Tuesday, June 24, 2014

सुन्दरी !


मर्नु अघि बाच्न सिक,
बाँच्नुलाई हास्न सिक
हास्न चाहनेले माया गाँस्न सिक,
माया गर्ने भए, लाजको घुम्टो फाल्न सिक |


एकदिन जल्नेछ,
तिम्रो यौबन माटोमा मिल्नेछ।
जब तिम्रो अन्तिम घडी आउनेछ
आकाशमा चट्यांग बज्रेर, काल निम्तो ल्याऊनेछ।


सोच सबैको संसार जित्नेहुन्छ,
अधुरा, अपुरा सपना टूटी जानेछ।
एकदिन जल्नेछ,
तिम्रो यौबन माटोमा मिल्नेछ।


हत्केला खुला हुनेछ,
आत्मा उडेर आकाश छुनेछ।
तिमी न बोल्ने, न त चल्ने छौ,
बलेको आगोमा रूप-यौबन जल्नेछ।


तिमीलाई गिज्याउँदै,
गिद्द्का हुल नाच्नेछ |
एकदिन जल्नेछ,
तिम्रो यौबन माटोमा मिल्नेछ।


प्रिय, रुपको घमण्ड नगरे हुन्छ,
बीहे गर्यौ भने, तिम्रो परिवार हुनेछ।
मर्दापर्दा तिम्रो साथमा पुरुष हुनेछ,
बिहे नगरी मर्यौ भने, सोच! को रुनेछ?


एकदिन जल्नेछ,
तिम्रो यौबन माटोमा मिल्नेछ।
सोच सबैको संसार जित्नेहुन्छ,
अधुरा, अपुरा सपना टूटी जानेछ।


तेसैले, प्रिय आऊ,
अंगालोमा बेर |
संसार कति रमणीय छ,
पर्दा उघारी हेर।


म भन्छु नी,कुर्नु ब्यर्थ छ,
म र तिमी, हामी बन्नूको ठूलो अर्थ छ।
आमा बन्छौ तिमी, म बाबु बन्छु,
सन्तान सुख, जिबनमा अपरिहार्य छ |


तिमीलाई गिज्याउँदै,
गिद्द्का हुल नाच्नेछ |
एकदिन जल्नेछ,
तिम्रो यौबन माटोमा मिल्नेछ।


धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

सर-सल्लाह तथा सुझाबका लागि email :- pearl_nepal@yahoo.com  

No comments:

Post a Comment

"Thank you" For your time.