http://mixlr.com/pearl-love/
मनमा पलाएका आशहरु,
काठमाण्डौ बाट जोरपाटी हुँदै मुलपानी जाने सडक, नारायनटारको पुल कटेर ठिक बायाँ मोडेपछी अझै दुई मिनेट भित्रको पैदलयात्रामा एक घर छ | आज येंहा संधै भन्दा, निकै फरक, अनौठो घटना देखिन्छ | चार अपरिचित व्यक्ति बिचमा गोलाकार घेरामा उभिएका छन | त्यो बिचमा एक अधबैसे आइमाईको कहालीलाग्दो अनी भयंकर चिच्चाहट सुनिंदैछ | चारैतिर सयौं, युवायुवती, बुढापाका, पुरुष, महिला अनी स-साना नानीहरुको भिड देखिन्छ |
मानौं ! तेंहा ठुलो मेला लागेको छ र, बिचमा जादुकरले एक ठुलो रहस्य छिपाएको सर्कस देखाउंदैछ | तेसैले मानिसहरु तछाड मछाड गर्दै भिड निछोल्दै, अघि बढिरहेका छन त्यो दृष्य आँखामा कैद गर्न | तेसैमा एक नवयुवती भिड छिचोल्दै, मरी-मरी गरेर, आफ्नो सरिर भिडबाट त्यो बीच भागको दृश्य हेर्न पुगिन | देखिन, अचम्म ! उनी न बोल्न सकिन, न यताउता चल्न, नत उनको उनको दिमाखले केहि सोच्न नै सक्यो | त्यो बिचमा रहेको बस्तु देख्नासाथ मनमा धेरै कुराहरु खेल्न थाले |
अन्त्यमा उनको सोच :- "अ अ अर्पण ... येती बोली उनको मुखबाट ननिक्ल्दै पुर्णबिराम लाग्यो | उनले मुहार फरक्क मोडेर, छेउमै कोलाहल गर्दै आँसुका ढिका बर्साउँदै गर्नु भएको आमातिर ध्यान दिईन | उनलाई साहस पनि आएन कि ! आमालाई अंगालो हालूं र सान्त्वना दिऊ | उनको सोच पुन:- फेरी उही बिचमा रहेको बस्तुमा पुग्यो र निकै घोरिएर तेस्मा नजर यकाग्र गरिन | आज उनै आमाको त्यो सानो झुपडीमा आश्चर्य बोकेको बाकस देखापरेको छ |
० ० ०
‘लौन नी ! के भएछ? कान्छी
किन दशधारा आँसु झार्दै छिन|’ तेही भिडमा एक पाको उमेरकी महिलाको आवाज आयो |
‘सर ! मेरो रिजल्ट के भयो ?
हजुरले हाम्रो SLC परीक्षाको को नतिजा हेर्नु भयो ?’ पछाडिबाट यी प्रश्नले ‘कुमार
बिष्ट’ सर झसंग भए | अनी मुहार आफ्नो पछिल्तिर मोडे |
० ० ०
० ० ०
‘तेही त हो, अर्काको नुन खाएपछि कंहाको समयमा घर आउन पाउनु हो कान्छी |’ म त आजित भईसके यी कामबाट| के गर्नु! काम नगरुं त | यी प्यारा छोराछोरी कसरी पाल्नु? कसरि पढाउनु? के खुवउनु ? के लाउन दिनु? यिनकै मुख हेरेर नै आफ्नो हाडछाला घोट्दै छु | छोराछोरी ठुला भएपछी त सुख शान्ति मिल्ला नी |’ येसरी नै अर्जुन गन्थन गर्न थाले |
'म तिम्रो अच्युत गुरु को सहकर्मी प्राध्यापक मोहन शर्माहुँ |'
'सर नमस्कार |'
'उंहाले तिम्रो बारेमा भन्नु भयो, म येंहा जया क्याम्पसमा Economices बिषय पढाउने गर्छु |'
'अच्युत सरले हजुरलाई मेरो इच्छा र अवस्था बारे पूर्ण जानकारी गराउनु भयो होला | मलाई सक्दो सहयोग गर्नुस सर !'
