Wednesday, December 11, 2013

Gajal प्रेम मोतीका गजल, "dui tin din timilai nbhetda":



दुई दिन, तिमीलाई नदेख्दा मनमा खुल्दुली हुने,
लेखे छैन क्यारे मेरो यो भाग्यमा, तिमी मेरो हुने |
मनमा कति ज्वलन हुँदा पिडाले यो मुटू ढाक्ने,
तिमी छैनौ प्रिय, दिउसै अँधेरी रात तिम्ले जाने|

तिम्रा रसिला ओठ, मिठो मुस्कान, गाजलु आँखा,
मेरा यी हृदयमा अमिट छाप बनी सके झैँ लाग्ने |
तिमी आउछौ जिन्दगीमा, खुसियाली भर्छौ भनी,
मन अन्तस्करणमा सपना बुनी भ्याएं तिम्ले जाने |

गर माया तिमी! मेरो जिबनको अन्तिम क्षण सम्म,
आऊ भर सप्तरंगी प्यार, यो खाली जीन्दगीमा टम्म!
विधाताले लेखे होलान, मेरा निधार मा निकै कुरा,
तिमी मेरो भयौ भने ती पुरा हुन्छन तिम्ले जाने |

तिम्रा होलान कति चाहना, मनभित्र गुम्सायेकी ,
कति होलान रहर हरु, पोको पारेर थन्कायेकी |
दैबले नी, जुराएरै भेट हाम्रो गराएको प्यारी,
हामी एक् अर्काको  हुन जुराए  छ, तिम्ले जाने |

आजसम्म एक्लै थियौ, अब युगल जोडी हुनु छ,
लाज किन मान्छौ, प्यारी तिमी मेरै बन्नु नै छ |
साथ दिनेछु, तिम्रो भागको आँसु आधा लिने छु,
नामुद जोडी हाम्रो जिबन खुशीयाली तिम्ले जाने |

किन काट्छौ, एक्लो जिबन तिमीले टोलाएर!
मनमा कुरा खेलाएर, दिल मै माया पोलायेर,
सम्बन्ध गाँस,मन फुलझैँ फुलाई, दुनिया भुलाएर
आऊ अंगालो बाँध मलाई, ढिला होला तिम्ले जाने |




धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना हाल : Dubai, UAE
          स्थायी : सुन्टोल -८ पालुबारी
           काठमाडौँ, नेपाल !

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.