Friday, April 4, 2014

गजल 4 April

आजकाल  म येंहा  एक्लै रमाउँछु,
निष्ठुरी याद आयौ रक्सि समाउँछु,
एकछिन् टोल्लिंछु  एकान्तमा घोर्लिन्छु,
एकाएक प्याक भर्दै  बोतलै खनाउँछु |

धेरै अधुरा, केहि अपुरा रहर
मनमा सजाए, सपनाको सहर 
न भुले,  तिमी संगको हरेक प्रहर
याद मै बाचेको, म कहानी सुनाउँछु ||

बसन्ती मौसम, शिशिर झैँ उजाड ,
तिम्रो स्पर्श सम्झदा मन कहालिन्छ |
तिम्रा मुहार हेरि,  फोटोसँग बोल्दै
रात तारा गन्दै, नाम तिम्रै गुनगुनाउँछु |  

जसोतसो, हाम्रो माया जोगाएकै छु,
मनमा पिडा  बाहिरी हाँसो देखाए छु |
प्रेम प्राप्ति सुख सब्लाई मिल्दैन् प्रिया,
हामी छुटे, तिम्रो फोटो दिलमा सजाउंछु |



आजकाल  म येंहा  एक्लै रमाउँछु,
निष्ठुरी याद आयौ रक्सि समाउँछु,
एकछिन् टोल्लिंछु  एकान्तमा घोर्लिन्छु,
एकाएक प्याक भर्दै  बोतलै खनाउँछु |



धन्यवाद !
 
लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.