आज किन दशैंका दिन झरी परिरहेछ,
लाग्छ त्यो आकाशले परदेशी सम्झी रहेछ!
नेपाल हुँदा दशैँ मनाएको यादले सताई रहेछ,
हाम्री आमाको मन रोको, झरीले देखी रहेछ !!
मन त थियो, दशैँ मनाउ सबै आफन्त साथ
हिजो रित्तो बसाई थ्यो, खाली थ्यो कर्मठ हात !
जिबनमा अधुरो हुने रैछ, धेरै आश,
फोटो हेरेर रुन मन लाग्नी परदेशको बास !
दुख गरेर नी कति रमाईलो हुन्थ्यो,
दशैँ टिकाको दिन, परिवार सँग कति खुशी भइन्थ्यो!
आशिर्बाद टिका थापी, एक छाक मिठो खाईन्थ्यो,
आमा बा सँग, टिका थाप्न मामाघर गईन्थ्यो !!
मामाघर जानी हेर, लगाउन त्यो दशैको टिका,
मामाले प्यारो भान्जा भनी दिन्थे दक्षिणा ५ रूप्पे १ बिटा !
सबै सँग भेटघाट हुनी, बर्षदिनका पिडा धुनी,
दशैको यो दिन सम्झेर नी, परदेशीको मन धेरै रुनी !
ज्यादै खुशी हुननी, लगाउंदै नया लुगा र जुत्ता,
अहिले येसो सम्झी हेर्छु, छाम्दा भेटिन्छ घरको भित्ता!
साथी संगी खेल्न गयो, लिंगे पिंग र लंगुर बुर्जा,
अहिले केहि जाँगर छैन, खै कता हराए ति ज्यानका उर्जा !!
चारैतिर खुसियाली, मनमा उमंगको छाल,
भो नबताऊ, हजुरलाई कस्तो हुन्छ, परदेशीको हाल !
जसो तसो टर्यो हेर, दशैँ टिका यो साल,
नमरी बाँचे, मनाउने हो दशैँ, नेपाल मा अर्को साल !!
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)

No comments:
Post a Comment
"Thank you" For your time.