सबैको जनैपुर्णिमा सुखद अनि मंगलमय रहोस | दिदीबहिनी साथमा हुनेले, हातमा राखी बाँधेर, यो दिनको रौनक संगै रमाउनुस | सबैले खुशी हुँदै क्वाटी खाएर यो पर्व खुशीका साथ मनाउनु हुन सुभकामना दिन्छु |
नेपालमै भा भे, जनै आज लौन्थे होला मैले,
झझल्को आछ राखी हातमा बंधिदेको तिम्ले !
दिदी तिमी सार्है जाती हुन्थौ, मेरो प्यारो साथी,
खै भगवानले किन गरे, अन्याय आज म माथि !!
कुवाटी को स्वाद, त्यो घरेलू घयु सँगै खाको भात,
सम्झिंदा नी, मुख मिठो बनाउँछ पूराना याद !
कसले देख्या थ्यो र एंहा, विदेशको कालो रात,
भन्नु के छ आफ्नो यंहा ? सबै पराई कै हात !
मनको भाब पोख्न खोज्यो, बुझ्दैन यो समाज,
विदेश पसी ठूलो गल्ति गरें झैँ लागी-राछ आज !
पिडा भित्रै लुकाई, खोक्रो हाँसो मुहारमा देखाई,
बाँचीराछु, आडम्बरी हाँसो हाँसिराहेछु, साथी माझ !!
किन यो जनै पुर्णिमा, दशैँ अनि तिहार आउने ?
हातमा राखी, दशैंमा टिका अनि भाईटिका लाउने !
किन लाग्छ, खल्लो बिरक्त दीन बेकार यी प्रहर,
उब्जन्छ मनमा आजै स्वदेश फर्की जाने रहर !
नेपालमै भा भे, जनै आज लौन्थे होला मैले,
झझल्को आछ राखी हातमा बंधिदेको तिम्ले !
दिदी.......
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेममोती)
ठेगाना हाल : Dubai, UAE
स्थायी : सुन्टोल -८ पालुबारी
काठमाडौँ, नेपाल !
No comments:
Post a Comment
"Thank you" For your time.