमा पारेका छन तसर्थ यो मायाप्रेम नभई मायाजाल हो | 


              नरेन्द्रले लगातारको च्याट, तथा मेसेज आदानप्रदानले रमितालाई आफुले साँचै माया गर्ने अनि छिट्टै नेपाल आएर बिहे गर्ने कुराकानी समेत गर्न थाल्यो | ति कुराले रमिताको मनमा पूर्ण मायाको अनुभूति गरिरहेको थियो | रमिता नरेन्द्रलाई चोखो माया गर्ने गर्दथी, यो नै रमिताको 1st लभ थियो | भर्खरै यौवन अबस्थामा पुगेकी उनलाई नरेन्द्रले निकै कुशल कलाकारिता साथ त्यो जालमा पारेको थियो |

   
           येसरी कुराकानी हुँदै जाँदा, नरेन्द्र दुई सालपछी नेपाल फर्कने भयो | यो कुरा उसले रमितालाई भन्यो, रमिता ऊ कहिले आउला भन्दै दिन गनेर बस्न थालिन | नरेन्द्र केहि दिनमै नेपाल आयो, नेपाल आउने पुर्वनै उसले रमितालाई तिमी मलाई भेट्न काठमाडौँ  आउनु है भनेको थियो |

 
        नरेन्द्र काठमाण्डौ आएर, बस्नको लागि भनि नक्सालमा एक होटलमा कोठा बुकिंग गरिसकेर, रमितालाई नी काठमाण्डौ बोलायो |  रमिता नरेन्द्रलाई भेट्न आतुर थिइन् र तुरुन्तै काठमाण्डौ आइन | उनीहरु दुईतिन दिन काठमाण्डौ घुम्ने गरेर बसे | येसरी बस्दा किशोर किशोरीको मन न हो, असुरक्षित यौनसम्पर्क हुन जाने रयसले आफुलाई खतरा पर्नसक्ने कुरा पढेकी र जानेकी  रमिताले नरेन्द्रलाई अब म बिराटनगर जान्छु भनिन |

  
  
       नरेन्द्रले येसरी जाने कुरा नगर भन्नथाल्यो | रमिताले आफुलाई मनमा लागेको कुरा निर्धक्क भनिन, र म एस्तो असुरक्षित यौनसम्पर्क राख्दिन | कि मलाई मेरा बुवा-ममीसँग माग्न आएर बिहे गर्नुस, नभए म बस्दिन? भनी नरेन्द्रलाई सम्झाईन | नरेन्द्रले उनलाई सम्झाउँदै भन्यो | तिमी पिर नगर ! तिम्रो परिवार कस्तो हुनुहुन्छ ? मलाई केहि थाहा छैन अनि मेरो परिवारले नी प्रेमबिबाह स्वीकार्नुहुन् | मेरो बिचारमा हामीले मन्दिरमा नै टिकाटालो गरेर बिहे गर्नुपर्छ | हाम्रो बिहे भएपछी त जसरि नी उन्हाहरुलाई स्वीकार्न पर्ने हुन्छ | भनेर सम्झाउँदै थियो |



 "तेसरी मन्दिरमा बिहे गर्दैमा त्यो बिहे कानुनी मान्यता हुँदैन | भो म येस्तो बिहे गर्दिन " रमिता झर्कीदै बसी |


     के भयो र? म नी २५ बर्षे किशोर अनि तिमी २२, २३ कि किशोरी, हामीले बिहे गर्दा केहि फरक पर्दैन | तिमी  मलाई बिश्वास र माया गर्छौ नी | म भोलि नै तिमीलाई वकिल कंहा लगेर, पहिले कोर्ट म्यारिज गर्छु अनी मन्दिरमा बिहे गरौंला भन्यो | यो कुरा सुनेर भने रमिता मान्न तयार भईन | भोलिपल्ट उनीहरु केहि साथीको उपस्थितिमा कानुनी बिबाह सके र मन्दिरमा लगेर सिन्दुर हाल्दै, नरेन्द्रले सामाजिक रुपमा समेत रमितालाई बिहे गर्यो |




       येसरी बस्दा, रहंदा लगभग डेढ महिना संगै बसेर बित्यो | ति बिचमा उनीहरु बीच भएको यौनसम्पर्कले गर्दा, रमिता अब गर्भवती हुन पुगिन | उनले येस्तो चाल पाएर, नरेन्द्रलाई भन्न थालिन |" हिंडनुस न हामी तपाईको गाउँ जाऊ | म यंहा यो सहरको कोलाहलमा बस्दा बस्दा वाक्क भइसके | उनले येसरी नै दिनरात उही कुरा गरेको देखेर, नरेन्द्र बाध्य भएर उसको घर लाहान लिएर गयो |



             रमिता वाक्क, छक्क परिन | आकाश पुरै खसेर उनलाई थिचे जस्तो भयो, रिंगटा चल्न थाल्यो, एक्कासी उनको मुटुको धड्कन तेज भयो जब उनले थाहा पाईन कि नरेन्द्र एक किशोर नभएर तिन छोरीको र श्रीमतीको पुरुष थिए | उनले रमितालाई ढाँटेर मायाजालमा फसाएका पो रैछन | 

   
   
              गाउँमा बिहे दर्ता गर्ने खासै चलन नभएकाले नरेन्द्र कानुनी रुपमा अझै नी एक अबिबाहित किशोर थिए | उनको बिहे सानोमा भएको र तेती जन्मदर्ता बिबाह दर्ता जस्ता कार्य नगरी पनि धेरै मानिस रहने गरेकाले  यो बेलामा नरेन्द्रलाई कुनै कानुनी कारबाही हुन नसक्ने अवस्था थियो |