'हेर अर्पण ! मानिसले जिबनमा सोचे जस्तो सबै कुरा सम्भब हुन्न | जिन्दगीका दौरान आफुले गरेको प्रतिज्ञा नी तोड्नुपर्ने हुन्छ | भगवान शिवजी ले नी, आफ्ना प्यारी सतिदेबी गुमाउनु पर्यो | किनकी जो लेखेको छ कर्ममा भोग्नु नै पर्छ | धर्मात्मा राजा युधिष्ठिरले जुवामा आफ्नै स्त्री द्रौपती हारेर, गुप्तबास जानु पर्यो |'
'सर ! हजुरको कुरा अलि बुझ्न कठिन भयो ?'
'हामीहरूले जति अथक प्रयास गरेता पनि, यद्यपि भाग्यमा जे लेख्या हुन्छ त्यही मात्र प्राप्ति हुन्छ' यो कथन जस्तै तिम्रो उद्देश्यमा हल्का परिवर्तन हुन जरुरि छ| तिमी इन्जिनियरिंग पढ्ने धोको छोडेर , भोलि नै जया क्याम्पस मेरो कक्षामा हाजिर हुनु |'
'मलाई राम्ररी थाहा छ, मैले अथक प्रयास र निकै गार्होसँग गरेको प्रतिफलमा तपाई आफ्नो क्याम्पसको नाम बिकाउन चाहनु हुन्छ | म येस्लाई नकार्न पनि सक्दिन किनकी मसँग अरु दोश्रो उपाय पनि त छैन "
अ..
'सर ! हजुरद्वारा मलाई इमोशनल ब्ल्याकमेल भए झैँ महसुस गर्दै छु | मेरो बाध्यता र बिबसताको ढाल बनाएर हजुरहरुले मलाई ब्यबस्थापन पढ्न बाध्य गर्दै हुनुहुन्छ | फेरी अर्को तर्फबाट सोच्दा, मेरा लागि भगवान हो हजुरहरु, मेरा लागि उच्च शिक्षा हाँसिल गर्ने अवसर दिंदै हुनुहुन्छ |'
'धेरै नसोच ! अर्पण, भोलि मेरो क्लासमा हाजिरी हुनु ल |'
'मलाई सोच्न दिनुस , आजको रात | हजुरको यो कुरा मनन गर्छु | मेरा निम्ति हजुरको यो प्रयास निकै सर्हयनिय छ | हवस त सर thanks for calling , bye '
अर्पण, मोहन सरले येसरी बातचित गरेर बिदाई भएपछी, आफ्नो घर गएर, कोठामा एकान्तमा बसी सोच्न थाल्यो |
भोलिपल्ट, एकाबिहानै अर्पण झोला बोकेर, जया कलेजको मेन गेटमा देखा पर्यो | त्यन्हाको गार्डलाई सोधेर ऊ मोहन सरको कक्षामा गएर पढ्न थाल्यो |
० ० ०
क्रमश :-
मनमा पलाएका आशहरु,
कमाउने चाहले छोडेका बासहरु
सपना पुरा नभई, रोकिएका सासहरु
कुफिनमा फर्किएका लासहरु |
काठमाण्डौ बाट जोरपाटी हुँदै मुलपानी जाने सडक, नारायनटारको पुल कटेर ठिक बायाँ मोडेपछी अझै दुई मिनेट भित्रको पैदलयात्रामा एक घर छ | आज येंहा संधै भन्दा, निकै फरक, अनौठो घटना देखिन्छ | चार अपरिचित व्यक्ति बिचमा गोलाकार घेरामा उभिएका छन | त्यो बिचमा एक अधबैसे आइमाईको कहालीलाग्दो अनी भयंकर चिच्चाहट सुनिंदैछ | चारैतिर सयौं, युवायुवती, बुढापाका, पुरुष, महिला अनी स-साना नानीहरुको भिड देखिन्छ |
मानौं ! तेंहा ठुलो मेला लागेको छ र, बिचमा जादुकरले एक ठुलो रहस्य छिपाएको सर्कस देखाउंदैछ | तेसैले मानिसहरु तछाड मछाड गर्दै भिड निछोल्दै, अघि बढिरहेका छन त्यो दृष्य आँखामा कैद गर्न | तेसैमा एक नवयुवती भिड छिचोल्दै, मरी-मरी गरेर, आफ्नो सरिर भिडबाट त्यो बीच भागको दृश्य हेर्न पुगिन | देखिन, अचम्म ! उनी न बोल्न सकिन, न यताउता चल्न, नत उनको उनको दिमाखले केहि सोच्न नै सक्यो | त्यो बिचमा रहेको बस्तु देख्नासाथ मनमा धेरै कुराहरु खेल्न थाले |
अन्त्यमा उनको सोच :- "अ अ अर्पण ... येती बोली उनको मुखबाट ननिक्ल्दै पुर्णबिराम लाग्यो | उनले मुहार फरक्क मोडेर, छेउमै कोलाहल गर्दै आँसुका ढिका बर्साउँदै गर्नु भएको आमातिर ध्यान दिईन | उनलाई साहस पनि आएन कि ! आमालाई अंगालो हालूं र सान्त्वना दिऊ | उनको सोच पुन:- फेरी उही बिचमा रहेको बस्तुमा पुग्यो र निकै घोरिएर तेस्मा नजर यकाग्र गरिन | आज उनै आमाको त्यो सानो झुपडीमा आश्चर्य बोकेको बाकस देखापरेको छ |
० ० ०
‘के हो त्यो ? भन्नुस न !’
