Monday, August 4, 2014

मुक्तक

मुक्तक :-

म भित्रको माया चिन्ने छ भने तिम्लाई रहर,
तिमी साथै हिंड्नुपर्छ, मेरो हरदिन हरप्रहर |
तिमीलाई तारा टिपीदिन्छु, रानी बनाई राख्छु भनी
अधुरा सपना देखाउने म हैन, काठमाण्डौ सहर |






.............................




मखमली फुलेर ढकमक्क भयो रे गाऊं घर,
धन कमाऊन, घर छोडी हिंडीयो बिरानो सहर ।
भाईटीका आउन लाग्यो, दिदि बाटो हेर्दै होलिन मेरो,
परदेशी घर फर्केन, योपाली नराम्रो लाग्दैछ होला तिहार !




धन्यबाद !

No comments:

Post a Comment

"Thank you" For your time.