Thursday, December 26, 2013

मनोक्रान्ति

अन्तिम भाग :-



                         दिनहरु राम्ररी नी बितीरहेका थिए, म राजनीतिक कार्यकर्ता भएको कारणले अब राजनीति तिर ध्यानदिनुपर्ने भयो किनकी, देशमा गणतंत्र ल्याउनका लागि नेपाली कांग्रेस , एमाले अनी माओबादी नेतृत्वमा अरु दलहरुले निकै ठुलो आन्दोलन गर्ने तयारी गर्दै थिए तत्कालिन सरकार बिरुध्द! म अब उनिसंगका का बातहरु कम गर्न थाले, फोन पनि अफ गरेर बस्थे, पुरै दिन प्रशिक्षण तथा तालिम लिनुपर्ने र दिनरात, ठुला ठुला नेताको घर अनी सडकमा पुग्नु पर्ने भयो, उनलाई लेख्ने गरेको दिनै को एक हस्तलिखित चिठी आजभोली १५ दिनमा एक बार नी लेखेको छैन, उनीले दिनहुँ पठाउने गरेको रैछ, पहिले मैले जसरी दिनको एक चिठी लेख्थे ! उनले पठाएको चिठी लिनु जानु र हेर्न पनि भ्याईन, कति चिठी हुलाकमा नै खात लागेर बसे ! उनले अब चिठीमा लेख्न थालिन:- आजकल के भएको छ तिमीलाई? किन मेरो जवाफ पठाउँदैनौ? के गर्दै छौ? किन एती धेरै व्यस्त ?किन? कसरि? कंहा? कहिले? को? जस्ता शब्द भरिएका पत्र आउन थाले! मैले जवाफ पठाए उनीलाई "हेर, हाम्रो माया त संधै रहिरहन्छ, आज हामी देशको लागि लड्ने बेला आएको छ, देशमा गणतन्त्र आएपछि आयेसी जनता नै स्वयम देशको मालिक हुनेछन आदि "भन्दै सम्झाएर  एक लामो चिठी लेखेर mail गरेर पठाए !आन्दोलन चर्किएको थियो, लगभग २०को आन्दोलन चल्दै थियो, मलाई कुनै प्रहरीद्वारा घुडामा पर्ने गरि गोली प्रहर गरियो अनी म माथी लाठी र लातिको वर्षा हुनथाल्यो ! म संगै अन्य पार्टीका कार्यकर्ता नी थिए कोहि एमाले समर्थक, कोहि माओबादी कार्यकर्ता र अन्य राजनीतिक दलका कार्यकर्ताहरु, एकैछिनमा मेरो त होस नै छैन, जब होस खुल्यो आफुलाई हस्पिटलको बेडमा पाएँ, लौ न के भो भनी उठेर हिड्न खोज्छु, लौ म किन उठ्न सकिन? मेरा त दुवै खुट्टा पो काटिएको रहेछ,! हस्पिटल बसेको पनि १० दिन भयो, जस्मिनले केहि पनि खबर नगरेको देखेर अचम्म भए, अनी तेंही कसैको सहयोगले mail चेक गरें त म छाँगाबाट खसे झैँ भए ! उनले एस्तो लेखेको थिइन "प्रिय क्रिस, मलाई ममी ड्याडीले अब further study को लागि अमेरिकाको Oxford University पढ्न भनी पठाउने तयारी गर्नु भा छ, म बैशाख अन्तिम हप्ता जानुपर्छ भन्नु भएको छ, तिमीसँग मलाई अन्तिम पल्ट भेट्न मन छ, तिम्रो फोन पनि लाग्दैन, म तिम्रो चिन्ता गरेर बसेकी छु,"यो त 20 दिन अघिको इमेल पो रहेछ ! देशको लागि लड्न खोज्दा आज मैले माया बाट बिछोडिनु पर्यो ! हस्पिटल बसेको 18 दिन भयो तर पार्टीबाट कोहि नी भेट्न आएनन! चिने जानेका साथ भाईलाई खबर गरें, उनीहरुले भने, तिमीलाई पार्टीको साधारण सदस्यबाट हटाइएको छ, तिमी अशक्त भएका छौ तेसैले !


