Friday, August 16, 2013

गजल!



दुईतीन दिन, तिमीलाई नदेख्दा मनमा खुलदुली हुने,
लेखे छैन क्यारे मेरो यो भाग्यमा, तिमी  मेरो हुने!
मनमा कति ज्वलन हुँदा पिडाले मुटू ढाक्ने,
तिमी छैनौ हेर प्रिय, दिउसै अँधेरी रात लाग्ने!

तिम्रा रसिला ओठ, मिठो मुस्कान, गाजलु आँखा,
मेरा यी हृदयमा अमिट छाप बनी सके!
तिमी आउछौ जिन्दगीमा, खुसियाली भर्छौ भनी,
मनको अन्तस्करणमा सपना बुनी  सके!

गर माया तिमी! मेरो जिबनको अन्तिम क्षण सम्म,
आऊ भर सप्तरंगी, यो खाली जीन्दगीमा टम्म!
विधाताले लेखे होलान, निधार मा निकै कुरा,
तिमी मेरो भयौ भने, हुन्छन ती  सबै पुरा !

तिम्रा होलान कति चाहना, मनभित्र गुम्सायेकी ,
कति होलान रहर हरु, पोको परि थन्कायेकी!
दैबले नी, भेट हाम्रो गराए छ,
लाग्छ म  तिम्रो  हुन जुराए  छ !

आजसम्म एक्लै थियौ, अब युगल जोडी हुनु छ,
लाज किन मान्छौ, जसरि नी  तिमी मेरै बन्नु छ!
संधै साथ दिनेछु, तिम्रो भागको आँसु आधा लिने छु,
संसार मै नामुद जोडी बनी, जिबन खुशीयालीले भर्ने छु!

किन काट्छौ, एक्लो जिबन टोलाएर!
मनमा कुरा खेलाएर, दिलका माया पोलायेर,
सम्बन्ध गाँस हेर, त्यो मन लाई फुल झैँ फुलाएर,
आऊ अंगालोमा बाँध मलाई, दुनिया लाई  भुलाएर

दुईतीन दिन, तिमीलाई नदेख्दा मनमा खुलदुली हुने,
लेखे छैन क्यारे मेरो यो भाग्यमा, तिमी  मेरो हुने!
मनमा कति ज्वलन हुँदा पिडाले मुटू ढाक्ने,
तिमी छैनौ हेर प्रिय, दिउसै अँधेरी रात लाग्ने!


धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना हाल : Dubai, UAE
          स्थायी : सुन्टोल -८ पालुबारी
           काठमाडौँ, नेपाल !

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.