Wednesday, May 14, 2014

" नेपाल " NEpal is the Heaven of the world.

कविता "नेपाल"


लालीगुराँस हेरु, ऊ संगै हाँसी फुलु लाग्छ,
डाँफे मुनाल नाच्छन, उनैसँग नाचूँ लाग्छ |
गैंडा हात्तीमा मान सरोवर तलाऊ घुमु लाग्छ,
चरी झैँ उडेर, हिमालका हर चुचुरा पुंगु लाग्छ |

बिहान पर्दा उघार्दा प्यारो हिमाल देंखु लाग्छ,
हातले सरिर खोपी(Tatoo), मात्र नेपाल लेंखु लाग्छ|
जँहा पुगुं, जिबन संघर्षमा लडाई गर्दै, समुन्द्र तर्दै,
हरदिन यो शिर झुकाई  देशको माटो चुमु लाग्छ |


विश्वमा सुन्दर नेपाल, गिनेजबुकमा लेंखु लाग्छ |
दुनिंयालाई बुध्दको अहिंसा ज्ञान  बांडू लाग्छ |
लाखौं कोसिस गरी,  बिधतालाई बिन्ति गरि, 
मातृभूमि नेपालमा अर्को जन्म लिउंलाग्छ |


नेपाल सुन्दर बहुधार्मिक राष्ट्र बताउं लाग्छ |
पाँच महादिप पुगी , नेपालको सौन्दर्य जताउँ लाग्छ |
आऊ, घुमेर हेर ! नेपाल, सौन्दर्यताले मोहनी लाग्छ,
तिमीले जिबनमा स्वर्ग भोग्ने छौ, दुख पर भाग्छ |


तिमी पलायनबादी भन, मलाई देशद्रोही जताऊ,
जुन ठाम पुगेनी मलाई ' नेपाल ' प्यारो लाग्छ |
तिमी पलायनबादी भन, मलाई देशद्रोही जताऊ,
जुन ठाम पुगेनी मलाई नेपाल प्यारो लाग्छ |
धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

सर-सल्लाह तथा सुझाबका लागि email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.