छेउबाट एक बालक बोल्यो |
‘येस्तो बेला केहि बोल्न
हुन्न क्या | चुप लाग बाबु |’ छोरालाई मायालु स्वरले सम्झाउँदै उसका बाबुले भन्यो
|
‘त्यो के को बाकस हो ड्याडी
? किन लेराएको ? हाम्री कान्छी आमा किन डाको छोडेर रोएको ? भन्नुस न प्लिज|’ उसको
जिज्ञासापूर्ण ति प्रश्न थियो |
‘छोरा ! ज्ञानी बन| म
तिमीलाई घर गयेसी भन्छु ल| तिमी अब आन्टीसँग घर जाऊ|’ छोरालाई फकाउँदै मोहनले घरतिर
पठाए |
‘खै ! अलिकति बाटो दिनुस |’
तेती भनेर भिडलाई तहसनहस गर्दै आफ्नो मोटो ज्यान बल्लबल्ल कान्छी भएको नजिक पुराउन
सफल हुन्छिन साहिँली आमा|
छेउमा एक हुल बटुवा पनि
भेला भएछन | ति न कहिले तेता देखिएका थिए, नत कुनै काम बिशेष त्यंहा जम्मा भएका
थिए | तिनीहरु एक सुरले त्यो घटनाको अबलोकन गर्दै थिए |
‘हैन ! ए रामे | अब यसै
बसेर हुन्न है ! के कसो गर्ने हो छलफल गर्नुपर्यो | खै माईला साहु कता छन ?’ तेही
भिडमा एक अधबैसे व्यक्ति बोल्यो | सबैको ध्यान तेता तानियो | र ! जो महिलाहरु थिए,
उनीहरुमा कोहि “कान्छी”वरिपरी रहेर केहि बोल्दै गरेको देखिन्थ्यो |
० ० ०
भर्खरै SLC परीक्षाको नतिजा
प्रकाशित थियो र सबैजना नतिजा हेर्न, गोरखापत्रमा आफ्नो सिम्बोल नं, खोजिरहेका थिए
| ‘अर्पण’ ले त्यो थाहा पायो र दगुर्दै घर छेउको पसलमा गएर नतिजा हेर्न खोज्यो |
तेंहा धेरै नै जमात थियो | उसलाई आफ्नो नतिजा हेर्न निकै हतार लागेको थियो |
‘सरि ! नमस्कार सर |‘
अर्पणले शिक्षकलाई भन्यो |
‘अरे !’
‘म तिमीलाई नै खबर गर्न
भनेर, तिम्रो घर छेउको नम्बर खोज्दै थिए | तिमी नै आएछौ, जाऊ हिंड | माथि शिक्षक
कक्षमै गएर कुरा गरूँ ?’ बिष्ट सर अघि लाग्नु भयो |
“सर ! मलाई धेरै हतार
भैरहेको छ | मनमा एक कौतुहलताको लहर फैलिएको छ | हाम्रो ब्याचको रिजल्ट के कसो भयो
?’
‘तिमी चिन्ता नगर ! मैले
नतिजा इन्टरनेट मै हेरिसंके | हाम्रो बिध्यलायबाट ७९ % बिद्यार्थी उतिर्ण भएका छन
|” शिक्षक बोल्दै थिए |
‘अनी मेरो के भयो नी सर ?’
