Tuesday, April 8, 2014

धनी र गरिब


धनी र गरिब बिचको अन्तर भनेको नै, धनीले गरिबलाई हेर्ने नजर गलत हुन्छ, अनी गरिबले सबैलाई समानताको व्यवहार गर्न खोज्छ |

गरिब धनी हुन्छन मनको तर धनी गरिब हुन्छन मनको| धनी सँग केहि कुराको आशा राख्नु व्यर्थ हुन्छ |

धनी आफ्नैको सम्पति लुटेर अझ धनी बन्न खोज्छ | गरिब आफूसँग भएको एक रोटि नी अरुलाई बाँडेर खान्छ |
धनीमा घमण्ड हुन्छ | ऊ आफ्नो rule चलाउन खोज्छ | गरिबमा उसको घमण्ड तोड्ने सामर्थ हुन्छ, सियो बनेर पस्छ अनी फाली बनी निस्कन्छ |
धनी हुन मानिस मेहनत गर्छ तर ज्ञानी बन्न साधना र ध्यानको जरुरि हुन्छ | त्यो धनीका एक रत्ति हुन्न र गरिबमा पुरै सामर्थ र साधना गर्ने क्षमता हुन्छ |
धनीको इज्जत खुट्टामा हुन्छ,ऊ बिहानै खुट्टाको जुत्ता टल्काउँछ|गरिबको इज्जत निधारमा हुन्छ, एका बिहानै दाउराको भारी बोक्दै निधारबाट पसिना झर्छ |
मानिसको इज्जत जुत्ता र उसको पहिरनमा हुन्न, क्षमतामा हुन्छ, सुजिकारले च्यातिएको मजेत्रो लाएर दौरा सुरुवाल बनाउँछ तर स्याबासी धनी पाउँछ | तेसैले भन्छु म येंहा अन्याय भएको छ |
मेरा लागि, सुजिकार पुजनीय छन, सेताकोट मा सजिएका काला विचार भएका मान्छे भन्दा | सलुट ! सम्पूर्ण सुजिकार र सुनुवार लाई, उनको कर्मठ हातलाई |

धनी जतिसुकै धनी किन नहोस, उसले कसैको मन किन्न सक्दैन | गरिबले संसारका सबैको मन जित्छ र जित्दै आकोछ|उदाहरन:- महारानीको मन जित्ने चार्ली चप्लिन |
धनी धनको राप ले पोलेर रातभर सुत्न सक्दैन | गरिब पेटको क्वार क्वार आवाजलाई मधुर ध्वनी मान्दै मस्त निदाएको हुन्छ | .
...............
"तिमी गरिब घरमा जन्मनु तिम्रो गल्ति हैन तर गरिब घरमा मर्नु तिम्रो गल्ति हुन्छ |" कर्म गरौ, धनी गरिबको खाडल आजैबाट हटाऊ |
धन्यवाद !
 
लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.