Tuesday, September 10, 2013

मेरो ठुलो भूल रैछ !!



ती सच्चा प्रेमी अनी प्रेमिकाको कस्तो हाल छ,
सबैको जिन्दगी, खरको घर जले जस्तै बेहाल छ।
मनमा तृष्णा र दिलमा आक्रोश को ठुलो भेल छ,
आज ती चखेवाजोडी दुई प्रेमी  छुटेको सवाल छ।

यँहा को भन्छ कि? पिउनेको बेहाल मात्र छ,
एक प्याक पिएर त हेर, यो निकै कमाल छ।
जब दील जल्छ, मनमा आँधीहुरी चल्न थाल्छ ।
था'छ  तिम्लाई? आँसुले मुटु निकै पोल्न थाल्छ !!

पराईको प्यारी बन्नु रैछ, मेरो अंगालो रित्तो पारी,
कति राम्री सुन्दर परी देखिएकी लौन्दा, रातो सारी !
तिम्रो डोली उठाउँदा, घोप्टो परिपरी  रोएकी थ्यौ ! 
मेरो लासको कार चढी उस्को सिन्दुर माथमा भरेकीथ्यौ!

भन्नु येति हो मेरो, झुटा बाचा कस्सम किन खायौ ?
छोडी जानु थियो, मलाई सुन्दर संसार किन देखायौ !
माया पाउनु मात्र हैन, गुमाउनु साँचो प्रेमको हो निती,
दैबले गरेको, भनिन्छ काल टार्न सकिन्न आएसी मिती !!

शायद ! थाहा नै होला, एकदिन सबले मर्नु पर्छ,
मैले गरे जति माया, तिम्लाई यंहा अरु कसले गर्छ?
कोमल थियौ तिमी, ढुंगा भन्दा निकै कठोर मुटु रैछ,
संसार भुली तिमीलाई आफ्नो ठान्नु, मेरो ठुलो भूल  रैछ  !!



धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना हाल : Dubai, UAE
          स्थायी : सुन्टोल -८ पालुबारी
           काठमाडौँ, नेपाल !

Email :- pearl_nepal@yahoo.com


Pralhad Dahal :Youtube

 ‏Fredomप्रल्हाद#Pearl :Twitter
Pralhad Dahal : Facebook

No comments:

Post a Comment

"Thank you" For your time.