बस्नेत सरको कुरा नसकिंदै अर्पण बोल्न थाल्छ |
‘किन आतिएका छौ| तिमी त
हाम्रो विद्यालयको जेहेनदार अनि निकै उत्कृष्ट बिद्यार्थी हौ | तिमीले हाम्रो
बिध्यालय टप गरेका छौ | मैले हालसम्म जाने अनुसार, तिमीले काठमान्डु भरिका सरकारी
बिध्यालयमा सबैभन्दा बढी मार्क्स ल्याएका छौ | यो कुरा भोलि निश्चित हुन्छ |’
बस्नेत रोकिए |
‘याहु !! साँची सर ?’ अर्पण
अपत्यारिलो बन्दै सोध्न थाल्यो |
‘congratulation, Arpan.
तिमीलाई धेरै धेरै बधाई छ| बिध्यालयबाट
हालसम्म कै सर्वोत्कृष्ट अंक ल्याउन सफल भएका छौ | कुल १००% सतमा ९१.५२ %अंक
तिमीले प्राप्त गरेका छौ |” बस्नेत सरले, पहिलो पल्ट अर्पणलाई गालामा चुम्नु भयो र
हात मिलाउनु भयो |
‘thank you sir.’ अर्पण
तेती मात्र बोल्न सक्यो र शिक्षकको त्यो आफूप्रति भएको गतिबिधि निकै अचम्म मानेर
सोचमग्न भयो |
अर्पणले तेसरी सोच्नुको
कारण थियो | बिष्ट सर, श्री भाग्योदय माध्यमिक बिध्यालयका उप-प्रधानाध्यापक
हुनुहुन्थ्यो | उँहा आएको देख्ने बितिक्कै सबै बिद्यार्थीहरु डरले थरर काप्न
थाल्थे र ‘अटेनशन’ भएर बस्थे | उँहालाई बिध्यालय भरिकै कडा शिक्षक भनेर चिनिन्थ्यो
|
अर्पण कक्षा सातमा हुँदा,
बिना जानकारी हल्फ टाइममा घर गएका थिए | तेस्को भोलिपल्ट नै बिज्ञान बिषयको पालोमा
बिष्ट सरले उनलाई पुरा ४० मिनेट “कुखुरा बस्ने” आशनमा राखेर पनिशमेन्ट दिनुभएको
थियो | त्यो दिनदेखि अर्पण कहिले बिध्यालयमा गयल भएनन | ‘भगवानको कृपा भन्यौ कि उनको
भाग्य” तेस्पछिका ३, साँढेतिन साल उनलाई साधारण रुघाखोकी बाहेक अरु कुनै स्वास्थगत
समस्या देखापरेनन | तेसैले उनी पुरा दिन कक्षामा हाजिर हुन सफल भए | बिध्यालयमा एक
नियम थियो, लगातार तिन साल उनलाई बिध्यालयद्वारा सम्मानित गरियो ’नन अफ्सेन्ट
स्टुडेन्ट अफ द येर’ भनेर | उनले पाएको ति उपाधिका रकम बाट उसले, आफ्ना लागि ‘साईन्तिफिक
क्यालकुलेटर’ किनेको थियो | ०६० को हाराहारीमा ३००, ४०० जाने ति महत्वपूर्ण सामान
किन्न गरिब घरका अनी सरकारी स्कुल पढ्ने बिध्यार्थिका लागि, सपना जस्तो थियौ |
मानौ ! त्यो असम्भब थिएन तर तपाई हामी जस्ता गरिबीका मारमा परेका हरकोहीको लागि
अशाधारण कुरा थियो |
एकदिन अर्पण अनी उसका साथी
