Friday, July 11, 2014

दोश्रो भाग " बाकसले ढाकिएको रहस्य "

० ० ०


      साउन भदौको महिना रोडहरु पानी परेर, चिप्लो र हिलोमय भएका थिए | बाटोमा अर्जुन कामको सिलशिला बाइकमा हिंड्दै थिए | नेपालको कति सडकमा त सडक पेटी तेती राम्रो बनाइएको छैन जसकारण पानी पर्दा सडक पेटी बाट हिंड्न नसकिने नै हिलोमैलो हुन्छ | झन तेस्माथी चाबहिल त्यो ओरालो दिउस त हिंडदा नै लड़ियेला जस्तो हुन्छ झन पानी परेसी, पनि संगै बगेर आएको छेउछाउका पसल, घर र गल्लीका पानीले दुरघंधित साथै बाटो हिंडन नसकिने अबस्था हुन्छ | सरकारले सडकपेटी पनि निकै साँघुरो बनाएको छ, तेंहा मानिस हिँड्ने फुटपाथमा नै दोकान लगाएर, पानी पुरी, चटपटे, फलफूल, लुगाकपडा बेच्नेको अनि ति किन्ने धेरै मानिसको घुइचो नै हुन्छ | चाबहिल चोक देखि, ओम हस्पिटल र गोपीकृष्ण हल सम्म संधै नै उतिकै जमात मानिस र यी दृश्य देखिन्थ्यो र आजभोली पनि यो देखिन्छ | यो सडकलाई नेपाल अति व्यस्त सडक भन्दा हुन्छ, नयाँबसपार्क बाट आउने तथा बाहिर हुइकिने सबैखाले ठुला बस माइक्रो, अनी टाटासुमो, अनि चक्रपथमा चल्ने, नेपाल यातायात लगायतका ठुला भाडाका सवारी र कैयौ ठाम जाने माइक्रो, सफा त्याम्पू र मोटर बाईकमा चल्ने युवा तथा सरकारी र प्राइभेट क्षेत्रमा काम गर्ने मजदुर वा भनौ राष्ट्र सेवक कर्मचारीहरु .. चाबहिल यी सबै मिल्ने एकमात्र थलो हो |

ओह चू.चू.चू......आ.... घच्याक्क .... हुइ ~~~ ओ;;

पी पी ~~~ ई ~~ई

ढ्याङ्ग ढुस ...

माथि सुनिएको यी आवाज कतै बिबाहमा बजेको बाजाको आवाज हैन | नत काठमाडौँ, भक्तपुर र ललितपुर यी क्षेत्रमा मनाइने जात्रामा बज्ने बाजा ' टान्ग , टूंग ढिस ' को आवाज हैन यो निकै दर्दनाक एक घटना हो | 

'हो माईगड गुरु , दुइमा एक त खत्तम भयो गुरु '

'यो पानी परेको चिप्लो बाटो , माथिबाट नै ब्रेक हान्दा नी ठ्याक्क भेट्यो |'

'गुरु, अब गाडी साइड लगाउनु|| हामी पुलिस का जानु पर्छ नत्र तोडफोड हुन्छ येंहा |'

'लौ साहिंला, सबै यात्रुलाई झर्नु भन्दे, म (बस )साईड लगाउन्छु ''

नेपाल यातायातको बा ४ ख १९५५  बस चालक र सह-चालक बीच भएको कुराकानी एस्तो थियो |

'लौन ! के भयो नी ?'

'के गरि गाडी चलाएको होला? 'यात्रुहरु .एक आपसमा आतिएको स्वरमा येसरी नै बोल्दै थिए |

यो दर्दनाक घटना, दिउसको ४:३० बजे भएको थियो | अर्जुन कन्स्ट्रकशन मा काम गर्दथे | उनले भर्खरै महाराजगंजमा एक घर बनाउने ठेक्का लियका थिए| तेसै कामको शिलशिलामा उनी तेतै तिर हनिंदैथिए | दैब संयोग उनको कामप्रतिको ध्यनाकर्सणले गर्दा, उनी बाइक को पछी बसेका तर टाउकोमा हेलमेट लगाउन भुलेका थिए | आज हेलमेट लगाउन भुल्नु नै उनको लागि जिबन गुमाउनु हुन गयो | संधै रेडियो टिभीले फुक्ने गर्छन ;- सडकमा सवारी साधनमा यात्रा गर्दा हेलमेट, बेल्ट संधै प्रयोग गरौ| बिनाकालमा ज्यान जान बाट जोगिउ | प्राय बाइकमा हिँड्ने चालकले हेलमेट प्रयोग गर्छन र पछाडी बस्नेले कमैमात्र हेलमेट लगाउने गर्छन | जिबनमा अकालमा ज्यान नजाओस भन्ने हो भने, चालक पछी बस्नेले नी हेलमेट लगाउन जरुरि हुन्छ |

