Thursday, April 24, 2014

Dubai मा फुलखेतीको आकर्षण | My Photography :)


   

                      हेर्नुस त मरुभूमिको देश UAE भनिए पनि कस्तो अहोभाग्य छ। शान्तिको प्रतिक(Symbol Of

                      Peace, The Pigeon) परेवा चारा खाँदै छ।

           म कुनै प्रोफेसनल क्यामराम्यान हैन | न त DSLR क्यामरा नै छन म सँग | जे छ तेसैले फोटो लिने गर्छु | मेरा धेरै फोटोहरु थन्किएर बसेका छन | समय आभाब अनी देखाउनका लागि, ब्लग वा वेबसाइट नभएका ले | आज यो मन कसैगरि मानेन र यता फोटोग्राफी भन्दा नी मानिसले UAE हेर्ने नजर बदल्न केहि लेखाउन भन्ने आभास भयो र कलम उठाए |

युयईलाई मरुभुमीको देश अनी, बालुवाको सयौं तला  गगनचुम्बी भवन भएको ठाम हो मात्र भनेर चिन्नु, त्यो अल्पज्ञान हो |  त्यंहा, प्राकृतिक सौन्दर्यता देखन पाइदैन, भन्नेका लागि यी एक ठुलो मिसाइल हुन सक्छ, जसले तिनको गलत भ्रमलाई यी फुलखेती र Dubai मा रहेको miracle garden ले छिनमै चकनाचुर पारिदिने छ |

   हामी कतिपय,ले सोचेका पनि हौंला कि Dubaiएक देश  हो | येदी यो पढ्नुअघि तपाईमा पनि Dubai, नेपाल, भारत चिन, अमेरिका, बेलायत, अष्ट्रेलिया जर्मन, कतार, कुबेत, इजरायल, साउदी अरेबिया अनी मलेसिया  देश जस्तै एक अधिराज्य हो भन्ने सोच थियो, छ भने त्यो भ्रमलाई सत्यले दाग्बती दिनुस | म पनि UAE नपुग्दा, नेपाल हुँदा, Dubaiमा जाँदैछु | Dubai एकदम गतिशिल रुपमा विकासनिर्माणमा लागेको छ | यो देशमा पैसा रुख छ र सजिलै टिप्न  सकिन्छ | म गलत रहेछु, Dubai,UAE हामीले काठमाडौँ , नेपाल भनेझै हो |  UAE एक संयुत राज्य हो | जसमा सात states छन | Dubai, Abu-Dhabi, Ajman, Sharjah, Fujeirah, Umm Al Quwain, Ras Al khaimah छन | यिनै सात राज्यको एक रुप नै UAE हो भने  Abu Dhabi राजधानीका रुपमा रहेको छ |


          एकाबिहान, souq घुम्ने रहर लाग्यो र तेतैतिर हानिए |  UAE को राजधनी अबुधाबी(Abu-Dhabi)को central market, तेंहा प्रायजसो सामान पाइन्छ , यो कुरा सुनेको थिए |

'आज बिदामा केहि नभए नी एउटा कुखुराको भाले बोकेर ल्याउनु पर्यो |' यो सोचले म बजार प्रस्थान गरेको थिए | main गेट बाट भित्रमात्र के छिरेको थिए, एक हुल परेवा देखापरे, जुन तस्बिर मैले माथि राखेको पनि छु | ति देख्नासाथ मलाई मनमा कौतुहलता उत्पन्न भयो | के यो UAE नै हो त? कतै म सपनीमा त छैन | जब आफैंलाई येसो नियाले अनी याद गरें| यो त साँची रहेछ  Reality | अनी हातमा आफ्नो मोबाइल निकालेर फोटो हरु लिन थाले |

'खाडी मुलुक अनि तेस्माथि दुबई UAE सुन्नासाथ सबले मरुभूमि मात्रको देश भन्लान। तिनका निम्ति एक गतिलो झापड हुन फुलखेती।'
 म मान्दछु कि | Dubai, UAEमा संसारको सबैभन्दा अग्लो अनी ठुलो the Dubai mall छ | अनी येंहा धेरै १०० औं तलाका बालुवा र सिमेन्ट बाटै निर्मित भवन छन | तेसैले कुनै मानिसले, UAE लाई मरुभूमिको देश अनी बालुवाले बनेका गगनचुम्बी घर, महलका सहर भन्ने गर्थ्यो भने सामान्य नै कुरा हुन |अब ति सबै अधुरा, अपुरा ज्ञान छोडेर, हालको Dubai , UAEमा के कस्तो खालको विकास गरिएको छ जान्नु नितान्त आबश्यक छ | Dubai लाई मरुभुमी मात्र भएको ठाम भन्न अब मिल्दैन | संसारका अन्य देशमा जस्तै येंहा हरियाली अनी बसन्तको मौसम देख्न र भोग्न पाइन्छ | येदी तपाई, Dubai पुग्नु भयो भने, केहि समय निकालेर miracle garden अबश्य घुम्नु होला | एस्लाई हामी मानबनिर्मित नभनी, प्राकृतिक रुपमा धनी रहेका देशमा हुने गार्डेन भन्दा निकै उत्कृष्ट पाउने गरेका छौ |

     सलाम ति हातहरुलाई जसको कार्यकुशलताले अब Dubai को अर्को पहिचान बनाएको छ | समस्त कर्मठ हात, जसले फुल, बोक्न, रोप्न, गोड्न, अनि बिबिध कार्यमा लगेर येत्रो उपलब्धि सिर्जना गरे | तिनको मेहनतको म स-गौरब कदर गर्न चाहन्छु |



