Thursday, October 10, 2013

त्यो रात, अनी यो रात !!!

    


तिम्रो आलिङ्गनमा स्वर्ग भेटाउने,
अतृप्त जवानीको प्यास मेटाउने, त्यो रात !!
तिम्रो सरिरमा लिप्त भै हराउने,
मिठो मुस्कान छरी, ३२ ओटा मोहनी दन्त देखाउने, त्यो रात !!

जुन तारा चुमु बनाउने,
मेरो गाला सुम्सुमाउने, प्यारा तिम्रा हात !
कोइली कुहूकुहू मधुर ध्वनि गाउने,
हजार सपनाहरु सजाउने, त्यो रात !!

मृग नयनी आँखा, मनै लोभ्याउने,
रसिला ओठ चुम्दा यौवनका तिर्खा मेटाउने, त्यो रात !
तिमी सारथी मेरो मनको डोरी समाउने,
जँहा तिमी चाहन्छौ, म तेंही पुग्न भ्याउने, त्यो रात !!

बिष सरि यादका घुटका पिलाउने,
मेरा कोरा सपना, कागज झैँ जलाउने, यो रात !
तिम्रो अनुपस्थीतीमा मनमा ज्वलन गराउने,
सारा दुःख पीडा भुलाऊन, बजारको सोमरस पिउन बाध्य, यो रात !

हर रात, आकाशमा जगमगाउने तारा गन्छु,
अन्तिम सास रहुन्जेलसम्म पनी तिमी मेरी हौ भन्छु, यो रात !
सहरमा हल्ला चलेछ, कि त्यो प्रेमी बेहोसीमा ढलेछ,
ऊस्ले प्रेमका निम्ति ज्यान फालेछ उसको अस्तित्व मेटिएछ, यो रात !!

रात ! रात ! रात !
त्यो रात, अनी यो रात !!!

धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.