Saturday, March 22, 2014

बिनोद चौधरीलाई कसरि लिने ? उनीले देशलाई राम्रो गर्दैछन कि, छैन ?





बिनोद चौधरीलाई भेटेर नै तपाईको नाम अरबपति, खरबपतिमा परेकोमा बधाई भन्न हुन्थ्यो नी बुडाले धन्यबाद भन्दै चाऊचाऊ खुवाएर पठाए भने दुई लाख तीरेर मृगौला उपचार गर्नुपर्छ भन्ने डर !

बिनोद चौधरीलाई बिश्वले पक्कैपनि गरीब देश नेपालको सबैभन्दा धनी ब्यक्ति भनेर चिन्छ। उनलाई बधाई दिम की देशको नाम चीनाऊन प्रयत्न गरेको मा ? मेरो त धेरै बधाई अनि यी कार्यको निरन्तरताको कामना गर्दछु।

बिनोद चौधरी ले देशलाई फाईदा दिएका छन,... एस्मा मेरो दुईमत छैन । मलाई लाग्छ उनले देशलाई फाईदा दिएको भन्दा बढी देशबाट फाईदा उठायेकाछन।


बिनोद चौधरी सरको फेसबुक र ट्वीटरमा प्रायजसो दैनिकी रुपमा राम्रो भन्दा नी नराम्रो कुराको बढी चर्चा भएको पाएको छू। "बांदरले आफ़्नु घर नी बनाउँदैन र अरुको घर नी भत्काउंछ। येस्तै प्रबृत्ति म नेपालीको पहुँच भएका सामाजिक संजालमा देख्ने गर्दछु।

चौधरी सर जस्ता अरु थप बिस ब्यक्ति नेपालमा हुने हो भने, हाल कामका लागी बिदेशिएका आधा युवा जनशक्तिले देशमा नै सम्मानजनक काम पाउने थिए। जसले गर्दा नेपालीको अरबका देशमा येस्तो हालत छ भनेर कुनै अन्तराष्ट्रिय च्यानलले फाईदा लुट्ने अवसर प्राप्त गर्ने थियेनन । 






कतार सरकारले २०२२ विश्वकप तयारीको क्रममा धेरै कामदारलाई बिना तलब येसरी काममा लगाई =रहेको छ भन्ने कुरा येसरी भिडियो सहित आएको र केहि व्यक्तिको कामको जोखिमका कारण मृत्यु भएको देख्दा कसको मन रुँदैन र ? तरपनि यी बिद्दमान समस्या बारे जानेर नी कतिपय नेपाली युवा देशमा राम्रो नोकरी नमिलेको भन्दै कतार, UAE, साउदी अरेबिया जस्ता अरबियन देश र मलेशियामा हजारौं को संख्यामा गईरहेका छन | के देशमा नै १०, १५ हजार मिल्ने र ८, ९ घण्टा मात्र दिनको काम गरे पुग्ने सरकारी तथा निजि काम ति युवाले पाए भने, माथिको जस्तो डर लाग्दो भिडियो हेर्दाहेर्दै नी हातमा पासपोर्ट बोकेर, हजारौ हजार युवा देशको परराष्ट्र मन्त्रालयमा ति देशमा जानको लागि प्रवेश आज्ञा पाउं भन्दै | दिनभर लाइन बस्ने थिएनन | एस्तो अवस्था सिर्जना  भएको मा अब हामीले कसलाई दोष दिने | भाग्यमा लेखेको येस्तै रहेछ भनेर बस्ने हो कि ? कर्मठ हातले आफ्नो भाग्य आफैं लेख्न थाल्ने " त्यो सम्पूर्ण युवाको हातमा छ |

म पनि एक युवा भएको नाता र येस्ता समस्या, विषम परिस्थिति भोगी सकेको र विदेश आउने, जाने र बिदेशमा बस्दा नी धेरै ठुलो झन्झट हरु बेहोरी रहनु परेकोले|  म भन्छु युवालाई उपयुक्त रोजगारी दिएर, देशको नै बिकाश निर्माण तथा अर्थतन्त्र उकास्ने कार्यमा लगाउनु पर्छ | जुन रगत पसिना यी युवाले दिनरात गरेर, बिदेशी भूमिमा खर्चिएका छन, ति सबैको रगत पसिना लगाएर नेपालमा नै केहि गर्ने हो भने, माटोमा हिरा फलाउन सकिन्छ |


पढाईको बहाना गर्दै यूरोप, अष्ट्रेलिया अनि अमेरिकामा हाम्रा साक्षर युवाले घरको भुई पूछ्ने, होटलको टेबल पूछ्ने, भाडा मोल्ने अनि ट्वाइलेट पूछ्ने जस्ता कार्य गरीरहनु पर्थेन । यो अर्थमा बिनोद चौधरीको एकल प्रयासले देशका कतिपय ब्यक्ति रोजगारी पाएर आफ्नै परिवारमा हांसी खुशी साथ जिएकाछन। उनका यी जस्ता कार्य र देशको अर्थतंत्र बलियो पार्न गरेको सहयोगको खुलेर प्रशंसा गर्छु।
येही बिषयलाई लिएर सेतोपाटी पत्रिकाले लेखेको एक लेखमा धेरै नै ठुलो बहस चल्यो र त्यो लेखले नेपलका धेरै युवाको आँखा खोल्न सफल रह्यो |

 उनको चाऊचाऊ डेढदुई बर्षअघि UAEको गुणस्तर मापजाँचमा गुणस्तर हिन ठहरिए पछि झन्डै छमहिना 1बर्षजति यूएईमा बेचबिखन रोक गरियो । तर 5, 6 महिना अघिबाट पुन: UAEका धेरै पसलमा नेपाली वाईवाई "manufactured In India" पाईन थालेको छ। अब नी निम्न गुणस्तरको भन्दै UAE ले त्यो चाऊचाऊ बेच्न रोक्नु अघि नै noodles को गुणस्तर बढाऊन चौधरी सरलाई आग्रह छ।

समय समयमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्नकै लागि देश बाहिर बसेपनि घरमा गोदाम नै चाऊचाऊ राखिन्छ। फोटो नी तल हेर्न सक्नु हुनेछ ।


बिनोद चौधरीलाई चाऊचाऊको गुणस्तर सुधार्न पहल गर्नुस भन्ने सुझाब दिन्छु। #wellknown #Chaudhari #nepal"

No comments:

Post a Comment

"Thank you" For your time.