बैश मा नगरेको भूल कहीले होला गर्नु,
तिमि र म मीले सकिन्छ सात समुन्द्र तर्नु !
हर पल् घडी, निमेष हुन्छु म तिम्रो साथमा,
कसले देख्छ हामी, एकान्तमय यो रातमा !
आउ प्रिय हातमा तिम्रो हातहरु मिलाऊ,
तिम्रो टुक्रिएका मुटू, यो मायाबाट सिलाऊ !
आऊ प्रिय आजको यो रात रंगबिरंग् भर्दै
जिन्दगी अन्तिम घडी सं याद हुने गराऊ !
मिठो चुम्बन देऊन, आउ बस मेरो छेऊ,
मलाई माया, तिमी नी जिन्दगीको मजा लेऊ !
कती गुम्साउन्छौ, मनका ती तल तलहरु,
आज मेटाउ, मेरो आलिंकंन स्वर्ग भेटाऊ !
हेर ! जूनले हाम्रो सम्बन्ध मन पराउँदैछ ,
येति मध्यरातमा पनी उज्यालो वर्षाउँदैछ !
निकाल लाजको घुम्टो, बाँध मलाई अँगालो,
आखिर हामी एक् हुनुछ, आज स्वर्ग छुनुछ !
जती जलायौ मन, माया दिंदा तिम्ले मलाई,
चिरा पारे होलान गाउँले बचन लगाई !
प्रियसी !आज समय तिम्रो आफ्नै हातमा छ,
तिमी मेरो छातीमा टाँसेर समय रोकाऊ !
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
ठेगाना हाल : Dubai, UAE
स्थायी : सुन्टोल -८ पालुबारी
काठमाडौँ, नेपाल !
हा हा हा कडा छ है गजल
ReplyDeleteकडा त नभनु होला | शब्द चै निकै चुनेर नै लेखेको छु हजुर
Delete