                             मेरा आँखा लाल भए अनी मुखपनि सुके, रिसले सरिर आगो भयो र मैले पार्टीका नेता भेटाउन भनी धेरै सँग सम्पर्क गरें. उनीहरु त हाम्रो ज्यानको बलि दिएर आएको गणतन्त्र संस्थागत गर्न व्यस्त छन रे? धिक्कार छ ! जुन घाइते अनी जिउ ज्यान गुमाएका तथा असक्तको बलिदानले यो गणतन्त्र आयो उनीहरुलाई भेट्ने एक पल पनि छैन है, तिमी नेता सँग ! म मात्र हैन, माओबादीका अर्का मित्र नी म संगैको बेडमा सुतेका छन, उनलाई नी भेट्न कोहि आएका छैनन ! तेसैले आक्रोश पूर्ण एक चिठी लेखे र पार्टी कार्यालय पुराउन, साथीलाई भने  चिठीको केहि अंश एस्तो थियो -"जुन बलिदानले आज तपाईहरुले यो सत्ता प्राप्त गर्नु भएको छ, उनीहरुलाई नै पार्टी निलम्बित गरि, ठुलो गल्ति गर्दै हुनुहुन्छ, सत्ता प्राप्त गर्नासाथ, ति घाइते अनी सहिद जो देशको लागि लडे उनलाई बिर्सन खोज्नु तपाईहरुको मुर्खता हो, येस्तै गर्दै गएमा हजुर हरुको पार्टी एकदिन फेरी सडकमा झर्ने छ, म फेरी नी बन्दुक उठाएर, तपाईहरु बीच अधिकार को लागि लड्न सक्छु तर म तेस्तो गल्ति गर्दिन,माओबादीले हतियार उठाउँदा १७ हजार मानिसले बलिदान गरेका छन, तेसलाई भुल्ने कुचेष्टा नगर्नु होला ? म बन्दुक उठाउने मुर्खता गर्दिन, कलम उठाउँछु किनकी कलम बन्दुक भन्दा सशक्त र कयौ गुणा बलियो हुन्छ !"  भन्दै मैले माओबादी र कांग्रेस लगाएत चार पाँच पार्टीलाई पत्र लेखें ! मेरो पत्रको कतै बाट सुनवाई भएन !


                अब मेरो जिन्दगी पुरै खल्लो थियो, माया बाट बिछोडीएको अनी पार्टी बाट अलगिएको! मैले उनलाई email गरें, म नी अब तिमी भएको ठाममा आउने छु, म तिमी बिना बाँच्न सक्दिन ! म तेता आउने प्रयत्न गर्न भोली नै काठमाण्डौ जान्छु !

हरदिन झैँ साँझ ढल्दैछ,
जिबनमा निराशाको दियो जल्दैछ !
मुटू बिछोडको आगोमा बल्दैछ,
शब्दले असह्य पीडा बोल्दैछ !

आंतक फैलाउँदै, मनमुटु लडाईमा
देख्न सुन्न भन्दा धेरै फरक हुन्छ भोगाईमा !
ऊ मडारिन्दै छ, आफ्नो मनको मझेरीमा,
देख्ने कसले, दुनिया आँखा देख्दैन अंधेरीमा !

तिमी गयौ, हृदयमा कोलाहल मचियो,
मेरो अटुट बिश्वासको जग आज भाँचियो !
भए चकनाचुर देखिएका सपनाहरु,
देख्न छोडे आज मैले प्रिती गास्ने मायालु जोडीहरु !

अनौठा लाग्न थाले, संगै घुमेका, फुलबारी पार्क,
किन लाग्न थाल्यो, स्वर्गजस्तो घर आज नर्क !
च्यातिएका पन्नाहरु, फेरी जोड्न सकिएला खै,
साथै बाच्ने बाचा तोडी, जिउन सकिएला के एकल भै !


                 मैले अमेरिकन Embassy मा गएर तेन्हाको भिसा चाहेको कुरा गरें ! उनीहरुले मेरो स्थिति देखेर, अमेरिकाको भिसा policy बताउंदै, असक्त र अपांगलाई हामी भिसा दिलाउन सक्दैनौ भने! म अर्को कुनै युरोपिएन देशमा भए नी जान्छु र उनी पनि मिलाएर उता आउने कुरा भयो ! तेस्को लागि फेरी Embassy गए, तेन्हा पनि उस्तै जवाफ आयो! म हार मानेर. घर फर्किएँ !

