Tuesday, May 13, 2014

गजल(13 may)

मैले झैँ तिमीले यादमा डुब्नुपर्छ भन्ने कहर छैन प्रिया,
तिम्रो यादबिना एकमुठी सास फेरेको प्रहर छैन प्रिया |

गाउँबस्ति देश छोडे, सात समुन्द्र तरे, मरुभुमी पसें,
तिम्रो याद, सम्झना नआउने, विश्वमा कुनै सहर छैन प्रिया |

तिमीलाई माया गर्नु ठूलो गल्ति भयो होला कि मेरो,
तिम्रो तस्बिर छातीमा टाँसी, म नरोएको रात छैन प्रिया|

आँखामा आँसुको एक अचल, अटल समुन्द्र  बनेको छ,
दुख पिडा, अरुमाझ पोखेर, हाँसोको पात्र बन्नु छैन प्रिया |

साथै बिताए मिठा पल र तिमी भुल्ने दु-शाहस म गर्दिन,
बाध्यता छोडे साथ, तिम्रो अभाबमा नरोएको पल छैन प्रिया|

बाहु खुल्ला गरेर, तिमीलाई अंगालो हाल्न फर्की आउँदैछु,
चौतारीमा पिरती साटेथ्यौ, बाचाकस्सम, भुलेको छैन प्रिया |

पिडा सबै म लिन्छु, मेरा भागको खुशी तिमीलाई दिनेछु,
आनन्द छुट्टै सुखको संसार दिनेछु,  रुनुपर्ने छैन प्रिया |

टाढी पीडा र आँसु साटेका रातको मुल्य, तिर्न नसंकुला,
मर्नबेला काँख तिम्रै हुनेछ, जीवनभर छुट्ने छैन प्रिया |



धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

सर-सल्लाह तथा सुझाबका लागि email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.