Saturday, June 21, 2014

पागल प्रेमी



उनको र मेरो प्रेम कथा, मुनामदन, रोमियो जुलेट र लैला मजनुन भन्दा निकै उत्कृष्ट छ|
उनले मेरो जिबनमा पाइला टेके देखि नै म आफु बदलिएको थिए |
भेट त कुनै बहानामा भयो, तेस्पछी मनको चाहना बढ्दै गयो |
उनिसँग दिनहुँ, देउराली, भन्ज्यांग, पानीपँधेरो, पार्क, खोला किनार र कलेजका क्यान्टिनमा भेटिन्थ्यो|
भेटमा माया प्रेमको कुरा गर्दै, अंगालोमा बाँधिएर कहिले नछुट्ने बाचा बन्धन गरेका थियौ |
हामी दुई साथ हिंड्दा जसले पनि देख्यो, वाह ! कति राम्रो, मिलेको जोडी भनी मुख खुलेरै प्रशंसा गर्थे |


पागल ! पागल ! पागल ! कस्तो संजोग, म प्रेमी पागल,
बादल ! बादल ! बादल ! आफ्नै सुरमा चल्ने म बादल |

प्रिय, घामले पोल्ने, जुनले सीतल छर्ने किन?
तिम्रो माया सुनको, मेरो चै पित्तल सम्झ्यौ किन?
तिमी भागेर टाढा गयौ, सात समुन्द्र तरी, किन?
म आज एक्लो छु,जिबन भुमरीमा फसायौ किन?


पागल ! पागल ! पागल ! कस्तो संजोग, म प्रेमी पागल,
बादल ! बादल ! बादल ! आफ्नै सुरमा चल्ने म बादल |


नभेट्नु थियो, भेटियौ, जिबनको मोडमा,
बाँच्ने छुट्टै थियो शैली, बदल्यौ अर्कै रोड मा|
जुन झैँ सितल बनी, आउँथ्यौ हर साँझ मा
जिबनमा खुशी छरीदिन्थ्यौ, पागल प्रेमी बने, म |



पागल ! पागल ! पागल ! कस्तो संजोग, म प्रेमी पागल,
बादल ! बादल ! बादल ! आफ्नै सुरमा चल्ने म बादल |


कति खुशी, कति सुखी ठान्थे, भग्यमानी म तिमी पाउँदा,
मलाई आनन्द महसुस हुन्थ्यो, के यो सब्लाई हुन्छ माया लाउँदा?
प्रेमको महत्व बुझिनौ, मेरो हाल सोचिनौ, छोडी जाँदा,
नरुनु है आमा, नरुनु बाबा, सन्तानले बिछोडको गित गाउँदा |


पागल ! पागल ! पागल ! कस्तो संजोग, म प्रेमी पागल,
बादल ! बादल ! बादल ! आफ्नै सुरमा चल्ने म बादल |

प्रिय ,लोलाई रहे,तिम्रो बाटो हेर्दै आंखाहरू
चोखो माया छुटाउने जन्मे ब्वासाहरु,
आखिर मन बदल्यो, छूटे बाचाहरु,
दागबती दियौ, संगै जिउने आशाहरु।
पागल ! पागल ! पागल ! कस्तो संजोग, म प्रेमी पागल,
बादल ! बादल ! बादल ! आफ्नै सुरमा चल्ने म बादल |

जिन्दगीको गोरेटो, अनि खोली संगै तर्ने भन्थ्यौ,
प्रिय, तिमी त मेरो मुटू, आजिबन नछुट्ने भन्थ्यौ ।
भगवानसँग सोध्छु, कुन पापको सजाय छुटायौ साँचो प्रेम
मर्नेबेला अन्तिम समय पत्र कोर्नेछु, पुकार्ने छु तिम्रै नाम  
पागल ! पागल ! पागल ! कस्तो संजोग, म प्रेमी पागल,
बादल ! बादल ! बादल ! आफ्नै सुरमा चल्ने म बादल |


उही छाडी जाने मायाको यादमा जल्दै गर्दाका भावनाहरु, कतिसम्म मर्मस्पर्शी रहे,
तपाइले मलाई इमेल पठाउन सक्नु हुनेछ |
धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

सर-सल्लाह तथा सुझाबका लागि email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.