 UAE को  राजधनी अबुधाबी(Abu-Dhabi)को एक (central market)souq(अरेबिक शब्द ) मा देखिएको  फुलखेतीको केहि  नमुना |




                         फुलखेती अनी काठले बनाइएको चराचुरुंगी र कछुवा जस्ता जनावरका तस्बिर by:Pralhad







रंगी चंगी फूलहरु अनि बिचमा तेही फूलका क्षणिक मालिक |





फुलको सुबास संगै मननै लोभ्याउने खालका काठका जनावर र पशुपंक्षीबिचमा हराएको म (Pralhad)






काठबाट मानब निर्मित कछुवा , राजहंस र सारस अनी अन्य चराचुरुंगी संगै सजिएका फूलका थुंगाहरु |  




यी माथिका तस्बिरहरु मेरो आफ्नै Galaxy मोबिल बाट लिइएको तस्बिरहरु हुन |





 तेस्तै UAEको Dubai मा रहेको  यो फुलको बंगैचाले झन सबैलाई अचम्मित पार्न सक्छ| Miracle Garden" नाम दिईएको यो बंगैचाले विश्वका धेरैलाई अचम्मित परेको छ| संसारमा सातौं आश्चर्य हरु झन| साएद ! यो बंगैचालाई विश्वको आठौ आश्चर्य मान्न सकिन्छ | येही garden का केहि तस्बिरहरु :-

             तपाइलाई Miracle Garden को केहि  अबिष्मर्निय क्षण बोकेको , मेरो साथी Roshan Karkiको ब्लगले पनि केहि हदसम्म यो गार्डेनको बारे जानकारी दिनेछ | : '

खाडी मा बालुवा फुल्दै http://sankhupalubari.blogspot.com/2014/03/blog-post.html?spref=tw 

               Miracle Garden



प्रवेश द्वार संगै |










Round get of flower



 
 फुल माझमा रम्दै गरेकी एक सानी नानी| अनी रंगीबिरंगी फुलको मगमग बास्ना र मनोरम दृश्य |







 


फुलखेती एस्तो छ कि, हरेक गाडी अनी भवन फुलकै बनेका छन |









फुलै फुलको ढोकाहरु अनी संसारको सबै देशबाट आयातित फुलै फुलको गंलैचा |





पुरै मनोरम वातावरण | मरुभूमिमा पनि एस्तो हुन्छ भनेदेखि, हामी नेपालीले मेहनत गर्ने हो भने| हाम्रो नेपाललाई विश्वकै एक बंगैचा बनाउन सकिन्छ | यतिकै नी विश्वको अग्लो सगरमाथा अनि प्राकृतिक हरियाली| एक सिंगे गैडा जस्ता जनावर र लाखौ धार्मिक सम्पदा छन | नेपालको बारे सोच्नु हामी सबैको कर्तब्य हो |


    ( Miracle Garden का तस्बिरहरु google सर्चबाट साभार गरिएको हो |)


मेरो फोटोग्राफीका केहि नमुनाहरु, फेसबुक मार्फत हेर्न सक्नुहुन्छ | Horizontal Photography ज्यादा देख्न सक्नुहुन्छ |

*साथीहरुसँग, भोटोचौर, चौतारा चिया बगान जाँदा कैद गरिएका तस्बिरहरु :-
https://www.facebook.com/pralhad.dahal1/media_set?set=a.435472019864826.99735.100002060954496&type=3

*प्रकृतिसँग रमौन्दै गरेका केहि पल, कसको photography राम्रो हुन्छ | click click मै व्यस्त |
https://www.facebook.com/pralhad.dahal1/media_set?set=a.435263936552301.99693.100002060954496&type=3

*साँखु पलुबारी माथि गार्डेन बाट काठमाडौँ कस्तो देखिन्छ, भन्ने कुरा यी फोटोले नै प्रष्ट गर्छन |
https://www.facebook.com/pralhad.dahal1/media_set?set=a.435270873218274.99697.100002060954496&type=3

*चिसो चिसो मौसममा, पोखरा घुम्दा र पोखरामा रम्दा कैद गरेका केहि तस्बिरहरु ;-
https://www.facebook.com/pralhad.dahal1/media_set?set=a.420236258055069.97935.100002060954496&type=3

*फेवातालको पानीमा डुंगा, चलाउँदै माया पिरतीका भाका गाउँदै गरेका ति पल, क्यामेरा मा कैद गरिएको छ|
https://www.facebook.com/pralhad.dahal1/media_set?set=a.420012261410802.97897.100002060954496&type=3

*UAE अबुधाबीको फेरारी वोर्ल्ड (Ferrari world) घुम्दा, र खेलको मजा लिंदै गर्दा, केहि झुक्काएर पनि कैद गरिएका आकर्षक र सौन्दर्य रहित तस्बिरहरु |
https://www.facebook.com/pralhad.dahal1/media_set?set=a.330005220411507.76646.100002060954496&type=3

*पार्टी के हो त ! NORLING RESORT गोकर्णमा लिईएको केहि तस्बिरहरु :-
https://www.facebook.com/pralhad.dahal1/media_set?set=a.420246861387342.97937.100002060954496&type=3

धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

सल्लाह तथा सुझाबका लागि email :- pearl_nepal@yahoo.com 

No comments:

Post a Comment

"Thank you" For your time.