जय श्री बज्रयोगिनी माता !!!
साँखु मा माता बज्रयोगिनीलाई धुपबत्ति आराधना गर्दै |
*निकै नै आनौठो लागेको २१औ सताब्दिमा पनि मानिसले देबी देउतालाई मानिस सरि, घर अनि माईति गराएको र सहरका कुना कुना घुमाउने अदभुत दृश्य| \
*डाँडा माथि रहेको देबीको मन्दिर बाट सम्पूर्ण साँखु देशबासी मिलेर उनलाई रथमा राखेर साँखु सहर लेराउने, उनीहरु सोच्छन, माईत राखेर देबिलाई पूजा आराधना गर्नुपर्छ | चेलीलाई माईति प्यारो हुन्छ |
*करिब पन्ध्र दिन, साँखु सहरमा उनीहरुले देबिलाई घुमाउने र स्थान स्थानमा राखेर, पूजा गर्दै प्रसादी बाँड्ने गर्दछन |
*अझ गजब तब लाग्छ | जब काठमाडौँको एक सहर जँहा देबी देउता भित्राउने ढोका , देबी देउतालाई पुन:फिर्ता गर्ने ढोका बुहारी भित्राउने, छोरी दुलही भएर अन्माउने ढोका , मृत्यकको सरिर लाने ढोका गरि छुट्टाछुट्टै ५ ढोका छन |
यी दृश्य हेर्न लालायित हुने महानुभाबहरु काठमाडौँबाट १७ km टाढा, दक्षिणपुर्बी इलाकामा रहेको साँखु सहर गएर हेर्न र मनोरम द्र्श्यको मजा लिन सक्नुहुन्छ | पुर्णिमा सम्म चल्ने यो जात्रा, देबी शक्तिको आराधना र सम्पूर्ण देशमा बिनास र प्रकोप नहोस भनेर मनाइने चलन छ | साँखु मुलत : नेवार बस्ति हो, अनी मन्दिर रहेको स्थानमा प्राय : तामांग जातीको बसोबास रही आएको छ | यी माई मुख्य हुन र यिनका सन्तान र एक स्वामी गरि अनि तिनका स्याना ब्यना गरेर, लगभग ११ जति रथमा जात्रा अवधिमा सहर घुमाउने र सम्पूर्ण साँखु सहरका भक्तजन र धर्ममा आस्थाहुने महानुभाबले दर्शन पूजा, आराधना गर्ने गर्दछन |
साँखु सहर एतिहासिक कुराहरु बोकेको थलो हो | साँखु एकताका एक छुट्टै राज्य थियो र त्यंहा शंखरध्वज राजाले शासन गर्थे भन्ने किम्बदन्ती पाइन्छ | राजाको दरबार हालसम्म सबैले देख्ने गरि सुरक्षित छ |
सम्पूर्ण हिन्दु धर्ममा आस्था राख्ने र भगवानको लिला मान्ने मित्रलाई तेन्हा जानुहुन विनम्र अनुरोध गर्दछु |
सेवक :- प्रल्हाद दाहाल (प्रेममोती)
हाल :- Dubai , UAE
स्थायी ठेगाना :- साँखु, काठमाडौँ नेपाल |
सल्लाह तथा सुझाबका लागि email :- pearl_nepal@yahoo.com
No comments:
Post a Comment
"Thank you" For your time.