मेरा बाले गोरू नारेको हेर्न आऊ
आमाले बीउ उमारेको हेर्न आऊ |
कति मुस्किलले बनाउँछ चराले घर
चुच्चोले झिँजा ओसारेको हेर्न आऊ
के हेर्छौ पर्यटक सहरमा कृतिमता
प्रकृतिले गाउँ सिँगारेको हेर्न आऊ
दर्शिनढुङ्गामा झुलो राखी हजुरबाले
चकमकले आगो पारेको हेर्न आऊ
कसले भन्यो माया गर्दिनँ तिमीलाई
शब्दमा तस्वीर उतारेको हेर्न आऊ
अमला अधिकारी, सिन्धुली, नेपाल !
तस्बिर :(प्रेममोति) मेरी आमा!!!
आमाले बीउ उमारेको हेर्न आऊ |
कति मुस्किलले बनाउँछ चराले घर
चुच्चोले झिँजा ओसारेको हेर्न आऊ
के हेर्छौ पर्यटक सहरमा कृतिमता
प्रकृतिले गाउँ सिँगारेको हेर्न आऊ
दर्शिनढुङ्गामा झुलो राखी हजुरबाले
चकमकले आगो पारेको हेर्न आऊ
कसले भन्यो माया गर्दिनँ तिमीलाई
शब्दमा तस्वीर उतारेको हेर्न आऊ
अमला अधिकारी, सिन्धुली, नेपाल !
तस्बिर :(प्रेममोति) मेरी आमा!!!
No comments:
Post a Comment
"Thank you" For your time.