अनी मनोक्रान्ति सुरु भयो, जिउमा जताततै ठुलो धक्का दिएको महसुस भयो सोंचे " किन भेदभाब हुन्छ, येंहा असक्त र अन्य मानिस बीच किन समान अबसर प्राप्त हुँदैन हामी अशक्त हरुलाई" अर्को मनले सोंचे, के म पहिले झैँ एक सबल नागरिक भएको भए आज अमेरिका जाने भिसा सजिलै प्राप्त हुन्थ्यो त किन असमान प्रणाली छ यो संसारमा, देशले नी केहि गर्नुपर्ने हैन र अशक्त अनी अपांगहरुलाई ! यो सरकार किन चुप छ, हरेक कुरामा अपांगमाथि भेदभाब हुन्छ, बसमा पनि कुनै आरक्षण छैन, न कुनै सरकारी कार्यालयमा अपांग तथा असक्त कोटा छ, जँहा पनि सबै सबल मानिससँग लडेर नै जागिर खानुपर्छ, आहा ! कति महान ति हाकिम, जुन मैले एक बर्ष पहिले नेपाल खानेपानी संस्थानमा भेटेको, असक्त भए नी दिमाखले सबै staff लाई मिलाएर तेत्रो कार्य सम्हालेका छन, उनलाई सलाम मेरो तर्फबाट" येस्तै सोचमा त्यो रात कट्यो !

सजाएका सपनाका महल, कांच झैँ फुट्न थाले,
एकान्तमा तिमी सोच्दै थे, आँखाबाट मोती दाना छुट्न थाले !
हेर्दा हेर्दै मनका, आशा रुपी दियो निभ्न थाले,
मुटुमा पिडा बनी, त्यो बिछोडको घाउ घोच्न थाले !

                     म अब जिबन देखी हरेस खाँदै थिए, उनलाई पनि तेंहा जिउन निकै कठिन परेको छ रे ! म नेपाल आउन सक्दिन तिमी यता आउन है क्रिस, म तिम्रो वियोगमा अब धेरै बच्दीन होला, नेपाल आउन ममी ड्याडीले नी प्रतिबन्ध लगाउनु भएको छ र म सँग पैसा पनि छैन, नेपाल फर्कने टिकट किन्न, म येंहा निसासेर मर्न आंटीसके क्रिस प्लिज मलाई बचाऊ, म तिम्रो काँखमा रम्न चाहन्छु "येस्तै लेख्दै थिइन उनी ! म उनको पिडा मनमनै महसुस गर्दै थिए! अब मैले उनलाई सम्झौं पनि नसक्ने नै भएको छु, आश्वासन दिएर नै उनलाई १ बर्ष त येस्तै दुखमा राखिसंके , भो अब झुटो आश्वासन दिन सक्दिन, म आफैं आज, आफ्नो जिबन देखि हारें, मैले नचाहेर नै उनलाई भने, "सुन त म एक उपाय भन्छु मान्छौ " उनी खुशी हुँदै "मान्छु नी भन मेरो दिलको राजा "! म केहीबेर रोकिएँ , मनोक्रान्ति सुरु भयो "के यो सहि हो, के जिबनमा मसंग उनीसँग एक हुने उपाय केहि छैनन र भोलि हामीलाई समाजले के नाम देला ! कस्तो लाछी हरु रहेछन भन्छन कि ? के यो पिडा जुन मैले र उनले भोगिरहेका छौ?  समाज बिलकुल अन्धो छ न हामीलाई एक हुन दिन्छ न हाम्रो पिडा देख्छ ! एस्तो समाजमा बिच्छोडको पिडा सहँदै अरु धेरै बाँच्नु छैन !" अब मैले पूर्ण निर्णय लिएँ र भने, हामी अब यो संसार छोडेर गएपछि मात्र एक हुन सक्छौ. यो समाज अनी तिम्रो परिवार हाम्रो मिलन देख्न चाहँदैन, सुनेको छु, मरेर स्वर्ग पुगेपछि सच्चा प्रेमी प्रेमिकाको मिलन हुन्छ रे, अब हामी नी यो संसार छोडेर एक हुनेछौ ! अबको १ घण्टा दिनको १२ बजे तिमी र म यो संसार छोड्ने " उनले रुँदै भनिन :-" मृतु नै हाम्रो मिलन हो भने म त्यो सहर्ष स्वीकार्छु:" !
ठिक १२ बजे क्रिसले रुखको हाँगामा झुन्डेर आत्महत्या गरे अनी जस्मिनले उनी बस्ने घरको सिलिंगमा आफ्नै सलको पासो लगाई आत्महत्या गरिन, हर्कत गर्दै गर्दा पिडा हुँदै गर्दा एकले अर्काको नाम लिएको धुनी गुन्जिंदै छ आज पनि ति घर अनी बस्तीमा !

आज ती तिमीले पुज्ने, मन्दिरका शिला भगवान,
साँची मात्र ढुंगा रहेछन, भन्ने लाग्यो !
जिबनको खुशी सबै, भुमरीले उदाएको देख्दा,
यी हातले, आफ्नै गला रेंटूझैँ मनमा जाग्यो !

समाप्त !!!


धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL


       हाल :- Dubai, UAE


Email :- pearl_nepal@yahoo.com


                 
                     

No comments:

Post a Comment

"Thank you" For your time.