Saturday, November 16, 2013

अदृश्य परी


मन फुरुंग पार काली,
म छैन नी, तेस्तो जाली!
हेर छन यी हात खाली, हुन्छ भन,
लैजान्छु सिन्दुर हाली !

मनमा राखेकी इच्छा पाली,
निधारको टिका संगै सिउँदो खाली!
हिंड लान्छु मेरो घर यो पाली,
रंग पोतिदेऊ न, खरको घर छ खाली !

ओठमा क्या सुहाउने रातो लाली,
कति राम्री रुप मोहनी जाली !
आऊ लाजको घुम्टो माईतमा फाली,
मेरो मनमुटू मा बास गर, झ्याम्म अंगालो हाली!

आँखामा गाजल, हातमा छन फूलका डाली,
मृगनयनी, रुप चन्द्रमा झैँ देख्छु, धप्प बलि!
गाला पनि स्याउ झैँ, चुमु जाग्ने मुखमा आउने र्याली,
तिम्रा चाल हेर्छु, कम्मर मर्काउने जोबन नै ढाली !

लगाउली पानबुट्टे रातो चोली, घांगर फाली ,
कति राम्री छिन है, मेरी कान्छी साली !
तिमी झन राम्री, अनी धेरै मनखानी,
हृदयकी रानी, देखिए  नी रुप काली !

आमाले दिनुहोला, सुनका चुरा,
तिम्ले सोचे जस्तै पूरा हुन्छ, मनका कुरा !
चढ़ौली डोली, तरौली कर्णाली र त्रिशुली खोलि,
बाआमाको पौउ छुनी घर छिर्दा, जुत्ता खोली !

तिम्रो पनि छन कि त, भन मनका बोली,
सात जन्म साथ हुनेछौ, दुख सुख पर्दा भोली!
माईत बसेर हुन्न, छोरीको जाती,आऊ सारा दुख भुली,
सोच भरे राती, खेर जान्न बुझ तिम्ले मर्दको बोली !

मन फुरुंग पार काली,
म छैन नी, तेस्तो जाली!
हेर छन यी हात खाली, हुन्छ भन,
लैजान्छु सिन्दुर हाली !

धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.