Wednesday, March 19, 2014

Poem

(आजकाल  म येंहा  एक्लै रमाउँछु,
उनको याद आयो कि रक्सि समाउँछु,)^२
{(एकछिन टोल्लिंछु)^२  एकान्तमा घोर्लिन्छु,
एकाएक प्याक भर्दै  बोतल नै खनाउँछु |}^२

(केहि अधुरा, केहि अपुरा रहर
मनमा सजाएको, सपनाको सहर )^२ 
{(न भुले)^२  तिमी संगको हरेक प्रहर
जसरि नी बाच्न बाध्य, कस्तो कहर |}^२

{(बसन्तको मौसम)^२ शिशिरको झैँ उजाड लाग्छ,
 तिम्रो स्पर्शको क्षण सम्झदा मनमा कहाली लाग्छ |}^२
{(तिम्रा मुहार नहेरि)^२  फोटोसँग नबोली,
यी प्यारा चाँदनी रात नी औंसीको झैँ अत्यास लाग्छ |}^२ 

{(जसो तसो)^२ हाम्रो माया जोगाए छु,
मनमा पिडा अति, बाहिरी हाँसो देखाएको छु |}^२
{(प्रेमको प्राप्ति)^२ यो सुख सबैलाई मिल्दैन प्रिया,
(छुटेपनि हामी), तिम्रो तस्बिर दिलमा सजाएको छु |}^२

(आजकाल  म येंहा  एक्लै रमाउँछु,
उनको याद आयो कि रक्सि समाउँछु,)^२
{(एकछिन टोल्लिंछु)^२  एकान्तमा घोर्लिन्छु,
एकाएक प्याक भर्दै  बोतल नै खनाउँछु |}^२
धन्यवाद !
  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.