कुबेर संगै घर गईरहेका थिए | बैशाख जेठको गर्मि बीच बाटोमा साथीले बरफ किने(small
ice Cream) | अर्पणले मेरा लागि नी किन्देउ न भन्न चाहेका थिए, तर सकेनन |
‘आज मेरा लागि किनिदेउ, म
भोलि बाबासँग मागेर दिन्छु|’ यो उनले भन्न सक्दैनथे | उनका लागि खाजा उनकी आमा ‘कान्छी’ले
घरबाट नै तयार गरेर पठाईदिनुहुन्थ्यो | तर कुबेरका लागि उसका आमा-बुवाले पैसा दिनुहुन्थ्यो
र बजारमा जे मन लाग्छ किनेर खाउ भन्नुहुन्थ्यो |
‘अँ म त अघाए| यो आधा चै
फ्याकिंदिन्छु|’ कुबेर ले भन्न भ्याएका नी थिएनन |
‘म खान्छु देऊ’ अर्पणले
येति भनेर, उसले फ्याल्न तयार भएको बरफ खाएर, आफ्नो इच्छा पुरा गर्यो |
एक रुपिंयाको बरफको स्वाद
लिनका निम्ति उसले येती संघर्ष गरिरहनपरेको छ | हामीमध्ये कसैले त्यो एक रुपिंया
बाटोमा भेटे पनि नटिपी हिँड्ने गर्छौ| मानिस तेही एक रुपिंया नभएकाले भोको,
नाङ्गो, अनि आधा आंग ढाक्ने कपडा लाएर बस्न बाध्य छन | कति असमान छ, यो संसार|
यिनै कुराबाट नी तपाई अनुमान
राख्नुस | उनी कतिसम्म गरिबीको मारमा हुर्किएका थिए |
दौडेर घर गयो | आमा टाँडीमा
सुकुल बुन्दै थिइन |
‘ममी ! म त SLC पास भएँ|’
यो भनेर उसले ‘कान्छी’ आफ्नी आमालाई पछाडीबाट अंगालो हाल्यो | आफ्नो खुशीको सिमा
नाघ्यो अनी कान्छी हर्षका आँशु खसाल्दै छोरालाई अंगालोमा बाँधेर जुरुक्क उठाइन र
छोरालाई बोक्दै फनन घुमाउन थालिन | त्यो समय ! पृथ्वी रोकियो, आकाश पुरै खुलेर
निलो रंगमा सितल छर्दै थियो | सुर्य नी त्यो खुसीमा मधुर भयो र आकाशबाट सिम सिम
पानी बर्सियो | दुनिंयामा येस्तो अदभुत
दृश्य कमै देख्न मिल्छ | यो खुसियाली मनाउने तरिका आजभोलिको आधुनिक संस्कार भन्दा
निकै फरक तर धेरै महत्व राख्ने थियो | जो महसुस गर्दा नै मनमा एक उमंगको छाल चल्न
थाल्छ |
‘भरे तिम्रो बुवा आउनासाथ म
यो खबर सुनाउँछु | उँहा नी निकै खुशी हुनुहुन्छ होला |’ छोरालाई गुन्द्रीमा बसाईन
| भित्र गएर, मकै भटमास अनी एक गिलास मोई लाएर दिंदै आमाले भन्नुभयो | ‘बाबु अर्पू
तिमीलाई भोक लाग्यो होला, आऊ खाजा खाऊ|’ खाजा खाईसकेर अर्पण यो खुशीको कुरा
सुनाउन, गाउँ जान चाहन्छ |
‘ममी ! म पास भएको सुनाउन
पल्ला घरे ठुल्बा, माइला साहु, अनी रघु अंकलका घर जान्छु नी ? मिठाई छैन, के लिएर जाऊ
?
