मनमा बोकेर, सपनाको लहर,
हाँनीन्दै आए बेगले, अचम्मको सहर !
न रात हुन्छ येंहा, न त महसूस दिनको एक प्रहर,
मान्छे, मान्छेले एक अर्को देख्दैन, अचम्मको सहर !
पल्ला कोठामा बस्नेले चिन्दैन भन्थे काठमान्डौ भअर,
येंहा एकै रुम बस्नेको महिना भरि मुख देखिन्न, अचम्मको सहर !
यूवा तिम्ले देखे छैनौ, र तिमीलाई हेर्ने ठुलो रहर,
येंहा मान्छे बस्दैनन, ढुंगा बोली फुट्छ, अचम्मको सहर !
पल्ला घरे कृष्ण दाई थला परे, म हेर्न जान भ्याईन,
काम गर्दा गर्दै शंकरेको मेसिनले ज्यानलियो, हेर्नेको लाईन !
स्वदेशमा बसेर देख्छौ होला, यी परदेशीलाई सधैको चैइन,
अरुको कुरा छोड, म बिरामी पर्दा पानीको एक घुड्को पाईन !
लाखौ उहिरो छ रे, गाउँबस्ती सुन्य पारेर, विदेश हिंड्ने युवाको जन लहर,
देशले गति लियेसी, स्वदेशमै केहि गर्ने छु, फर्केर आउने छैन, अचम्मको सहर !
हरेक पल बेचिनुपर्छ, सोसिनुपर्छ,अनी थिचिनुपर्छ,काम गर्नैपर्ने कहर,
धेरैको बाध्यता, बिबसता र थोरैको रहर बोक्ने, अचम्मको सहर !
हात भरि ठेला उठाई, गर्नुपर्ने काम, निकै गार्हो गरि,
निदाउन पनि सकिन्न नी, ति पिडाले रात भरि !
सुनामी उठे झैँ उठ्छ, मनमा निराशाको लहर,
रोई रोई हास्नु पर्ने, जसरि नी बाच्नु पर्ने, अचम्मको सहर !
दिनको चर्को घामपानी, रसाए पनि आँखाका नानी,
देख्दैन यी पापीहरुले, बिरामी भई, पुक्लुक्कै ढल्दा पनि !
कसले सोध्ने निका आराम छौ तिमि भनी, हेरेर तिनको मुहार
नसकी काम गर्छन, थला पर्छन, कति भोकै मर्छन, अचम्मको सहर !
मान्छे मान्छे नरहि ढुड्गा भा का छन् यहाँ,
तर नि सबैको बाच्ने रहर कस्तो अचम्मको सहर !
लाखौ उहिरो छ रे, गाउँबस्ती सुन्य पारेर, विदेश हिंड्ने युवाको जन लहर,
देशले गति लियेसी, स्वदेशमै केहि गर्ने छु, फर्केर आउने छैन, अचम्मको सहर !
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
nice poem
ReplyDeleteThank you very much ! Alina ji
Delete