   उनको टाउको प्वाट्ट फुट्नुको साथै गिदी येत्रतत्र छरिएको थियो | तेती मात्र नभएर उनको दुई खुट्टा र एक हात पनि गाडीको पछिल्लो चक्काले किचेर ठनक्कै भांचीदिएको थियो |  ठ्याक्क ओम हस्पिटल उकालो मा भएको दुखद दुर्घटना , जँहा एक व्यक्ति मात्र मरेनन, उनीसंगै एक असल अभिबाबक, छोराछोरीको प्यारो बाबु गुमाए भने एक श्रीमती को सिन्दुर पनि पुछियो |

हस्यंग फस्यंग गर्दै, अर्पण अनि उसकी आमा बिर हस्पताल आइपुगे |
'हजुर, येंहा अर्जुन दाइ सिकिस्त हुनुहुन्छ, तपाई र छोरा छिट्टै आउनुस ' अचानक फोन कल आयो |
त्यो सुन्नासाथ आमा छोरा आतिएर अस्पताल परिसरमा पुगेका थिए | कसैले जानकारी दियो कि सडक दुर्घटनामा परेर, पुरै सरिर क्षतविक्षत भएको छ अनि टाउको पुरै फुटेको छ | डाक्टरहरु उपचार गर्दै हुनुहुन्छ |

'बिरामी बाच्न सक्ने अबस्थामा हामी ठाम आएका थियनन, हामीले लाखौ ! कोसिस गर्दा पनि केहि गर्न सकेनौ | भोली सिटि स्क्यान र भिडियो x-ray को रिपोर्ट आम्छ | "केहि छिनमै डाक्टर आएर भने |

'के हामीले भित्र गएर हेर्न सक्छौ ?' अर्पण बोल्यो |

अर्पण  निकै हड्बडाएको थियो | तेती बोल्दा नै उसको पुरा मुहार, आँसु र पसिनाले निथ्रुक्कै भिजेको थियो | तेस्तै कान्छीको पनि हालत निकै खराब थियो | जब डाक्टरले हामीले बचाउन सकेनौ भनेका थिए| उनी डाँको छाडेर रुन सुरु गरिसकेकी थिइन | तेस्तैमा अस्पतालमा रहेकी एक नर्स र गाउँकै चिनेकी एक आइमाई आएर, कान्छीलाई अर्पण संगै सम्झाएर घर लगे |

            भोलिपल्ट अस्पतालमा के रिपोर्ट हेर्ने, अनी सिटिस्क्यान, इखो के के गर्ने गर्दैमा दिन बिताए डाक्टरले | अर्पणलाई अझ नी आफ्ना बाबु जिम्दै रहेको हेर्ने आशा थियो तर कान्छी, उनलाई ति घटनाक्रमको जानकरी र डाक्टरको गराई(Activities) बाट पत्ता भयो कि अर्जुन अब यो संसारमा रहेनन | उनी बाँच्न पनि त सक्दैनथे | तेती ठुलो, दुर्घटना अनि उनी पछी बसेकाले, टाउकोमा हेलमेट नलगाएको हुनाले, जम्मै दिमाख नै फुटेर, गिदी बाटोमा छरपष्ट भएको थियो |

      'भोलि ठिक १० बजे यंहा आउनु र आफ्नो मान्छे लियर जानुस|' information डेस्कमा बसेका एक महासयले अर्पण र उसकी आमा कान्छीलाई जवाफ दिए | साथमा रहेका, अरु गाम, ठामका मानिस र केहि अधबैसे केटाहरुले, एकैसाथ भन्दै थिए |'भोलि दाउरा, अनि सेतो कपडा सबै उतै बाट ठिक पारेर यता आउनु पर्छ |' अर्पणलाई यी कुराले निकै तनाब दियो |

'अर्पण, अब तिमी दुईभाई मात्र भोलि हस्पिटल आउनु, ममीलाई दुख दिनु पर्दैन ?' | छेउमा बटारे काका बोल्दैथिए

'किन र काका ? ममी एक्लैलाई घर छोड्ने | अनी भाईको त परीक्षाचलिराको छ, उसलाई किन लेराउनु पर्यो ?'

'तेरा भाईको ब्रतबन्ध भयो ? उसको र तेरो मात्र काम छ भोलि, तेरा आमाको केहि काम पर्दैन |'

'उसका ब्रतबन्ध त भएको छैन |रमण  भर्खर ९ बर्ष त भयो |'

उनीहरु अब घर पुगे र |

ब कथाले कस्तो मोड लिन्छ |  त्यो केहि समय कुरेर नै पढ्नु होला |

क्रमश :-

No comments:

Post a Comment

"Thank you" For your time.