अर्पणका यी कुराले कान्छी,
एकछिन घोरिएर बसिन, उनले बोल्ने शब्द नै भेटिनन | झन्डै २ मिनेटघोरिएर सोचीसकेसी,
उनले भनिन | ‘बाबु ! हाम्रो अम्बाको बोटमा टन्नै अम्बा फलेको छ त्यो एक-एक ओटा दिंदै
पास भएको सुनाएर आऊ |’
अर्पण आफुले लगाएको हनुमान
कट्टु र सटका बगलीमा दुई दुई अम्बा र हातमा अरु केहि दाना बोकेर गाउँका आफ्ना प्यारा साथी र अंकल आन्टीलाई पास
भएको सुनाउन हिंड्यो | अर्पणले लगाएको हनुमान कट्टुको दायाँ चाकको छेउमा सानो
भ्वांग थियो भने, बायाँ चाक पट्टि च्यातिएको ले उसकी आमाले अर्को कपडा हालेर सिलाइ
दिएकी थिइन | रहर त थियो, कान्छी र अर्जुनलाई छोरा अर्पणलाई राम्रो एक थान सट र
पाईन्ट हालिदिने तर येस्का लागि नी दशैँ नै कुर्नुपर्ने बाध्यता थियो | अर्पण निकै
ज्ञानी छोरा थियो | उसले कहिले नी किन? कसरि? यो भएन ? त्यो भएन ? भनेर प्रश्न गरेन
र कहिले घुर्की पनि देखौन्नथ्यो | जे दिए नी मिठो मानेर खान्थ्यो, फुर्सदमा किताब
हेरेर पढ्ने गर्थ्यो | उसका साथमा कोर्षका किताब बाहेक नी सामान्यज्ञानका किताब,
निबन्ध, कविता, कथाका किताबहरु हुन्थे| जुन उसले बिध्यालयको पुस्तकालय बाट ल्याउने
गर्थ्यो र पढी सक्नासाथ फिर्ता गरि अर्को लिएर आउंथ्यो |
अर्पण दिनभरको भागदौडले
गर्दा थकित थियो | उसले खुशीको खबर सुनाउन बुवाको बाटो कुर्यो | साँझको छ बज्यो,
सात बज्यो अनी आठ पनि बज्यो तर ‘राममोहन’ अर्पणका बुवा घरमा आउनु भएन | दैनिक जसो
ढिला नै गरेर आउने उँहाको बानी थियो| धेरैमा आठ बजे त घर आउने, तर आज त्यो भन्दा
नी ढिला भैसक्दा नी उनी आएनन |
‘बाबु ! अब तिमी सुत ! रमण
अनी अजिता अघि निदाईसक्यो |’ रमण अर्पणको भाई थियो | तेती भन्दै उनले अर्पणलाई उसको
टाउको सुमसुमाउँदै बिछौनामा सुताइन |
‘कान्छी ! हे कान्छी, ढोका
खोल त?’ अर्जुन बोले |
‘हजुर ! आम्दै छु, एकैछिन
पर्खनुस न |’ कान्छी बोलिन |
‘आज त निकै ढिला गर्नुभयो
घर आउन |’ ढोका उघार्दै कान्छी बोलिन |
‘तेही त हो, अर्काको नुन खाएपछि कंहाको समयमा घर आउन पाउनु हो कान्छी |’ म त आजित भईसके यी कामबाट| के गर्नु! काम नगरुं त | यी प्यारा छोराछोरी कसरी पाल्नु? कसरि पढाउनु? के खुवउनु ? के लाउन दिनु? यिनकै मुख हेरेर नै आफ्नो हाडछाला घोट्दै छु | छोराछोरी ठुला भएपछी त सुख शान्ति मिल्ला नी |’ येसरी नै अर्जुन गन्थन गर्न थाले |
‘छोड्नुस ! यो गन्थन | एउटा
कुरा भन्छु म |’ कान्छी बोलिन |
‘अँ भन ?’ अर्जुनले सोध्यो
|
‘हाम्रो छोराले आज बिध्यालयभरिमा
सबैभन्दा बढी अंक ल्याएर SLC पास गर्यो नी | सरले भनेका रे ! हाम्रो अर्पणले काठमाडौँ
