Thursday, July 11, 2013

आवाज

चुनाबमा विदेश बाट online भोट हाल्न पौने कि नपाउने ? यस बिषयमा बहस हुन् जरुरि छ। संबिधान सभाको मिती घोषणा गरिसकेको र, फोटो सहितको मतदाता नामावली संकलन कार्य अन्तिम स्थितिमा रहेको अबस्थामा झन्डै ३०, ४० लाख युवा युवती बिदेशमा बस्दै आएकाछन। कति रोजगारीको सिलसिलामा त!  कति उच्च तहको अध्ययनलाई  निरन्तरता दिनको लागि युरोप, अमेरिका, अरब देश तथा यसियाली केहि बिकसित राष्ट्रमा रहँदै आएका छन्। याद रहोस, केहि गर्ने उत्साह र जाँगर बोकेका अधिकांश युवायुवतीको झन्डै आधा जनसंख्या बिदेशीएका छन्। येदी हामी सक्ष्यम र जनहितकारी नेतृत्वको खोजि गर्दै छौ भने ति यूवायुवतीमा   सक्ष्यम नेता चुन्ने अधिकार छ। तेसैले अहिलेको आधुनिक जमानामा इन्टरनेट मा जुनै कुरा सम्भब छ। अमेरिका जस्तो राष्ट्रले आफ्ना नागरिकलाई online  भोट हाल्ने दिएको तथ्य हामी सबैलाई थाहा भएको कुरा हो। तसर्थ नेपालले पनि आधुनिक उपकरणहरु प्रयोग गर्नुपर्छ र विदेशिएका सम्पूर्ण नेपालीहरुलाई आगामी संबिधान सभाको चुनाबमा आफ्नो सक्ष्यम  नेतृत्व चुन्ने अधिकार पाउन पर्छ भन्ने मेरो आशय हो। मेरो मात्र हैन! सबै जसो बिदेशीनु भएका  युवायुवती मित्रहरुको पनि येही अपेक्षा छ। एउटा आवाज उठाको  छु। आफ्नो मत लेख्नुस !!!

अरु तथ्य तथा थप बिचारहरु पछि फेरी लेखिने छन्। .... 

कलम पात्र : प्रल्हाद दाहाल 
ठेगाना : हाल :-दुबई,अरब
स्थायी : साँखु, काठमाडौँ, नेपाल ।

 

No comments:

Post a Comment

"Thank you" For your time.