Tuesday, December 24, 2013

आहुति

उनलाई माया गरे, मुटु मै राखी दुख लिए,
उनका पोल्टा आफ्नो खुशी आहुति गरे !
नयाँ नयाँ कपडा फेरे, घन्टौ उनलाई कुरे !
कलेजका क्लास आहुति, पहिला उनको रुप हेरे !

लाखौ कोसिस रह्यो, उनलाई पाउन दिनरात,
माया बलेको फिलिन्गोमा आहुति, हिंडीन अर्कै साथ !
निर्लज मुहार हेरी नौलो सपना कोरे,
रगतका नाता आहुति गरि, उनको भरमा परे !

दिल बस्यो, निर्धक उनको हात समाईदिए,
मुटुमा हस्ताक्षर गरी उनको नाम  गराईदिए!
उनका बोली अनी उनकै चाहमा आफुलाई ढलाए,
त्यो दिन याद आम्छ, जब जिबनको लक्ष आहुति गराए !

गल्ति थियो के, समाजका अघि उनीसँग डुले,
अरुको कुरा सबै आहुति, उनकै नौजाले बातमा भुले !
अरुसंग बढ्यो दूरी, सोचे उनीसँग मनमा जोडि गए,
कामकुरो सबै आहुति, बेरोजगारीमा मोडी गए !

उनका खुशी, आफ्ना लाग्न थाले,
केहि दिनसंगै घुमघाम, कमाई उसमै फाले !
उनी बिनाकारण टाढा भइन,न थाहा कता गईन,
मनका सपना आहुति, एक्लोजिबन उनी छोडी गईन !


उनलाई माया गरे, मुटु मै राखी दुख लिए,
उनका पोल्टा आफ्नो खुशी आहुति गरे !
नयाँ नयाँ कपडा फेरे, घन्टौ उनलाई कुरे !
कलेजका क्लास आहुति, पहिला उनको रुप हेरे !

धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना हाल : Dubai, UAE
          स्थायी : सुन्टोल -८ पालुबारी
           काठमाडौँ, नेपाल !

Email :- pearl_nepal@yahoo.com  

No comments:

Post a Comment

"Thank you" For your time.