भेगका सरकारी बिध्यालय भरिमा सबैभन्दा बढी अंक लाएको छ |‘ कान्छी बोलिन |
‘अभागी ! मोरो, एती राम्रो
अंक ल्याउने ले कुनै धनीको घरमा जन्म लिनु नी | किन मेरो यो झुप्रोमा जन्म लिन
पुग्यो |’ सम्पूर्ण कर्तव्यको भर बोकेको र अभिभारा बोक्नको सास्थिका कारण, कान्छीको
कुरा बिचमा काटेर, अर्जुन बोल्छ | निधारमा धारे हात गर्छ |
मुखले जे बोले नी ! अर्जुन
निकै खुशी देखिन्थ्यो र उसको आँखाबाट हर्षका आँशु बग्दै थिए | त्यो देखेर कान्छी
केहि नबोली, उनी पनि आँखाबाट आँसु खसाल्न थालिन |
‘मेरो बाबा ! आज मेरो
मेहनतको उचित प्रतिफल दिलायौ | पढेर ठुलो मान्छे बन्नु |’ च्याप्प म्वाई खायो
छोराको गालामा, छोरालाई अँगालो हाल्यो र खुशीको सिमा नाघ्यो अनी तुरुरु आँशु का
दाना अर्जुनको आँखाबाट खस्यो |
० ० ०
‘अहो! कस्तो गर्मि यो बाघबजारमा
? एक गिलास पानी पाए नी कति मिठो स्वाद लिएर पिउंथे होला |’ बाघबजार बाट बसेको
लाइन, माइतीघर मण्डला बाट, थापाथली इन्जिनियरिंग क्याम्पस सम्म थियो र अर्पणका
मनमा यी कुरा खेल्दै थिए |
एक मन त सोच्यो ’जे पर्ला
पहिले पानीको प्यास मेट्छु|’
‘हैन ! येत्रो ३ घण्टा लाइन
बसिसंके| अब भरे फारम बुझाउन पाईन भने के गर्नु ? बरु एकछिन, थुक मात्र निलेर भए
नी बस्छु| पालो पनि आउनै आट्यो | अर्को मनले भन्यो |
हो नी ! फाराम बुझाउन पाएन
भने त मेरो जिन्दगीको अन्तिम लक्ष नै येंही टुंगिन्छ | पहिले फारम बुझाएर मात्र
दायाँबायाँ सोच्छु |’ अर्को मनले सहमति जनायो |
अन्तत पालो आयो र थापाथली
इन्जिनियरिंग क्याम्पस दक्षिण पूर्वीढोका बाट फाराम बुझाउँदै | भविष्यमा इन्जिनियर
बन्ने सपना बोकेर, प्रवेश परीक्षा हुने दिन जानकारी राख्दै घरतिर लाग्यो |
० ० ०
प्रवेश परीक्षाको नतिजा आयो
तर उसको नाम, छात्रवृति मा परेन |
ऊ निकै दुखी भयो | निराश,
उराठ लाग्दो मुहार, नमिठो ओठको हाँसो, र गहभरी आँशु बनाउँदै बस्यो |
‘ अर्पण ! हाम्रो बिध्यालय
पनि यो सालबाट उच्च-माध्यमिक तहको बनिसक्यो| आऊ तिमी यता नै पढाई कन्टीन्यु गर |
तेसै घरमा बसेर तिम्रो यो महत्वपूर्ण समय खेर नफाल ?’
केहि दिनमै उसका सामाजिक शिक्षक तथा क्याम्पस
प्राध्यापक अच्युत घिमिरे सरले फोन गर्नुभयो |
उसलाई ति कुरा केहि घत
लाग्यो |
‘सर ! म त इन्जिनियर बन्न
चाहन्छु | यो त हजुरलाई नी थाहा छ नी |’ अर्पण भन्छ |
‘ हेर ! सबै मानिसको
आ-आफ्नो कार्य हुन्छ र त्यो ओहदा अनुसार, सबै ठुला काम हुन| इन्जिनियर, डाक्टर र
पाईलट बन्नु नै मात्र ठुलो हुनु हैन | म्यानेजमेन्ट पढेर पनि, CA बन्यो भने वा
आफ्नै ब्यबसाय गर्न सके नी हुन्छ|’ अच्युत सर बोल्नु भो ?
