भाबपूर्ण हार्दिक स्रदान्जली नायक श्रीकृष्ण श्रेष्ठ |
आशाका किरणहरु मध्यान्हमा हराएपछि,
अगाडी बढ्दै गरेको पाईलाका डेग लर्खराएपछि !
हिंडदै गरेको मानिस बिच बाटोमा ढलेपछि,
कंहा देखिन्थ्यो उज्यालो दिन,आंखाका ज्योति जलेपछि।
भेटिन्थ्यो कंहा छायाँ, खोजेर उसको,
जब ध्रुबे हात्ती सरिर नै माटोमा मिलेपछि !
पूरा होऊन कसरि, देखेका ति सुन्दर सपना,
जब ज्यूँदो सरिर, मुढा बनी ढलेपछि !
कसले माया गर्ने, म्वाई खाने त्यस शरीर,
दनदनी बलेको आगोमा घ्यू थप्दै पूर्ण सरिर बालेपछि !
रित नै हो संसारको झिसमिसेमा चन्द्रमा क्षितिजमा भस्ने,
मृत्यु! जिबनको अन्तिम बिन्दु, चाहेर नी रोक्न नसक्ने !
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
No comments:
Post a Comment
"Thank you" For your time.