भन्छु, म तिम्रो यादमा कहिले डुब्दिन,
यो करोडौं को भिडमा एक्लो हुँदिन,
तर किन? खै किन? भन किन?माया
तिमि बिना जिन्दगी यो खाली लाग्छ।
हर रात मेरो निद पर पर भाग्छ,
मेरा यी हातले तिम्रो मात्र साथ माग्छ,
तिम्लाई अंगालो,अनिँदोरात काटुलाग्छ,
तिमि बिना जिन्दगी यो खाली लाग्छ।
हरपल् निमेष अनि घडी सुन्यताले ढाक्छ,
हर साँझ किन छायाँ ?मदेखि पर भाग्छ,
तिम्लाई अंगालो,अनिँदोरात काटुलाग्छ,
तिमि बिना जिन्दगी यो खाली लाग्छ।
अचेल खुशी म भन्दा धेरै पर भाग्छ,
थाहा छैन, तिम्रो माया किन धेरै लाग्छ?
तिम्लाई अंगालो,अनिँदोरात काटुलाग्छ,
तिमि बिना जिन्दगी यो खाली लाग्छ।
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
ठेगाना हाल : Dubai, UAE
स्थायी : सुन्टोल -८ पालुबारी
काठमाडौँ, नेपाल !
No comments:
Post a Comment
"Thank you" For your time.