  
 
         आफु गर्भवती भएका कारण, रमिता नरेन्द्रलाई पारपाचुके - सम्बन्धबिच्छेद गर्ने वा नगर्ने भन्ने बिषयमा अन्यौल भइ बसेकी छन |




               संसारमा जुनै चिजको नी सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ , कुनैले राम्रो परिणाम र कुनैले नराम्रो परिणाम दिने हुन्छ | हामीले कतिको ब्यबह्रारिक रुपमा एस्लाई प्रयोग गर्दछौ भन्ने नै मुख्य कारण हुन आउँछ |





              भर्खरै बजारमा एक समाचार ले तहल्का पिटीरहेको छ | गएको ३ महिनामा फेसबुकले ३ मिलियन डलर आम्दानी गरेको छ | यो कसरी हुन गयो , तेस्तिर ध्यान दिनु हाम्रो कार्य हैन | हामी सबैलाई यो कुरा भने थाहा हुन जरुरि छ कि हामीले नै फेसबुक status, update गरेको, फोटोमा लाइक र कमेन्ट गर्दै आफ्नो समय फेसबुकलाई दिएमार्फत नै यसले येत्रो आम्दानी गर्न सफल भएको हो |



           तपाई हामी free wifi भन्छौ, खाजा खाने समयमा पनि केहि समय फेसबुक, ट्वीटर, what'sapp, viber, iTunes, Skype, snap chat, mig3,games online नै खेलेर बसेका हुन्छौ | तर हामीलाई थाहा हुँदैन कि हामीले हाम्रो कति महत्वपूर्ण समय येस्मा बिनाकारण खर्चिरहेका छौ |



         
         हामी NCELL ले free ट्वीटर चल्न दिएको छ भनेर नेपालमा रातभर नसुती नसुती ट्वीट गर्छौ | बाथरुम जाँदा नी कतिले हातमा मोबाइल लगेर ट्वीट status, comment र like गरिरहेको नी छन | के free भन्दैमा तपाइको तेस्मा एक पनि लगानी नजाने हो भनेर सोच्नुहुन्छ ? हो ! येदी हो नै भने तपाई गलत हुनुहुन्छ |
 येदी तपाई हामीले येसरी नै NCELL को free twitter भन्दै दिनरात ट्वीट गर्दै बस्ने हो भने, free wifi त हो नी भन्दै ट्वीट गर्ने हो भने यो आउँदो तिन महिनामा ट्वीटरले ४ मिलियन डलर आम्दानी नगर्ला त ?

 
   सोच्नुस,त एक फेर | हामीले यी सामाजिक संजालमा कति धेरै समय बर्बाद गरेका छौ |





 
            हरेक मानिसको एक सेकेन्ड, उसको जिबनमा उथुलपुथुल ल्याउन सफल हुन्छ |




      कुनै दुर्घटनाबाट बचेको मानिसलाई सोध्नुस एक सेकेन्ड को कति महत्व छ ?

 
     तेस्तै  एक सेकेन्ड  ट्वीट गर्न लाएकोले, किचेनमा दूध उम्लेर खरानी भएको अनुभब त हामी धेरैलाई होला ?




तपाई ! एकाबिहानै कलेज जानु भनेर बाटोमा हिंडदै गर्दा, ट्वीटर र फेसबुकमा पोष्ट गर्नु लाग्दा, ढिला भएकोले कति चोटी बस छुटेर 1st पिरेड छुटेको तपाई धेरैलाई अनुभब होला |

अफिस हुने साथीहरु, राती अबेरसम्म ट्वीटर मा नै ट्वीट र फेसबुक पोष्ट गर्नाले भोलिपल्ट ढिलो उठेकाले अफिसमा boss को गाली खाएको धेरै जसो साथीलाई अनुभब पनि होला |

   कतिजनाले फेसबुक status update र ट्वीट गर्दैगर्दा  भान्सामा तरकारी डढेको अनुभब त गर्नु भएकै छ होला  |





           मलाई मेरा आमाका ति शब्द," बाबु, बेर्थमा समय खेर नफाले, जे आफ्नो उद्देश्य छ, त्यो हँसिल गर्न तत्पर र लागिपर्नु |" भनाइ मनमा गडे | जसरी फेसबुकले ३ महिनामा ३ मिलियन डलर आम्दानी गर्यो, साएद ! मैले नी त्यो सबै समय अरु कुनै कामलाई दिएको भए, केहि नभए नी ३०० डलर त आम्दानी हुन्थ्यो होला  ! ति तिन सय डलर नेपालको ३००० भएको भा, मेरी निर्मली आज हरियो साडी र हातमा छिनछिन हरिया चुरा बजाउँदै मेलापात र घाँसदाउरा भ्याएर मन्दिर जाँदै हुन्थीन होलि |





  आजबाट नै म त  आफ्नो महत्वपूर्ण समय प्रथमत काम, पढाई अनि सरिरिक सुगठन र  अन्य जिबनमा महत्वराख्ने कार्यमा खर्चंन्छु र सामाजिक संजाल सिमित मात्रामा चलाउने प्रण गर्छु |



 
                अनि तपाई नी?????????????????????\\\????????????????????????








           
धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

सर-सल्लाह तथा सुझाबका लागि email :- pearl_nepal@yahoo.com  

No comments:

Post a Comment

"Thank you" For your time.