‘अब मैले के गर्दा हुन्छ त
सर ? मलाई मार्गदर्शन गर्नुस |’ अर्पण बोल्छ |
‘तिम्रो गणित राम्रो छ,
तिमी ब्यबस्थापन संकाय अध्ययन गर | भविष्यमा असल ब्यबसयका मालिक बन्ने छौ ? नभए,
आर्टस तर्फ पढे नी हुन्छ | ‘जोर्नालिज्म’ पढेमा नी धेरै राम्रो कार्य गर्न सकिन्छ
|’ सर सम्झाउन लाग्नु भो |
‘सर ! म अहिले बुवाको कामका
कारण, जोरपाटी नारायनटार बस्ने गर्छु | भाग्योदय क्याम्पस, साँखु सम्म आउन जान म
सक्दिन | प्लिज मलाई पूर्ण छात्रवृत्तिमा अन्त कतै पढ्ने अवसर मिलाईदिनुस |’ अर्पण
बिनम्र अनुरोध गर्न थाले |
‘अँ साँच्ची ! मेरो एक साथी
प्राध्यापक छन | तेंही नारायनटार (जया क्याम्पस) पढाउने, सकभर म तिमीलाई तेंहा
पढ्ने व्यवस्था गरिदिन्छु | “आस गर्नु तर भर नपर्नु” के हुन्छ उक्त कलेजमा म भन्न
सक्दिन ? प्रतिज्ञा गर्न मिल्दैन, तर म हरहालमा प्रयत्न गर्नेछु | अर्पण भगवानको
भरोशा राख |’ भन्दै सर च्यातिनु भयो |
० ० ०
दोश्रो दिन :-
‘तिमी अर्पण हौ ? तिमी नै
हो, जिल्ला टप गर्ने गत सालको SLC
परिक्षामा ?’ मलाई केहि नयाँ अपरिचित व्यक्तिले फोन गर्नु भयो |
‘ हजुर ! म अर्पण हुँ | हजुर
को बोल्नु भयो?''म तिम्रो अच्युत गुरु को सहकर्मी प्राध्यापक मोहन शर्माहुँ |'
'सर नमस्कार |'
'उंहाले तिम्रो बारेमा भन्नु भयो, म येंहा जया क्याम्पसमा Economices बिषय पढाउने गर्छु |'
'अच्युत सरले हजुरलाई मेरो इच्छा र अवस्था बारे पूर्ण जानकारी गराउनु भयो होला | मलाई सक्दो सहयोग गर्नुस सर !'
'हेर अर्पण ! मानिसले जिबनमा सोचे जस्तो सबै कुरा सम्भब हुन्न | जिन्दगीका दौरान आफुले गरेको प्रतिज्ञा नी तोड्नुपर्ने हुन्छ | भगवान शिवजी ले नी, आफ्ना प्यारी सतिदेबी गुमाउनु पर्यो | किनकी जो लेखेको छ कर्ममा भोग्नु नै पर्छ | धर्मात्मा राजा युधिष्ठिरले जुवामा आफ्नै स्त्री द्रौपती हारेर, गुप्तबास जानु पर्यो |'
'सर ! हजुरको कुरा अलि बुझ्न कठिन भयो ?'
'हामीहरूले जति अथक प्रयास गरेता पनि, यद्यपि भाग्यमा जे लेख्या हुन्छ त्यही मात्र प्राप्ति हुन्छ' यो कथन जस्तै तिम्रो उद्देश्यमा हल्का परिवर्तन हुन जरुरि छ| तिमी इन्जिनियरिंग पढ्ने धोको छोडेर , भोलि नै जया क्याम्पस मेरो कक्षामा हाजिर हुनु |'
'मलाई राम्ररी थाहा छ, मैले अथक प्रयास र निकै गार्होसँग गरेको प्रतिफलमा तपाई आफ्नो क्याम्पसको नाम बिकाउन चाहनु हुन्छ | म येस्लाई नकार्न पनि सक्दिन किनकी मसँग अरु दोश्रो उपाय पनि त छैन "
अ..
'सर ! हजुरद्वारा मलाई इमोशनल ब्ल्याकमेल भए झैँ महसुस गर्दै छु | मेरो बाध्यता र बिबसताको ढाल बनाएर हजुरहरुले मलाई ब्यबस्थापन पढ्न बाध्य गर्दै हुनुहुन्छ | फेरी अर्को तर्फबाट सोच्दा, मेरा लागि भगवान हो हजुरहरु, मेरा लागि उच्च शिक्षा हाँसिल गर्ने अवसर दिंदै हुनुहुन्छ |'
'धेरै नसोच ! अर्पण, भोलि मेरो क्लासमा हाजिरी हुनु ल |'
'मलाई सोच्न दिनुस , आजको रात | हजुरको यो कुरा मनन गर्छु | मेरा निम्ति हजुरको यो प्रयास निकै सर्हयनिय छ | हवस त सर thanks for calling , bye '
अर्पण, मोहन सरले येसरी बातचित गरेर बिदाई भएपछी, आफ्नो घर गएर, कोठामा एकान्तमा बसी सोच्न थाल्यो |
भोलिपल्ट, एकाबिहानै अर्पण झोला बोकेर, जया कलेजको मेन गेटमा देखा पर्यो | त्यन्हाको गार्डलाई सोधेर ऊ मोहन सरको कक्षामा गएर पढ्न थाल्यो |
० ० ०
क्रमश :-
No comments:
Post a Comment
"Thank you" For your time.